र्यापर हनी सिंह र प्रेमिका टिनाबीच ब्रेकअप
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १४:०:१०
६ वैशाख, मुम्बई । भारतका लोकप्रिय र्यापर हनी सिंह र उनको प्रेमीका टिना थडानीबीच ब्रेकअप भएको छ । टिना पेशाले अभिनेत्री तथा मोडल हुन् । उनले कैयौं प्रोजेक्टमा काम गरिसकेकी छन् । हनी र टिना एक वर्षयता प्रेममा थिए । हनी आफैंमा डिभोर्सी पुरुष हुन् । उनको पूर्व पत्नी शालिनी तलवारसँग डिभोर्सको मुद्धा अदालतमा चलिरहेको छ ।
हनी र टिनाले इन्स्टाग्राममा अनफलो गरेका छन् । उनीहरूले एक अर्काको सामाजिक सञ्जालमा रहेका दुवैको तस्विर हटाइसकेका छन् । हनी र टिनाले गत वर्षको अप्रिलबाट डेट शुरु गरेका थिए । उनीहरूलाई नजिकबाट जान्नेका अनुसार दुवैको जीवन निकै फरक छ । उनीहरू एकापसमा समझदारीमा नआइरहेको बेला दुवैले सहमतिमा अलग्गिने निर्णय लिएका हुन् । अलग्गिएपछि उनीहरू काममै व्यस्त छन् ।
हालैको एक अन्तरवार्तामा हनीले ब्रेकअपबारे संकेत गरेका थिए । उनले नयाँ एल्बमको बारे कुरा गर्दै यो संकेत गरेका थिए । ‘मैले मेरो रोमान्टिक एलबममा निकै परिवर्तन गर्नुपर्यो । किनकी म पहिला प्रेममा थिएँ, अहिले त्यो प्रेम मसँग रहेन’, हनीले भनेका थिए ।
हनीले सन् २०११ मा शालिनीसँग विवाह गरेका थिए । तर उनीहरुले गत वर्ष अलग्गिने निर्णय लिए । हनीले क्षतिपूर्ति स्वरूप शालिनीलाई एक करोड रुपैंयाँ पनि दिनुपर्यो । तलवारले हनीमाथि घरेलु हिंसा र अर्की महिलासँग शारीरिक सम्बन्धको आरोप लगाएकी थिइन ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआर्यन खानको वेभ सिरिज नेटफ्लिक्समा आउने
मंसिर ६, २०८१ बिहिबार
दक्षिण भारतका फिल्म सुपरस्टार नयनतारा र धनुषबीच विवाद
मंसिर ५, २०८१ बुधबार
अल्लु अर्जुन बने भारतका सबैभन्दा महंगा अभिनेता
मंसिर ४, २०८१ मंगलबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार