कोरिडोरमा ढकमक्क फुलेको फूलले धोबीखोलाको सौन्दर्य मनमोहक
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १३:३२:५१
६ वैशाख,काठमाडौं । शिशिर ऋतुलाई बिदाइ गर्दै जब वसन्त ऋतुको आगमन हुन्छ तब हावाहुरीले उडाएका रूखमा पालुवा पलाइ हजारौँ प्रजातिका रङ्गीविरङ्गी फूल फुल्न थाल्दछन् ।
यतिबेला काठमाडौं उपत्यकाको धोबीखोला करिडोरमा लगाइएका विभिन्न फूल फुलेर ढकमक्क भएका छन् । रङ्गीविरङ्गी फूल फुलेर करिडोरको शोभा बढाउनाका साथै खोलाको सौन्दर्य पनि मनमोहक देखिन्छ । कोरिडोरमा लगाइएका बिरुवाले शोभामात्र नदिएर वातावरणलाई समेत सफा राखेको छ ।
धोबीखोला कोरिडोर केही वर्ष अघिसम्म वर्षामा हिलो र हिउँदमा धुलो तथा प्रदूषणले यात्रा गर्न कठिन थियो । हिजोआज त्यही सडकमा दिनहुँ यात्र गर्ने यात्रुहरुलाई कोरिडोरको दृश्यले मोहित बनाएको स्थानीयवासीहरु बताउँछन् । कालोपुलमा फूलसँग तस्बिर लिँदै गरेकी स्थानीय उषा बुढाथोकी बिहानको समय र साँझपख केही छिन फूलसँगै बसिरहुँजस्तो लाग्ने गरेको उल्लेख गर्छिन् ।
बूढानीलकण्ठ नगरपालिकाका प्रवक्ता नवराज भट्टराई धोबीखोला कोरिडोरमा लगाइएका बिरुवाहरु संरक्षण गर्न नगरपालिकाले चारजनाको समिति बनाएर रेखदेख गर्दै आएको जानकारी दिए। उनका अनुसार कोरिडोर वरपरका बिरुवामा पानी हाल्ने, कटिङ गर्ने तथा हेरचाह गर्ने काम समितिले गर्दै आएको छ ।
त्यसैगरी रातोपुल नजिकै बस्ने सुस्मिता फुयाँलले कोरिडोरमा ढकमक्क फुलेको फूलले धोबीखोलाको रुप फेरिएको चर्चा गर्छन । उनी भन्छन, “कुनै समय फोहोरले भरिएको धोबीखोला परिवर्तन होला जस्तो लागेको थिएन । दुर्गन्धित त अहिले पनि उत्तिकै छ तर फूलहरु फुलेका कारण अहिले धोबीखोला रमणीय बनेको देख्न सकिन्छ ।
काठमाडौं महानगरअन्तर्गत धोबीखोला किनारका लागि महानगरको वातावरण विभागले बिरुवा संरक्षण गर्दै आएको महानगरका प्रवक्ता नवीन मानन्धर जानकारी दिन्छन् । आगामी दिनमा उद्यान तथा हरियाली प्रवर्द्धन आयोजनामार्फत नयाँ बिरुवा रोप्ने तयारी रहेको उनको भनाइ छ ।
अहिले धोबीखोलमा फूल मात्र फूलेका छैनन् विभिन्न औषधिमूलक जडीबुटी पनि उपलब्ध छन् । बढी अक्सिजन उपलब्ध गराउने वर पीपललगायत जन्डिस भएको समयमा प्रयोग गरिने लहरे जडीबुटीसमेत कोरिडोरमा छन् ।
बूढानीलकण्ठ नगरपालिका–१३ भद्रकाली मन्दिरदेखि काठमाडौं महानगरपालिका पर्ने भत्केको पुल, रातोपुल हुँदै बानेश्वरको बुद्धनगर हुँदै बगेको धोबीखोला करिडोरअन्तर्गत करिडोर सडकमा अहिले मनै लोभ्याउने फूलहरु फुलेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतीनै तहका सरकारको समन्वयमा पुनः निर्माण : मुख्यमन्त्री लामा
मंसिर १, २०८१ शनिबार
बागमतीका मुख्यमन्त्री लामालाई माओवादीको ध्यानाकर्षणपत्र
कात्तिक २८, २०८१ बुधबार
बागमती प्रदेशमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय
कात्तिक २७, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
उपनिर्वाचनमा तीन जना निर्विरोध, ४१ पदमा ३७६ उम्मेदवार चुनावी मैदानमा
नेपालबहस संवाददाता
मंसिर ५, २०८१ बुधबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक
मंसिर ८, २०८१ शनिबार
पाँच युवतीलाई अवैधरुपमा भारत लैजान खोज्ने व्यक्ति पक्राउ
मंसिर ८, २०८१ शनिबार
सुर्खेतबाट चिसापानी आउँदै गरेको जिप दुर्घटना हुदाँ १४ जना घाइते
मंसिर ८, २०८१ शनिबार
चार महिनामा साढे चार खर्बभन्दा बढीको व्यापार घाटा
मंसिर ८, २०८१ शनिबार
चिकित्सकले मृत घोषणा गरेका एक भारतीय चिताबाट ब्यूँझिएपछि !!!
मंसिर ८, २०८१ शनिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार