पुँजी नपुर्याउने बिमा कम्पनीका लागि समय थप गर्ने
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १४:१५:४२
५ वैशाख, काठमाडौं । नेपाल बिमा प्राधिकरणले पुँजी नपुर्याउने बिमा कम्पनीहरुका लागि समय थप गर्ने भएको छ । आइतबार बसेको प्राधिकरणको सञ्चालक समितिको बैठकले पुँजी वृद्धि गर्न असार मसान्तसम्मको समय थप गरेको हो ।
प्राधिकरणका अनुसार तोकिएको न्यूनतम पुँजी नपुर्याउने कम्पनीहरुलाई अवसरको रुपमा ३ महिना समय थप गरिनेछ । न्यूनतम ५ अर्ब रुपैयाँ जीवन बिमा कम्पनीलाई र साढे दुई अर्ब अर्थात् २ अर्ब ५० करोड रुपैयाँ निर्जीवन बिमा कम्पनीलाई पुँजी तोकिएको थियो । सो अनुसार चैत मसान्तसम्म ४ वटा कम्पनीले मात्रै पुँजी पुर्याइसकेका छन् ।
प्राधिकरणले बिमा कम्पनीहरुलाई २०७९ चैत मसान्तसम्ममा पुँजी पुर्याउने निर्देशन दिएको थियो । तर, उक्त अवधिसम्ममा केहि बिमा कम्पनीहरुले पुँजी पुर्याउने नसकेसँगै प्राधिकरणले यो अवसर प्रदान गरेको हो ।
त्यस्तै प्राधिकरणले हकप्रद पनि जारी गर्न थालेको छ । बिमा प्राधिकरणका अनुसार मर्जरमा जाँदा पनि पुँजी पुर्याउने प्रयास गर्दा पनि बिमा कम्पनीहरुको पुँजी पुगेन भने अधिकतम ३३ प्रतिशत सम्म हकप्रद सेयर जारी गर्न दिने योजना रहेको जनाएको छ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपराष्ट्रिय बीमा कम्पनीले माग्यो कार्यकारी प्रमुख
माघ २४, २०८० बुधबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
आजबाट खुलेको धरहरा चढ्न सर्वसाधारणको भीड
मंसिर ९, २०८१ आइतबार
काठमाडौंको ‘शान्तिधाम’मा आन्तरिक र बाह्य पर्यटक बढ्दै
मंसिर ९, २०८१ आइतबार
चित्रलेखा यादव अस्ट्रेलियाको राजदूतमा नियुक्त
मंसिर ९, २०८१ आइतबार
पाकिस्तानमा तीन दिनमा ८२ जनाको मृत्यु
मंसिर ९, २०८१ आइतबार
चितवन राष्ट्रिय निकुञ्जमा आउने पर्यटक घटे
मंसिर ९, २०८१ आइतबार