प्रधानन्यायाधीश सिफरिस गर्न बसेको संवैधानिक परिषद्को बैठक जारी
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ९:५५:३९
६ वैशाख, काठमाडौं । लामो समयपछि संवैधानिक परिषदको बैठक बसेको छ । बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनबारे छलफ चलिरहेको छ । परिषदका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आह्वानमा सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने सम्भावना छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा विपक्षी दलका नेता केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख इन्दिरा राना र कानुन मन्त्रीको समेत जिम्मेवारी पाएका उपप्रधानमन्त्री पूर्णबहादुर खड्का बैठकमा सहभागी छन् । प्रधानन्यायाधीशको नाम सिफारिस गर्न डाकिने संवैधानिक परिषदको बैठकमा भने कामु प्रधानन्यायाधीशको साटो कानूनमन्त्री पदेन सदस्य हुन्छन् । संवैधानिक परिषदमा विपक्षी दलको बहुमत छ ।
यही वैशाख ४ गते बालकोटमा बसेको प्रमुख तीन दलका नेताहरुको बैठकले प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने सहमति गरेको थियो । त्यसअघि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशन लगायत कानून व्यवसायीहरुले पत्रकार सम्मेलन गरी तत्काल प्रधानन्यायाधीश नियुक्त गर्न दबाव दिएका थिए ।
तत्कालिन प्रधानन्यायधिस चोलेन्द्र शर्मा माथी महाअभियोग लागे पछि लामो समयसम्म कायम मुकायम प्रधानन्यायधिसवाट सर्वोच्च अदालत चल्दै आएकोमा संबैधानिक परिषदको बैठकसँगै नियुक्ति प्रक्रिया अघि बढनेछ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका संसदीय दल नेता केपी शर्मा ओलीलगायतको उपस्थिति रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसर्वोच्च अदालतले दियो दुर्गा प्रसाईंलाई रिहा गर्न आदेश
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले उच्च अदालतसँग माग्यो शरणार्थी प्रकरणमा बेचन झालाई थुनामा पठाउनुको कारण
पुष ५, २०८१ शुक्रबार
सर्वोच्चले सरकारलाई भन्यो, ‘जनयुद्ध’ शब्द प्रयोग नगर्नू
पुष ४, २०८१ बिहिबार
काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृतमाथि कारबाही सिफारिस
नेपालबहस संवाददाता
पुष ५, २०८१ शुक्रबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
रवि लामिछानेसहित ५ जनाविरुद्ध आज कास्की अदालतमा मुद्दा दर्ता हुने
पुष ७, २०८१ आइतबार
वीरगञ्ज–पथलैया औद्योगिक कोरिडोरमा ‘लोडसेडिङ’, दैनिक ४ घण्टा विद्युत् कटौती
पुष ७, २०८१ आइतबार
कजान ड्रोन आक्रमणपछि युक्रेनमाथि ‘विनाश’ गर्ने पुटिनको प्रतिज्ञा
पुष ७, २०८१ आइतबार
स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न ‘धरान एक्स्पो’ हुँदै
पुष ७, २०८१ आइतबार
दुई खर्बभन्दा बढीको वैदेशिक सहायता प्राप्त
पुष ७, २०८१ आइतबार
सम्पति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक
पुष ७, २०८१ आइतबार
नगरस्तरीय महिला भलिबलको उपाधि जनज्योतिलाई
पुष ७, २०८१ आइतबार