देशभरका भूमिहीनहरूलाई लालपुर्जा दिने तयारीमा छुः मन्त्री श्रेष्ठ
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १६:३६:१
५ वैशाख, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले देश भरका भूमिहीनहरुलाई सकेसम्म यसै कार्यका लालपुर्जा दिने गरी मन्त्रालयले काम गरिरहेको बताएकी छन् । उनले आफ्नो कार्यकालमा भूमिहीनहरूलाई लालपुर्जा दिने लक्ष्य राखेको बताएकी छिन् ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा मन्त्री श्रेष्ठले देशभर लाखौँ जनता भूमिविहीन र गरिबीबाट ग्रस्त रहेको उनीहरुको टाउको लुकाउने बास पनि नभएको बताइए । उनले सबै किसिका भूमिहीनहरुको लागत बुझेर मात्र पुर्जा वितरण गरिने बताइन् ।
उनले भनिन्, ‘जमिन खनजोत गर्नेहरूको हो, त्यसैले हलिया, कमैया, हरवाचरवा, मुसहर, डोम, चेपाङ आदि भूमिहीनहरूले जमीनको लालपुर्जा पाउनैपर्छ । हजारौँ वर्ष हजारौँ मिटर जमीन जोत्नेहरूसँगै पाँच अम्मल जमीन पनि छैन,’ उनले भनिन्, ‘त्यसैले भूमिहीनहरूलाई लालपुर्जा दिने मेरो लक्ष्य छ ।’
उनले विगत लामो समयदेखि भुमिहीन र सुकुम्बासीको समस्या समाधान हुन नसकेको भन्दै छिटोभन्दा छिटो सुकुम्बासी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाइन् । उनले राष्ट्रिय भूमि आयोगले १०९० वटा पुर्जा बनाएको र ५०० भन्दा धेरै पुर्जा वितरण गरेको जानकारी गराइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनेपाल एयरलाइन्सले रुट अनुसार अन्तर्राष्ट्रिय उडानमा २५०० देखि ५ हजारसम्म घटायो भाडा
मंसिर ६, २०८१ बिहिबार
अन्तरदेशीय उडानको प्रतीक्षामा पोखरा विमानस्थल
मंसिर ५, २०८१ बुधबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार