पठानबाट निर्मातालाई ३३३ करोड नाफा, शाहरूखलाई २०० करोड पारिश्रमिक !
भेषराज पोखरेल
बैशाख ५, २०८० मंगलबार १२:२:५६
५ वैशाख, मुम्बई । गत जनवरी २५ मा रिलिज अभिनेता शाहरुख खानको स्पाई थ्रिलर पठानले आफ्नो बक्स अफिस सफलताले इतिहास रचेको छ । चार वर्षपछि फिल्ममा कमब्याक गरेका शाहरुखले पठानका रुपमा बलिउडको हालसम्मको अल आइटम ब्लकबस्टर फिल्म दिए ।
सिद्धार्थ आनन्द निर्देशित फिल्मले रिलिजको पहिलो दिन ५७ करोडको व्यापार गरेको थियो । हालसम्म यसले ५ सय ४३ दशमलव ०५ करोडको व्यापार गरिसकेको छ । फिल्मको कथा, एक्सन र गीतले दर्शकको मन मात्र जितेन, यो फिल्म वर्षकै सबैभन्दा ठूलो फिल्म बनेर दर्शक माझ आयो ।
यो फिल्म कमब्याक अभिनेता शाहरुखलाई मात्र होइन, निर्माता आदित्य चोपडाका लागि पनि फाइदा जनक बन्यो । फिल्मले निर्मातालाई ३ सय ३३ करोड नाफा दिलाएको छ ।
पीएण्डए र कुल प्रोडक्सनसहित फिल्मको कुल लागत २ सय ७० करोड रूपैयाँ हो । जबकी यसले भारतीय बक्स अफिसमा ५ सय ४५ करोडको कमाइ गरेको छ भने विदेशमा ३ सय ९६ दशमलब ०२ करोड रुपैंयाँ छ ।
फिल्मको वितरण शेयर क्रमशः २ सय ४५ करोड र १ सय ७८ करोड छ । यसको सेटलाइट र डिजिटल राइटसबाट फिल्मले १ सय ५० करोड रुपैंयाँ पाएको छ । जबकि संगीत र सब्सिडी माध्यमले फिल्मले ३० करोड प्राप्त गरेको छ । यसको नतिजा स्वरुप निर्माण कम्पनी यशराज फिल्मस्ले २ सय ७० करोड लगानी गर्दा ६ सय ३ करोड व्यापार गर्यो र करिब ३ सय ३३ करोड मुनाफा कमायो ।
फिल्मबाट शाहरुखले पारिश्रमिक नलिई यको नाफाको ६० प्रतिशत शेयर लिएका छन् । यस हिसाबले शाहरुखले फिल्मबाट अभिनय पारिश्रमिक बापत २ सय करोड रूपैयाँ लिएका छन् ।
भेषराज पोखरेल
नेपालबहस डटकमका नियमित स्तम्भकार भेष राज पोखरेल वरिष्ठ पत्रकार हुन् । विगत २५ वर्षदेखि अर्थ राजनीतिक धारमा कलम चलाउँदै आएका पोखरेलले कान्तिपुर दैनिकमा २० वर्ष भन्दा बढी समय भाषा सम्पादकका रुपमा काम गरेका छन् । स्वतन्त्र लेखकका रुपमा समेत विभिन्न दैनिक पत्रपत्रिकाहरुमा लेखहरू लेख्दै आएका पोखरेलले दुई वर्ष नेपाल तारा डटकमको सम्पादकको रुपमा काम गरेको अनुभव पनि छ ।
लेखकबाट थपपुष्पा-२ को ट्रेलरले बनायो नयाँ किर्तिमान, अहिलेसम्म कति भ्यूज पायो ?
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
आर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार