सिटाडेलको ८० प्रतिशत दृश्यमा प्रियंकाको आफ्नै स्टन्ट
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १२:२४:७
६ वैशाख, मुम्बई । बलिउड अभिनेत्री प्रियंका चोपडा पछिल्लो समय वेब सिरिज ‘सिटाडेल’का कारण चर्चामा छिन् । ‘देशी गर्ल’का रुपमा परिचित प्रियंकाको एक्सनयुक्त सिरिज हेर्न उनका फ्यान लामो समयदेखि प्रतिक्षारत छन् । यो वेब सिरिजको दोस्रो ट्रेलरमा उनलाई जबरदस्त एक्सनमा देख्न सकिन्छ ।
हालैमात्र एक अन्तरवार्तामा उनले सिरिजमा गरिएको एक्सनपूर्ण अभिनयबारे खुलेर कुरा गरेकी थिइन् । रुसो ब्रदर्सद्वारा निर्देशित ‘सिटाडेल’ एक स्पाई थ्रिलर सिरिजको हो, जसको कथा प्रियंका र अभिनेता रिचर्ड मेडनको वरपर घुम्छ । सिरिजमा दुवैले एजेन्टको भूमिका निभाएका छन् ।
प्रियंकाका अनुसार सिरिजको ८० प्रतिशत स्टन्ट उनी आफैंले गरेकी हुन् । ‘सिरिजमा मैले लगभग ८० प्रतिशत स्टन्ट आफैं गरेँ, किनकी मलाई आफ्नो शरीर र प्रवृत्तिमा भरोसा छ । तर मैले धेरै कुरा सिके र यो सिरिजमा मैले यसअघिभन्दा गरेको राम्रो एक्सन छन्’, प्रियंका भन्छिन् ।
‘म एक्सन फिल्म गर्ने एक उद्योगबाट आएकी हुँ । मैले बलिउडमा पनि एक्सन फिल्म गरेकी छु । त्यसकारण जब म एक अद्भुत स्टन्ट टीमका साथ पाइलामा पाइला मिलाएर काम गर्छु, त्यो बेला म आफूलाई भरोसा गर्छु । सिटाडेलका लागि स्टन्ट टीम रुसो ब्रदर्सबाट आएका छन् । जसले उद्योगमा राम्रो काम गरेका छन् । मैले उनीहरुबाट धेरै सिकें’, उनले भनेकी छन् ।
‘सिटाडेल’को प्रिमियर २८ अप्रिलमा अमेजन प्राइम भिडियोमा हुनेछ । जसको नयाँ भाग हरेक शुक्रबार रिलिज हुनेछ । सिरिज विश्वभरमा २ सय ४० अधिक देशमा रिलिज हुनेछ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
रणवीर कपुरको ‘रामायण’मा सनी देओल देखिने
मंसिर २५, २०८१ मंगलबार
अग्रिम बुकिङबाट नै ‘पुष्पा २ः दि रूल’ ले कमायो ५५ करोड
मंसिर १८, २०८१ मंगलबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
नेपालबहस संवाददाता
मंसिर २७, २०८१ बिहिबार
बागमती नदी तथा खोला किनारसम्बन्धी मापदण्ड कार्यान्वयन नगर्न पत्राचार
मंसिर २७, २०८१ बिहिबार
‘पुष्पा २’ का अभिनेता अल्लु अर्जुन पक्राउ
मंसिर २८, २०८१ शुक्रबार
प्रहरीका ८ जना डीआईजीको पदस्थापन तथा काज सरुवा ( हेर्नुस सूचिसहित )
मंसिर २८, २०८१ शुक्रबार
परराष्ट्रमन्त्री डा देउवा र बेल्जियमका विदेशमन्त्रीबीच भेटवार्ता
मंसिर २८, २०८१ शुक्रबार
समावेशी प्रणाली थप व्यवस्थित बनाउँछौं: सञ्चारमन्त्री गुरूङ
मंसिर २८, २०८१ शुक्रबार
सुरक्षित खानेपानीमा आत्मनिर्भर बनाउन सरकार प्रतिबद्ध छ: मन्त्री यादव
मंसिर २८, २०८१ शुक्रबार
राष्ट्रिय एकता हाम्रो मूल मन्त्र: प्रधानमन्त्री ओली
मंसिर २८, २०८१ शुक्रबार
टीकापुर विमानस्थल ३५ वर्षपछि नियमित सञ्चालनमा आउँदै, मंसिर ३० गतेदेखि हवाइ उडान
मंसिर २८, २०८१ शुक्रबार
मकवानपुरमा एक युवक मृत अवस्थामा भेटिए
मंसिर २८, २०८१ शुक्रबार