वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेपछि...
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १४:२०:३८
५ वैशाख, काठमाडौं । धनुषामा बालिकालाई झुक्याएर दाजुसँग विवाह गरिदिएको र वंश धान्न भन्दै देवरले बारम्बार बलात्कार गरेको घटना संसदमा जानकारी गराइएको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रोशन कार्कीले धनुषा–४ मा एक १७ वर्षीय बालिका भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएको रर पछि यौनशोषण भएको घटनाबारे जानकारी गराएकी हुन् ।
विवाह गरिसकेपछि वंश धान्न भन्दै देवरले पटक पटक बलात्कार गरेका र पछि प्रहरीले पीडिकलाई उन्मुक्ति दिने गरी मिलापत्र गराएको घटनाप्रति उनले सरकारको ध्यानाकर्षण गराएकी छन् ।
‘धनुषा–४ मा १७ वर्षीया बालिकालाई भाइको फोटो देखाएर दाजुसँग विवाह गरिदिएछन् । दाजुले तीन तीनपटक विवाह गरेर सम्बन्धविच्छेद गरिसकेका छन्,’ उनले भनिन्, ‘विवाह त गरिदिए । तर, घरपरिवारले वंश अगाडि बढाउनका लागि ती बालिकालाई देवरसँग यौनसम्बन्ध राख्न बाध्य पारिएछ । योजस्तो जघन्य अपराध के हो रु’
बैठकमा घटनाबारे सांसद कार्कीले थप भनिन्, ‘देवरसँग शारीरिक सम्बन्ध राख्न नमानेपछि बालिकामाथि कुटपिट भयो । शारीरिक यातना दिइयो । त्यसपछि देवरले बारम्बार बलात्कार गरे । दिक्क भएर बालिका प्रहरीसमक्ष गइन् । प्रहरीसमक्ष गएपछि ‘विवाह दर्ता गरिदिने, नागरिकता दिने, अब कुटपिट नगर्ने र देवरसँगै विवाह गराइदिने शर्तमा मिलापत्र गराइएछ । यो कस्तो न्याय हो ? नागरिकता उनले बुबाको नामबाट पाउँदिन थिइन् ? ज्यानको सुरक्षा नहुने ठाउँको विवाह दर्ता के काम तिनीलाई ? अब नकुट्ने रे, प्रहरी त्यहाँ गएर तिनीलाई निगरानी गर्छ ? म गृहमन्त्रीज्यूलाई, अपराधीहरुलाई तुरुन्त कडा कारबाही गरियोस् माग गर्छु ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपफोनबाट रकम माग गर्ने डाक्टर पक्राउ
मंसिर ६, २०८१ बिहिबार
अन्डरकभरको एजेन्ट भन्दै रकम ठगी गरेको आरोपमा डाक्टर आशिष दाहाल पक्राउ
मंसिर ५, २०८१ बुधबार
कञ्चनपुरमा लागूऔषधसहित ७७ वर्षीय वृद्ध पक्राउ
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार