चितवन २ मा जितनारायणलाई विजयी गराउन नेता सिंहको आह्वान
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_WGBOGtnLBS.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १३:३५:२७
![](https://nepalbahas.prixacdn.net/media/albums/singh_5xKnwuqF9F_ayv8zOVguj.jpg)
६ वैशाख, चितवन । नेपाली कांग्रेसका नेता एवं सांसद प्रकाशमान सिंहले चितवन–२ को उपनिर्वाचनमा जनताले विवेक प्रयोग गरेर मतदान गर्ने बताएका छन् ।
बुधवार चितवनको चुनावीसभामा धारणा राख्दै नेता सिंहले जनताले आवेग नभई विवेक प्रयोगमाफृत मतदान गरी कांग्रेसका जितनारायण श्रेष्ठलाई विजयी गराउने बताए । श्रेष्ठ विजयी हुँदा लोकतन्त्रवादीको जित हुने उनले दाबी गरे । गठबन्धनका साझा उम्मेदवारको जित नै लोकतन्त्रवादीहरूको हुने धारणा राखे ।
उनले चितवनको विकास र संवृद्धिका लागि यसपटक गठबन्धनका उम्मेदवारलाई जिताउनेमा आफू विश्वस्त रहेको समेत बताए । उनले पार्टीका नेता कार्यकर्तालाई नागरिकमा देखिएको निराशाका बीचमा आशा जगाउँदै जनजीवन सहज गराउनतिर लाग्नुपर्ने बताए । श्रेष्ठलाई भारी मतले विजयी गराउन उनले मतदातासँग आह्वान गरे ।
चुनावी सभामा कांग्रेस केन्द्रीय सदस्य एवं सांसद रामहरि खतिवडाले जनताको माझमा परिचित उम्मेदवारलाई जिताउन चितवन २ का मतदातासँग आग्रह गरे ।
उम्मेदवार श्रेष्ठ आफू जनताको सुख दुःखमा सधैँ रहने र भ्रष्टाचारका विरुद्धमा निरन्तर लड्ने प्रतिबद्धता व्यक्त गरे । चर्का कुरा गर्नेलाई नभई धेरै नबोल्ने तर काम गर्ने व्यक्ति जितनारायणलाई जिताउन अपिल गरे ।
यही वैशाख १० मा चितवन २, बारा २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन हुँदैछ । चितवन २ कांग्रेसका श्रेष्ठ, रास्वपाका रबि लामिछाने र एमालेका सुरेन्द्र न्यौपानेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार