चीनसँग जोडिएका रुइला र ङुइला नाका खुल्छ: प्रधानमन्त्री
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १५:१३:१
६ वैशाख, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कोभिडपछि बन्द भएको चीनसँगको सीमा नाका खोल्ने बताएका छन् । बुधबार चुमनुव्री गाउँपालिका–७ छेकम्पारस्थित राजेन गुम्बामा चुम श्याग्या महोत्सवको उद्घाटन समारोहलाई सम्बोधन गर्दै दाहालले नाका खुलाउने प्रक्रिया अघि बढेको बताए ।
श्याग्या महोत्सव उद्घाटनमा पुगेका दाहाललाई स्थानीयले चुमनुव्री गाउँपालिका–१ सामागाउँको रुइला र वडा नम्र ७ छेकम्पारको ङुइला नाका खुलाउनका लागि पहल गरिदिन आग्रह गरेका थिए । चुम उपत्यका अहिंसा क्षेत्र स्थापित भएको एक सय वर्ष पूरा हुनु आफैंमा इतिहास भएको भन्दै यसले सिंगो देश र दुनियाँलाई पनि शान्ति र अहिंसाको सन्देश दिएको प्रचण्डले बताए ।
सरकार चुमनुव्री क्षेत्रको विकासप्रति संवेदनशील रहेको भन्दै भौगोलिक विकटताका कारण पछि परको यस क्षेत्रको विकास निर्माण र आर्थिक क्रियाकलाप अघि बढाउन सरकार प्रतिवद्ध रहेको उनले बताए । वास–लोक्पा–छेकम्पार सडक निर्माणको योजना अघि बढाउन नीति तथा कार्यक्रममा समेट्ने पनि उनले आश्वासन दिए । मनास्लु क्षेत्रमा हेलिकप्टर उडान सहज बनाउने तथा मनास्लु क्षेत्रको पर्यटन पूर्वाधार निर्माण गरिने पनि प्रधानमन्त्री प्रचण्डले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसंघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन
पुष २, २०८१ मंगलबार
त्रिविको सम्पति छानबिन आयोगले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार