अख्तियारमा लोकसेवाबाट नियुक्तिको व्यवस्था हुनुपर्नेमा सांसदहरुको जोड
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १५:४८:१९
६ वैशाख, काठमाडौं । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारबाट पेस भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्बन्धी ऐन संशोधन गर्न बनेको विधेयकमाथि छलफलमाथि सांसदहरुले धारणा राख्ने क्रम जारी छ ।
सो क्रममा राप्रपा ज्ञानेन्द्र शाहीले आयोग नामप्रति प्रश्न उठाए । उनले अख्तियार सरकारी सेवामा हुने भ्रष्टाचारमाथि अनुसन्धान गरेर कारवाहीको साटो भ्रष्टाचारीलाई संरक्षण दिइरहेको आरोप लगाए ।
उनले आयोगको नाम नै ‘भ्रष्टाचारी संरक्षण आयोग’ राख्नुपर्ने भन्दै आयोगको कामकारवाहीको कडा आलोचना गरे । उनले अयोगमा सरकारले आफ्ना समर्थक वा कुरा मिल्ने मान्छेलाई नेतृत्व र सदस्य नियुक्ति गर्नुनै अख्तियारले प्रभावकारी र निष्पक्ष रुपमा काम गर्न नसकेको उनको भनाइ छ । उनले आयोगको नाम अख्तियार दुरुपयोग अनुसन्धान तथा निर्वारण आयोग’ राख्न सुझाए ।
उनले आयोगमा नेतृत्वदेखि सदस्यसम्म लोक सेवाबाट गरिनुपर्ने बताए । लोृकमान सिंह कार्कीले भ्रष्ट नेताहरुलाई कारवाहीको प्रक्रिया थालेकै कारण महाअभियोग लगाएर हटाएको भन्दै आयोगमा लोक सेवाबाट परीक्षा लिई पठाउनुपर्ने बताए ।
यस्तै, रसांसद रामकृष्ण यादवले आयोगमा हुने सबै नियुक्ति प्रक्रियाबारे पुनर्विचार गर्ने बेला आइसकेको बताए ।
अहिलेकै अख्तियारबाट निष्पक्ष काम र भ्रष्टाचार निवारणमा परिणाममुखी काम हुन्छ भन्नेमा आफूलाई शंका लागेको सांसद मेटमणि चौधरीले बताए उनले अख्तियारमा सरकारबाट हुने नियुक्ति प्रक्रियालाई परिवर्तन गर्नुपर्ने बताए ।
विरोधीहरुलाई दुःख दिने गरी परेका उजुरीलाई अख्तियारले ख्याल गर्ने गरी कानून ल्याउनुपर्नेमा सांसदहरुले जाेड दिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार