मलेसियालाई ६ विकेटले हराउँदै नेपालले गर्यो विजयी सुरुवात
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १६:२०:१६
५ बैशाख, काठमाडौं । कुशल र भीमको शतकीय साझेदारीमा नेपालले मलेसियालाई हराएको छ । योसँगै एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा उद्घाटन खेलमा मलेसियालाई ६ विकेटले हराउँदै नेपालले विजयी सुरुवात गरेको हो ।
कुशल मल्ल र भीम सार्कीको शतकीय साझेदारीप्रेरित नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ । मंगलबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले मलेसियाविरुद्ध ६ विकेटको जित निकालेको हो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न खेलमा मलेसियाले प्रस्तुत गरेको २३६ रनको लक्ष्य नेपालले ३६.२ ओभरमा चार विकेट गुमाएर पूरा गर्यो ।
नेपालको जितमा कुशल मल्लले ७० रन बनाए । आक्रामक रूपमा प्रस्तुत भएका कुशलले ४० बलमा पाँच चौका र पाँच छक्का प्रहार गरे । भीम सार्कीले ९८ बलमा पाँच चौकासहित ७१ रन बनाए । यी दुईले चौथो विकेटका लागि ११२ रनको साझेदारी गर्दै नेपाललाई जितसम्म डोहोर्याएका हुन् ।
कप्तान रोहितकुमार पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन बनाए । नेपालका अर्का ओपनर आसिफ शेख भने एक रनमै पभेलियन फर्किएका थिए । दीपेन्द्रसिंह ऐरी पाँच रनमा अविजित रहे । मलेसियाका मुहम्मद वफिक, विजय उन्नी, रिजवान हौदर र विरन्दिप सिंहले समान एक विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङमा आएको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर २३५ रनको योगफल खडा गरेको थियो ।
मलेसियाका कप्तान अहमेद फैजले ७६ रन बनाए । फैजले ९५ बलमा आठ चौका र एक छ्क्का प्रहार गरे । ओपनर विरन्दिप सिंहले ४६ रन बनाए । २२–१ को अवस्थाबाट यी दुईले ११६ रनको साझेदारी गर्दै मलेसियाको इनिङ सम्हालेका थिए ।
यसबाहेक, खिजर हायातले २२, स्यार्जुल इद्रुसले २१, मुहम्मद अमिरले १७, मुहम्मद सहादतले १५, सयेद अजिजले १३, विजय उन्नीले १२ रन बनाए । नेपालका सोमपाल कामी र सन्दीप लामिछानेले समान तीन विकेट लिए । ललित राजवंशीले दुई विकेट लिदा गुल्सन झा एक विकेट लिए ।
यसै वर्ष पाकिस्तानमा हुने तालिका रहेको एसिया कपको छनोट प्रतियोगिताको रूपमा रहेको प्रिमियर कपमा कुल १० टिम सहभागी छन् । सहभागी टिमलाई एक समूहमा पाँच टिम रहने गरी दुई समूहमा विभाजन गरिएको छ ।
नेपालसँगै समूह ‘ए’ मा ओमान, मलेसिया, साउदी अरेबिया र कतार छन् । यस्तै, समूह ‘बी’ मा युनाइटेड अरब इमिरेट्स (यूएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । प्रतियोगिताको विजेताले एसिया कपका स्थान बनाउनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएनपीएलको प्रत्यक्ष प्रशारण भारतीय टिभी च्यानल नेटवर्क स्टार स्पोर्ट्समा हुने
कात्तिक ३०, २०८१ शुक्रबार
विश्वकपमा छनौट हुन सफल महिला क्रिकेट टोलीलाई एनपीएलका ८ फ्रेन्चाइजले १० लाख दिने
कात्तिक ३०, २०८१ शुक्रबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
देउवा दम्पती उग्रतारा मेलामा
मंसिर २, २०८१ आइतबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार