एसबीआई क्यापिटल र नेपाल एसबिआई मर्चेन्ट बैंकबीच समझदारी
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १७:४९:७
७ वैशाख, काठमाडौं । एसबीआई क्यापिटल मार्केट्स लिमिटेड र नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेडबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । एसबिआई र एसबिआई मर्चेन्ट बैंकबीच गत बैशाख ३ गते नेपाल एसबिआई बैंकको कर्पोरेट कार्यालय काठमाडौंमा हस्ताक्षर भएको हो ।
परियोजनामा लगानी, नेपालमा अन्य वित्तीय परामर्श सेवाहरू लगायतका विविध सम्भावित अवसरहरूको लागि पारस्परिक रुपमा महत्वपूर्ण विषयमा तालमेल खोज्नु र देशमा विभिन्न परियोजनाको पहिचान, सञ्चालन र कार्यान्वयन गर्ने उद्देश्यले हस्ताक्षर गरिएको समझदारी पत्रमा उल्लेख छ ।
उक्त समझदारी पत्रमा एसवीआइ क्यापिटलको तर्फबाट कार्यकारी उपाध्यक्ष मुकुल मोदी तथा एसबिआइ मर्चेन्टको तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत देवराज अधिकारीले हस्ताक्षर गरेका छन् ।
उक्त हस्ताक्षर कार्यक्रममा भारतीय स्टेट बैंकका अध्यक्ष दिनेश खारा, भारतीय स्टेट बैंकका प्रबन्ध सञ्चालक सिएस. सेट्टी, एसबीआइ क्यापिटलका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत अमिताभ चटर्जी, नेपाल एसबिआई बैंकका अध्यक्ष जयती बन्सल तथा अन्य सहचालकहरू, नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे लगायतको उपस्थिति रहेको थियो ।
समझदारी पत्रमा हस्ताक्षर गर्न पाउँदा दुवै पक्षले खुशी व्यक्त गरेका छन् । साथै यो साझेदारीले दुवै संस्थाको पारस्परिक लाभ र विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपपुस महिनाका लागि १४ वाणिज्य बैंकले यथावत राखे ब्याजदरः तीन वटाले बढाए, तीनले घटाए
मंसिर ३०, २०८१ आइतबार
नबिल बैंकको १० प्रतिशत नगद लाभांश पारित
मंसिर २८, २०८१ शुक्रबार
ग्लोबल आइएमई बैंकको १८औं वार्षिक साधारण सभा सम्पन्न
मंसिर २८, २०८१ शुक्रबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार