वायु सेवा निगमद्वारा ऋणको ब्याज र हर्जाना छुटका लागि पत्राचार
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १२:१६:२५
७ वैशाख, काठमाडौं । नेपाल वायु सेवा निगमले ऋणदाताहरूसँग ब्याज, हर्जाना र पेनल छुट गरिदिन पत्राचार गरेको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै ऋणमा ब्याज, हर्जाना र पेनल छुट गरिदिन कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाइसकिएको जानकारी दिएका छन् ।
२०७९ को अषढदेखि सोही सालको चैत मसान्तसम्ममा निगमले दुवै कोषलाई गरी किस्ता रकम जम्मा २ अर्ब ९ करोड २८ लाख ६५ हजार ८ सय ४४ रुपैयाँ भुक्तानी गरिसकेको र बाँकी किस्तामा ब्याज छुट दिन अनुरोध गरिएको छ ।
कोरोना महामारीको कारणले व्यापारमा प्रतिकूल असर परेको भन्दै निगमले सो अवधिको ब्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन अनुरोध गरिएकाे हाे । साथै किस्ता संख्या पनि बढाउन अनुरोध गरिएकाे छ ।
ऋणको किस्ताबाफत गत चैत ३० गते कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई ५३ करोड ९ लाख ५५ हजार २८१ रुपैयाँ भुक्तानी गरेको छ ।
विज्ञप्तिमा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हालेदेखि सुधार हुँदै गएको समेत जनाइएको छ । यसबारे कोषसँग छलफल भइरहेको जनाइएको छ ।
देशभरका उद्योगी व्यवसायीहरु पनि केही महिनादेखि ऋणको ब्याज, हर्जानामा छुटको माग गदै ब्याज र किस्ताको अवधिको बढाउन आन्दोलन गर्दै आइरहेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपऔपचारिक रुपमा नेपालको बिजुली बंगलादेश निर्यात हुन थाल्यो, भारतीय ग्रिडबाट ४० मेगावाट पठाइयो
कात्तिक ३०, २०८१ शुक्रबार
प्राधिकरणले भोलि ४० मेगावाट विद्युत् बंगलादेश निर्यात गर्ने, भारतले दियो सहमति
कात्तिक २९, २०८१ बिहिबार
उपकरण मर्मत हुन नसक्दा सिमेन्ट उद्योग सञ्चालनमा ढिलाइ
कात्तिक २९, २०८१ बिहिबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिएर रवि लामिछानेलाई भैरहवाबाट लगियो पोखरा
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार