कांग्रेसले वीपीको विचार अहिलेका युवा पुस्तामा पुर्याउन जरुरी छः कोइराला
नेपालबहस संवाददाता
बैशाख ६, २०८० बुधबार १६:५४:३७
६ वैशाख, पोखरा । नेपाली काँग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले नेपाली काँग्रेस वीपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अहिलेको युवा पुस्तामा नपुगेको भन्दै यसलाई कांग्रेसले गम्भिरतापूर्वक लिएर यो पुस्तालाई प्रशिक्षित गर्नुपर्ने बताएका छन् । उनले वीपीको विचार राम्रो र सही थियो भन्ने कुरा अहिलेको युवा वर्गले थाहै नपाएको भन्दै युवा लक्षित कार्यक्रम कांग्रेसले चलाउनुपर्ने बताएका छन् ।
नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएको प्रति चिन्ता व्यक्त गरे । समय बदलिएको भन्दै कोइरालाले बदलिएको समय र माग अनुसार वीपीको विचारमा युवा पुस्तालाई केन्द्रि गर्ने गरी कांग्रेस अगाडी बढ्नुपर्ने बताए ।
वीपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली काँग्रेसले छाड्न नहुने उनको भनाई थियो । ‘विचार बिनाको राजनीतिबाट कुनै गन्तब्यमा पुग्न सकिदैन, उनले भने–पार्टीको आउँदो १५ औं महाधिवेशनबाट नेपाली काँग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीको रुपमा विकास गर्नु पर्छ । ’
‘नेपाली काँग्रेस प्रजातन्त्र प्रति विश्वास राख्ने पार्टी हो, काँग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैं प्रतिवद्ध र यि कुरामा कसैसँग सम्झौता गर्दैन्, उनले भने– नेपाली काँग्रेसको विचारलाई गाउँगाउँसम्म पुर्याएर आम युवा तथा महिलालाई नेपाली काँग्रेसप्रति आकर्षित गर्न जरुरी छ ।’ तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फर्किएका डा. कोइरालाले तनहुँमा नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराई निर्वाचन जित्ने दावी समेत गरे ।
राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका स्वर्णमि वाग्लेलाई आफूले यस अघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उनले चितवनमा निर्वाचन लड्न मानेनन् नेता कोइरालाले भने । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् प्रतिनिधि सभा सदस्य सञ्जय गौतमले नेपाली काँग्रेसले वर्तमान अवस्थाको फाइदा लिँदै पार्टी र संगठन विस्तारमा जुट्न सुझाव दिए ।
सरकारमा रहेको बेला पार्टी विस्तारमा जति सजिलो हुन्छ नहुँदा कठिन भएकाले काँग्रेसले युवालाई समेट्दै पार्टीलाई नयाँ सिराबार अगाडि वढाउन जरुरी भएको बताए । पार्टीभित्र विचारभन्दा पनि व्यक्तिवादी स्वार्थ हावी हुँदा पार्टी कमजोर भएको बताउँदै नेता गौतमले पार्टीको १५ औं महाधिवेशनबाट वैचारिक रुपमा अगाडि बढाउन सुझाव दिए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भोलिका पीडिका लागि काँग्रेसले सोच्न जरुरी भएको बताए । युवाहरुको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली काँग्रेसको काँधमा आएको बताउँदै नेता शर्माले अब काँग्रेसले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेस गण्डकीका सभापति शुक्रराज शर्माको सभापतित्वमा भएको उक्त कार्यकर्ता भेटघाट कार्यक्रममा पार्टीको विभिन्न भातृ तथा शुभेच्छुक संस्थाको प्रतिनिधिहरुको पार्टीलाई अगाडि वढाउनका लागि सुझावहरु दिएका थिए । नेपाली कांगे्रेस गण्डकी प्रदेशका महामन्त्री विष्णुप्रसाद लामिछानेले सञ्चालन गरेको कार्यक्रम प्रदेश उपसभापति कल्पना तिवारीले समापन गरेकी थिइन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्थानीय तह उपनिर्वाचन: कांग्रेसले चयन गर्यो कोशी र गण्डकी प्रदेशका उम्मेदवार
कात्तिक ३०, २०८१ शुक्रबार
समाजवाद जबर्जस्ती थोपरेर आउँदैन, जगैदेखि निर्माण गर्ने कुरा हो: अध्यक्ष प्रचण्ड
कात्तिक ३०, २०८१ शुक्रबार
जलवायु उत्थानशील दिगो विकास हाम्रो प्राथमिकताः वनमन्त्री शाही
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
हनी ट्रयापमा जोडिएका एसपी थापाको सीआईबीमा बयान, मुद्दा यसै साता बुझाइने
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाली सेनामा खुल्यो विभिन्न पदमा विज्ञापन
कात्तिक ३०, २०८१ शुक्रबार
कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल
कात्तिक ३०, २०८१ शुक्रबार
राज्माखेतीमा ढुसीको सङ्क्रमण
कात्तिक ३०, २०८१ शुक्रबार
गाजा युद्धविरामका लागि हमास ‘तयार’, इजरायललाई ‘दबाब’ दिन ट्रम्पलाई आग्रह
कात्तिक ३०, २०८१ शुक्रबार
स्वास्थ्य प्रवर्द्र्धन केन्द्रबाटै नागरिकलाई निःशुल्क एक्स–रे सेवा
कात्तिक ३०, २०८१ शुक्रबार
चोरीका सुनको गरगहनासहित दुई जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
प्रतिलिटर ३ रुपैयाँले डिजेल र मट्टितेलको मूल्य बढ्यो
कात्तिक ३०, २०८१ शुक्रबार