बालेनविरुद्धको रिटमा न्यायाधीश माथेमाको एकल इजलासमा सुनुवाइ हुँदै
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार ११:५३:२६
६ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध दायर रिट निवेदन सुनुवाइ न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा हुने भएको छ । मंगलबार कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको एकल इजलासमा उक्त मुद्दा परेपनि हेर्न नभ्याइनेमा राखिएको थियो ।
मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार, राष्ट्रपति कार्यालय शीतल निवासको फोहोर नउठाएको भन्दै मेयर साहविरुद्ध अधिवक्ता पदबहादुर श्रेष्ठले यही सोमबार सर्वोच्च अदालतमा रिट परेको थियो ।
अधिवक्ता पदमबहादुर श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र विसर्जन गर्नुपर्ने, समयमै फोहोर व्यवस्थापन गरी स्वच्छ वातावरणमा बाँच्न पाउने नागरिकको अधिकारको रक्षा गर्नुपर्नेलगायतका मागदाबी रिटमा गरिएको छ ।
मेयर साहले महानगरले उठाउँदै एका १४ बुँदे मागमा सरकारले बेवास्ता गरेर महानगरको विकास र समृद्धिमा असहयोग पुर्याएको भन्दै गत शनिबारदेखि उक्त क्षेत्रका फोहोर नउठाउने घोषणा गरेका थिए । फोहोर नउठ्ेदा त्यस क्षेत्रमा दुर्गन्ध फैलिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसुप्रिम सहकारी ठगीमा बैंक ग्यारेन्टीमार्फत १ करोड धरौटी बुझाएर छुटे रवि
माघ १३, २०८१ आइतबार
जसपा नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बस्दै
माघ १९, २०८१ शनिबार
चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि आन्तरिक गैंडा स्थानान्तरण
माघ १९, २०८१ शनिबार
भारतको बजेट आज सार्वजनिक हुँदै, नेपालले कति सहयोग पाउला ?
माघ १९, २०८१ शनिबार
तराईमा हुस्सु र कुहिरो, कस्तो रहला आज अन्य ठाउँको मौसम ?
माघ १९, २०८१ शनिबार
काठेखोला गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बिमा
माघ १८, २०८१ शुक्रबार