मिटरब्याजी पीडितमाथि धरपकड गरिएको घटनाप्रति आयोगकाे ध्यानाकर्षण, समस्याको समाधान गर्न सरकारसँग आग्रह
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १६:२१:२५
५ वैशाख, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि बल प्रयोग नगर्न आग्रह गरेको छ । नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचार राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीमाथि अत्यधिक बल प्रयोग नगर्न आयोगले सरकारसँग आग्रह गरेको हो ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा धर्नाका क्रममा झडप हुँदा घाइते भएका व्यक्तिको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारसँग आग्रह गरिएको छ ।
साथै, विरोध र प्रदर्शन गर्दा मर्यादित र शान्तिपूर्ण रुपमा गर्न धर्नामा बसेकालाई आयोगले अनुरोध गरेको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौंको शान्ति वाटिकामा धर्नामा बसेका ‘मिटरब्याज’ पीडितमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवम् धरपकड गरिएको घटनाप्रति आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले उक्त घटनाको आयोगले स्थलगत अनुगमन गरेको छ । काठमाडौंको शान्ति वाटिकामा शान्तिपूर्ण धर्नामा रहेका ‘मिटरब्याज’ पीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्ति वाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लगाइएको र सोही क्रममा झडप भएको आयोगको अनुगमनबाट पाइएको छ ।
उक्त धर्नामा रहेका व्यक्तिलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितले प्रयोग गरिरहेको खाना पकाउने ग्यास, खाद्यान्नलगायतका सामग्री जबरर्जस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धालाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएकोे आयोगको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।
प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौंको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिएको छ । घाइतेमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर रहेको अनुगमनको क्रममा पाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
महालेखाले बुझायो आन्तरिक लेखा परीक्षण प्रतिवेदन
कात्तिक २७, २०८१ मंगलबार
लेखापरीक्षण: संघीय र प्रदेश सरकारको गरी साढे २१ अर्ब बेरुजु, पेश्की मात्र १० अर्ब ४५ करोड
कात्तिक २६, २०८१ सोमबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
आजको मौसमः कोशी र गण्डकीमा हल्का वर्षा हुने, तराई क्षेत्रमा हुस्सु
मंसिर २, २०८१ आइतबार
यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमय दर
मंसिर २, २०८१ आइतबार
स्थानीय तह उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता
मंसिर २, २०८१ आइतबार
आजदेखि निर्वाचन आचारसंहिता लागू, उल्लङ्घन गरे कारबाही हुने
मंसिर २, २०८१ आइतबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार