विराटनगरमा बढ्यो क्रिकेटको सट्टेबाजीः प्रहरीसँग मोटो रकमको सेटिङ !
नेपालबहस संवाददाता
बैशाख ५, २०८० मंगलबार १७:५९:१६
५ वैशाख, विराटनगर । आज भन्दा करिब पन्ध्र दिन अगाडि देखि भारतमा क्रिकेटको इण्डियन प्रिमियर लिग शुरु भएपछि नेपालमा अवैध मानिएको फट्का खेलले विराटनगरमा व्यापकता पाएको छ । जसले गर्दा यो खेलमा विराटनगरबाट प्रिमियर लिगको नाममा दैनिक करोडौंको कारोवार हुन थालेको रहस्य खुल्न पुगेको छ ।
स्रोतका अनुसार अवैध जुवा जन्य खेल फाट्का मात्र नभई सट्टेबाजी काम गर्ने व्यक्ति पनि हुने गरेको भनाई स्थानीय व्यवसायी एवं उद्योगीको छ । जुवा जन्य अवैध फाट्का (सट्टेबाजी) को धन्दा चलाउँदै आएका विराटनगरका व्यापारी समुदायका केही युवाहरूले भारतमा जारी रहेको इण्डियन प्रिमियर लिगको क्रिकेटमा करोडौंको कारोबार गर्न थालेपछि त्यसको रहस्य खुल्न पुगेको हो । विराटनगरका उद्योगी तथा व्यापारी युवा समूहमा निकै लोकप्रिय बन्न पुगेको फट्काको खेलमा दैनिक दुई देखि तीन करोड भन्दा माथिको कारोबार हुने गरेको दावी पनि व्यवसायी स्रोतले गरेको छ ।
यस बेला सम्पूर्ण व्यावसायिक क्षेत्र नै आर्थिक संकटमा फसिरहेका बेला अहिले सुरु भइ रहेको भारतीय प्रिमियर लिगको खेलमा विराटनगरका हँसु चौरडिया(जैन) र उनका सहोदर भाई दिनेश चौरडिया(जैन) ले फाट्काको सौदा गर्ने गरेको दावी समेत स्रोतले गरेको छ । जसले गर्दा स्थानीय युवा व्यापारी बीच जुवा जन्य फट्काको व्यापक चर्चा हुने गरेको छ ।
यी दुुवै सट्टेवाजहरुले दिन भरी र रात भरी संचालन हुने क्रिकेटको खेलका आधारमा स्थानीय युवा व्यापारीसँग हारजित हुने खेलका आधारमा पैसा उठाउने कामलाई तीब्रता दिएसँगै विराटनगरमा मौलाएको फट्का खेलको रहस्य खुल्न पुगेको हो । लामो समयदेखि फाट्काको बुकी चलाउँदै आएका हंसु चौरडियाले आफू प्रहरी प्रशासनको कारवाहीबाट बच्नका लागि मोबाइलको सन्जाल नै बनाएर अनलाइन खेल खेलाउन थालेको रहस्य पनि स्रोतले खोलेको छ । उनले बुकीको कामका लागि भाई दिनेश चौरडियालाई फाड्काको बुकी संचालन गराउँदै आएको दावी पनि स्रोतले नै गरेको छ ।
बिगतमा मोरङ प्रहरीको नेतृत्व गर्दै बहाल रहेका तत्कालीन प्रहरी उपरीक्षक प्रद्युम्न कार्कीले उनै फट्का खेलका खेलाडी हँसु चौरडिया(जैन) लाई उनले खेलमा प्रयोग गर्ने उपकरणसहित पक्राउ गरेर राजश्व अनुसन्धान मार्फत मुद्दा चलाएपछि उनले केही समय उक्त खेल खेलाउन छोडेको स्थानीय व्यवसायीहरू बताउँछन् । तर त्यसपछि अहिलेसम्म मोरङ प्रहरीको नेतृत्व गर्दै आएका प्रहरी प्रमुखहरूले खुलेयाम उक्त जुवा जन्य खेल हुँदा समेत आफू कुनै जानकार नै नभएको जस्तो गरी अनदेखा गरेपछि जुवा जन्य खेल फाट्काले ठुुलै सँजाल बनाएको छ । अहिले तिनै जैनले बुकीको रुपमा करोडौंको दाउ चलाउँदै फाट्कालाई निरन्तरता दिएपछि त्यसको असर धेरै जसो यहाँका व्यापारी समुदायका युवामा परेको भनाई स्थानीय उद्योगी तथा व्यापारीको छ ।
अवैध जुवा जन्य फाट्का चलाउन छिमेकी देश भारतसम्म नै सञ्जाल विस्तार भएको छ । नेपालबाट बुकीको काम गर्नेहरूले भारतका विभिन्न शहरबाट दैनिक फाट्काको भाउ बुझ्ने काम गर्ने र त्यहाँबाट भाउ तोकिएपछि नेपालमा रहेका बुकीहरुले फाट्काको दाउमा सट्टा लिने गरेका छन् । पछिल्लो समय त मोबाइलबाट अनलाइन खेल खेलाउन थालेपछि खेलाडी आफै उपस्थित नभए पनि सौदा बुक हुने भएपछि फाट्का खेलले विराटनगर नै आक्रान्त भएको छ । विराटनगरको विभिन्न ठाउँमा बसेर बुकीको काम गर्दै जुवा र फाट्का चलाउनेमा स्थानीय बजारमा नाम कहलिएका व्यक्तिहरू नै रहेका छन् ।
अवैध रहेको फाट्का खेलमा संलग्नको पहिचान गर्न समस्या हुने भन्दै प्रहरीले सरोकार नराखेपछि फाट्का खेलमा बृद्धि हुँदै गएको बताइन्छ । तत्काल प्रमाण फेला पार्न नसकिने र फाट्का खेल्ने मध्येका अधिकांश खेलाडी व्यापारी समुदायका युवाहरू नै रहेको थाहा भएर पनि प्रहरी बेखवर जस्तो भएर बसेको छ । तर खेल खेलाउँदै आएका सट्टेवाजले निक्कै व्यवस्थित सूचना प्रणाली अपनाएर बुकी सञ्चालन गर्ने गरेका कारण पनि प्रहरीलाई पक्राउ गर्न समस्या भएको दावी प्रहरीको छ ।
प्रहरीले पक्राउ गरेकालाई समेत मौजुदा जुवा कानुन अनुसार मात्र कारवाही चलाउने भएकोले प्रहरीको कारबाहीलाई मौजुदा कानुन अनुसार कार्वाही गर्न समस्या देखाएर उल्टै सट्टेवाजहरुलाई कडा कानुुन ल्याएर कार्वाही चलाउन आवश्यक रहेको फितलो जवाफ प्रहरीले दिएको छ । तर प्रहरीको जिल्ला र प्रदेश प्रहरीसँगको सेटिङमा यी मारवाडी दाजुभाईले बुकी खेलाउने गरेको बताइन्छ । प्रहरीले मोटो रकम लिएर उक्त अवैध धन्दा अनदेखा गरेको व्यवसायीहरूले आरोप लगाएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकाठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार
वीरगञ्ज भन्सारद्वारा पाँच महिनामा ६४ अर्ब राजस्व संकलन
पुष ७, २०८१ आइतबार
रविको सांसद पद निलम्बन गर्ने चिठी संसद् पुग्यो
पुष ७, २०८१ आइतबार
साई स्वागत सहकारी ठगी प्रकरणमा निकिताका पार्टनर भरत जंगम पक्राउ
पुष ७, २०८१ आइतबार