मिटरब्याज पीडितकाे आन्दोलनप्रति नागरिक अगुवाहरूकाे ऐक्यवद्धता, प्रहरी दमनविरुद्ध खबरदारी जुलुस
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १६:११:२०
६ वैशाख, काठमाडौं । सरकारले काठमाडौंमा आन्दोलनरत मिटरब्याजन पीडितहरुमाथि गरेको बर्बर दमनको विरोधमा नागरिक अगुवाहरुले खबरदारी जुलुस निकालेका छन् ।
नागरिक अगुवाहरुले मिटरब्याज पीडितमाथि प्रहरीले गरेको दमनप्रति बुधबार दिउँसो शान्तिबाटिकादेखि माइतीघर मण्डलासम्म खबरदारी र्याली निकालेका हुन् । जसलाइ उनीहरूले ‘बृहत नागरिक आन्दोलन’ नाम दिएका छन् ।
अगुवाहरुले मिटरब्याज पीडितको आन्दोलनमा ऐक्यवद्धता समेत जनाएका छन् । शान्तिपूर्ण आन्दोलनमा बल प्रयोग गरेर पीडितलाई थप पीडा दिने र सख्त घाइते बनाउने सरकारको काम अमानवीय भएको भन्दै उनीहरुले दमनको विरोध गरे । प्लेकार्ड, ब्यानर लगायत प्रदर्शन गरेका छन् ।
खबरदारी जुलुसमा विश्लेषक श्याम श्रेष्ठ, लेखक खगेन्द्र संग्रौला लगायत सहभागी थिए ।
उनीहरुले मिटरब्याज पीडितहरुको माग तत्काल सम्बोधन गर्न र न्याय दिन उनीहरुले सरकारको ध्यानाकर्षण गराए । सोमबार प्रहरीले सोमबार शान्तिबाटिका जम्मा भएका पीडितहरुलाई अनावश्यक रुपमा बल प्रयोग गरेर पीडितहरुलाई घाइते तुल्याएपछि चौतर्फी विरोध भइरहेको छ । उक्त प्रहरी दमनको राष्ट्रिय मानवअधिकार आयोगले समेत विरोध जनाएको छ ।
सरकारसँग पाँच पटक भएको वार्ता असफल भएपछि आन्दोलनहरुमा फर्किएका पीडितहरुले आफूहरुको माग पूरा नभएसम्म सडक नछाड्ने अडान लिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपआँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
‘मेयर सम्मेलन’ गर्दै परशुरामधाम नगर
पुष २, २०८१ मंगलबार
भारतको सहयोगमा राप्ती नगरमा अस्पताल भवन निर्माण हुने
पुष २, २०८१ मंगलबार
रविकी श्रीमती निकिताको सम्पत्ति जफत गर्न माग, अनुसन्धानमा तानिन सक्ने
पुष २, २०८१ मंगलबार
बारामा यसरी भइरहेछ घुमुवामार्फत असुली, नाकाहरूमा तस्करहरूको रजगज
पुष २, २०८१ मंगलबार
ललितपुरमा रवि र बालेनप्रति अप्रत्यक्ष खनिए प्रधानमन्त्री
पुष २, २०८१ मंगलबार
सिरहामा सडक दुर्घटनामा घट्यो, मृत्यु हुनेको सङ्ख्या बढ्दो
पुष ३, २०८१ बुधबार
भक्तपुरमा घरायसी विवादमा चक्कु प्रहार गरेर बुवाले गरे छोराको हत्या
पुष ३, २०८१ बुधबार
संघीय संसदका ४ वटा समितिको बैठक बस्दै
पुष ३, २०८१ बुधबार
आँधीखोला तर्न फट्केको भर !
पुष ३, २०८१ बुधबार
सुक्खाबन्दरगाह भन्सार: राजस्व संकलनमा कमी
पुष ३, २०८१ बुधबार