शान्ति प्रक्रियाका लागि राष्ट्रसंघ महासचिव लिबियामा
इन्द्र रिजाल
चैत २३, २०७५ शनिबार १९:५३:२
काठमाडौं । लिबियामा शान्ति प्रक्रियाका लागि आह्वान गर्न संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेस शुक्रबार लिबिया पुगेका छन् ।
भ्रमणका क्रममा उनले लिबियाका वरिष्ठ अधिकारीहरुसँग भेटवार्ता गरी देशको शान्ति प्रक्रिया अगाडी बढाउने बिषयमा छलफल गरेका छन् ।
“मलाई लिबियाका बारेमा गहिरो चासो छ, मलाई अहिले पनि विश्वास छ की लिबियामा भइरहेको रक्तपातको अन्त्य गर्न सकिनेछ,” उनले भने ।
देशको पूर्वी सहर बेन्घाजी प्रस्थान गर्नुअघि पत्रकारहरुसँगको कुराकानीमा उनले शान्ति स्थापनाको प्रयासमा सफलताका लागि सवैलाई जिम्मेबार र लचकदार हुन आह्वान पनि गरेका छन् ।
लिबियाका सवै संस्था तथा निकायहरु एकजुट भएमा समस्या सहजै समाधान गर्न सम्भव भएको गुटेर्रसको भनाई छ ।
लिबियाको राजनीतिक संकट समाधानका लागि राष्ट्रसंघको तर्फबाट सवै सहयोग गर्न तयार रहेको उनले बताए ।
उनले भने, “शान्ति स्थापना गर्न सकियो भने लिबियामा सुरक्षा, सम्बृद्धि र मानवअधिकारको प्रत्याभूति गराउन सकिनेछ ।” एजेन्सी
इन्द्र रिजाल
इन्द्र रिजाल नेपालबहस डटकमका प्रधान सम्पादक हुन् । अर्थ राजनीतिक धारमा कलम चलाउने वरिष्ठ पत्रकार रिजालले आर्थिक, राजनीतिक तथा सामाजिक परिवेशका विषयवस्तुको यर्थाथमुखी चित्रण गर्छन् ।
लेखकबाट थपरुसले क्यान्सरको नयाँ खोप निःशुल्क वितरण गर्ने
पुष ३, २०८१ बुधबार
कतारमा भएको वार्ता ‘गम्भीर र सकारात्मक' : हमास
पुष ३, २०८१ बुधबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
नेपालबहस संवाददाता
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
पुष २, २०८१ मंगलबार
३ करोड २१ लाख अवैध सम्पत्ति आर्जनको अभियोग लागेका कार्कीलाई विशेषले दियो सफाइ
पुष २, २०८१ मंगलबार
५ अंकले घटेर २६२८ मा बन्द भयो नेप्से, ४ अर्ब २७ करोडका शेयर किनबेच भए
पुष ३, २०८१ बुधबार
स्वास्थ्य विज्ञान प्रतिष्ठान मधेसमा एमबीबीएस अध्यापन सुरु
पुष ३, २०८१ बुधबार
डोल्पाको चुँ गाउँ
पुष ३, २०८१ बुधबार