३४ देशका जनसम्पर्क समितिले भने,‘कांग्रेसलाई मतदान गर्नु’
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १२:४३:१९
७ वैशाख, काठमाडौं । विश्वका विभिन्न देशमा रहेका नेपाली कांग्रेस समर्थित जनसम्पर्क समितिले वैशाख १० मा हुने उपनिर्वाचनमा सत्ता गठबन्धन आबद्ध उम्मेदवारलाई विजयी गराउन अपिल गरेका छन् । ३४ देशमा रहेका जनसम्पर्क समितिले संयुक्त अपिल जारी गर्दै मुलुकको हितका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन जनतासँग अपिल गरेका छन् ।
उनलेहरुले भनेका छान्, ‘हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समितिमार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं । र, उपनिर्वाचनमा कांग्रेसका साथै गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल गर्दछौं ।’ मुलुकमा विभिन्न विपत्तिका समयमा आफूहरूले सहयोग र राहत जुटाउँदै आएको स्मरण गर्दै उनीहरूले आफूहरू जहाँ रहे पनि नेपालको समृद्धि हेर्न चाहेको बताएका छन् ।
नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवम् कांग्रेस पूर्वआमन्त्रित केन्द्रीय सदस्य आनन्द विष्टले वैशाख १० गते हुने उपनिर्वाचनलाई देशबाहिर रहेर पनि महत्त्व र चासोका साथ हेरिरहेको बताए। ’आसन्न उपनिर्वाचनमा आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइ र शुभेच्छुकमार्फत कांग्रेस र गठबन्धनका उम्मेदवारको पक्षमा मत माग्न चाहन्छौं,’ उनले भने ।
नेपालमा ठूला राजनीतिक परिवर्तन र विकास निर्माणका काममा कांग्रेसले नै नेतृत्व गरेको बताउँदै उनले अहिले पनि मुलुकलाई कांग्रेसकै योजना आवश्यक रहेको बताए। ’कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग कांग्रेसको स्थापनाकालमै घोषित थियो। जनताको अधिकारका लागि कांग्रेसले स्थापनाकालमा नै आफ्नो संविधान आफैँ लेख्ने, आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनुपर्ने नीति घोषित रूपमा नै सार्वजनिक गरेको स्मरण गराउन चाहन्छौं,’ जारी विज्ञप्तिमा भनिएको छ।
यस्तो छ अपिल
जय नेपाल।
यही वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुनलागेको उपनिर्वाचनको संघारमा छौं । आजै रातिबाट प्रचार–प्रसारको समय अवधि सकिएर मौन अवधि सुरु हुँदैछ। हामी यतिबेला भूगोलको नेपालभन्दा धेरै टाढा छौं । तर, हाम्रो भावना र मन चाहिँ राजनीतिक रूपमा यही उपनिर्वाचनमा केन्द्रित छ । हामी नेपाली कांग्रेसको विदेशस्थित संगठन नेपाली जनसम्पर्क समितिमार्फत आज विश्वका विभिन्न मुलुकमा संगठित छौं ।
नेपाली कांग्रेसका संस्थापक नेता, महामानव विश्वेश्वरप्रसाद कोइरालाले भारत निर्वासनमा रहँदा त्यहाँ रहेका कांग्रेसका सदस्य र शुभेच्छुकहरूलाई संगठित गर्दै यो समितिको स्थापना गर्नु भएको हो । जुन संस्था आज आप्रवासनमा रहेका आम नेपालीको सुख, दुःखको साथी बनेको छ । उता मातृभूमिमा दैवीय एवम् प्राकृतिक विपत्ति पर्दा हामी राहतका लागि जुटेका छौं भने पार्टीको सबै आह्वान र निर्देशनमा पनि समितिमार्फत सहभागी भइरहेका छौं ।
यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनलाई देशबाहिर रहेर पनि हामीले निकै महत्त्व र चासोका साथ हेरिरहेका छौं । आसन्न उपनिर्वाचनमा हामीले आफ्ना परिवारजन, इष्टमित्र, साथीभाइ र शुभेच्छुकहरूमार्फत हाम्रो मातृ पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूका पक्षमा मत मागिरहेका छौं ।
हामी स्मरण गराउन चाहन्छौं कि मातृभूमि नेपालको सबै राजनीतिक परिवर्तनको आन्दोलनको नेतृत्व हाम्रो मातृ पार्टी नेपाली कांग्रेसले नै गरेको छ । अनि कांग्रेसकै नेतृत्वमा शान्ति स्थापना र वर्तमान संविधान निर्माणको काम भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको आजको राजनीतिक उपलब्धिको जग नेपाली कांग्रेसको स्थापनाकालमै घोषित थियो ।
जनताको अधिकारका लागि कांग्रेसले आफ्नो स्थापनाकालमा नै आफ्नो संविधान आफैँ लेख्ने,आफ्नो प्रतिनिधि आफैँ चुन्न पाउनुपर्ने नीति घोषित रूपमा नै सार्वजनिक गरेको हो । जसले १०४ वर्षको राणा शासन, ३० वर्षको निरङ्कुश पञ्चायती शासन र राजाको प्रत्यक्ष शासनको समेत अन्त गराउने आन्दोलनको नेतृत्व सफलतापूर्वक पुरा गरेको छ । यसर्थ कांग्रेसको राजनीतिक इतिहास गौरवपूर्ण रहेको छ र हामी नेपाली कांग्रेसको सदस्य हुनुमा गर्व गर्छौं ।
नेपाली कांग्रेस वर्तमान सत्तारुढ गठबन्धनको प्रमुख दलको रूपमा सरकारमा छ । उपनिर्वाचनमा पनि हामी तनहुँ र चितवनमा सत्तारुढ गठबन्धनको साझा उम्मेदवारका साथ मैदानमा छौं । तनहुँ १ मा हाम्रो पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराई मैदानमा हुनुहुन्छ । जसलाई तनहुँले आफ्नो धर्तीपुत्रको रूपमा माया गरेको छ र उहाँले पनि तनहुँका आम जनताको सुख, दुःखको साथी बनेर जिल्लाको विकास र सम्वृद्धिका लागि इमानदारीपूर्वक अनवरत सेवा गर्दै आउनु भएको छ ।
उता चितवन २ मा पार्टीको जिल्ला सभापति भएर संगठनमा योगदान गर्नु भएका युवा जोस र चितवनको माटोमा भिजेका जुझारु जितनारायण श्रेष्ठ नेपाली कांग्रेसको चारतारे झन्डा र रुख चुनाव चिन्ह बोकेर उपनिर्वाचनको यो मैदानमा हुनुहुन्छ। यसैगरी बारा २ मा गठबन्धनका तर्फबाट उपेन्द्र यादव साझा उम्मेदवार हुनुहुन्छ ।
हामी भूगोलबाट जति धेरै टाढा भए पनि भावनामा संधैं नेपालमै छौं र हामी नेपालको समुन्नति र सम्वृद्धिको लागि योगदान गर्न सधैँ तयार छौं । विकास, सम्वृद्धि र समुन्नतिका लागि हाम्रो पार्टी नेपाली कांग्रेसका उम्मेदवारहरूले जित्नु आवश्यक छ भन्नेमा प्रस्ट छौं । हामी काममा विश्वास गर्छौं र गर्वका साथ भन्न सक्छौं सम्वृद्धिको चाहनालाई नेपाली कांग्रेसको नेतृत्वले मात्र पुरा गर्न सक्छ ।
तसर्थ विश्वभरका जनसम्पर्क समितिहरूको तर्फबाट हामी उप निर्वाचन हुँदै गरेको तनहुँ १ मा गोविन्द भट्टराई,चितवन २ मा जितनारायण श्रेष्ठ र बारा २ मा उपेन्द्र यादवलाई मतदान गरी अत्यधिक बहुमतका साथ विजयी गराउनु हुन सम्बन्धित सबै मतदाताहरूसमक्ष हार्दिक अपिलसहित विनम्र अनुरोध गर्दछौं ।
जय नेपाल
विश्वभरका नेपाली जन सम्पर्क समितिको तर्फबाट
१. आनन्द विष्ट – सभापति, नेपाली जनसम्पर्क समिति, अमेरिका एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
२. बालकृष्ण पाण्डे – सभापति, नेपाली जनसम्पर्क समिति, भारत एवं पूर्व आमन्त्रित केन्द्रीय सदस्य, नेपाली कांग्रेस
३. सुरेशसिंह गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रेलिया
४. अंकित ओली – सभापति, नेपाली जनसम्पर्क समिति, आयरल्याण्ड
५. पदम सुन्दर गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बहराईन
६. बुद्धिप्रकाश ओली – सभापति, नेपाली जनसम्पर्क समिति, क्यानाडा
७. पुष्पा मिश्र – सभापति,नेपाली जनसम्पर्क समिति, साईप्रस
८. यादव बस्नेत – सभापति, नेपाली जनसम्पर्क समिति, डेनमार्क
९. सुधिर राना – सभापति, नेपाली जनसम्पर्क समिति, फ्रान्स
१०. शिखर खड्का – सभापति,नेपाली जनसम्पर्क समिति,जर्मनी
११. काजीकुमार गुरुङ – सभापति, नेपाली जनसम्पर्क समिति, हङकङ
१२. दिपिका भुसाल – सभापति, नेपाली जनसम्पर्क समिति, ईजरायल
१३. राजन चापागाईं – सभापति, नेपाली जनसम्पर्क समिति, ईटाली
१४. रोशन केसी – सभापति,नेपाली जनसम्पर्क समिति, जापान
१५. राजेन्द्र रसाईली – सभापति, नेपाली जनसम्पर्क समिति, कुवेत
१६. कुमार पौडेल – सभापति, नेपाली जनसम्पर्क समिति, लक्जेम्बर्ग
१७. चण्डीप्रसाद योङया – सभापति, नेपाली जनसम्पर्क समिति, मकाउ
१८. चोलाकान्त पंगेनी – सभापति, नेपाली जनसम्पर्क समिति, मलेशिया
१९. सालिक गौतम – सभापति,नेपाली जनसम्पर्क समिति, नेदरल्याण्ड
२०. बुद्धिसागर घिमिरे – सभापति,नेपाली जनसम्पर्क समिति, न्युजिल्याण्ड
२१. जीतेन्द्र शाही – सभापति,नेपाली जनसम्पर्क समिति, नर्वे
२२. शालीकराम चापागाईँ – सभापति,नेपाली जनसम्पर्क समिति, ओमान
२३. भिम परियार – सभापति, नेपाली जनसम्पर्क समिति,पोल्याण्ड
२४. वकिल केसी – सभापति,नेपाली जनसम्पर्क समिति, पोर्चुगल
२५. मोहम्मद अजिज अली – सभापति,नेपाली जनसम्पर्क समिति, कतार
२६. भजिन्द्र क्षेत्रि – सभापति,नेपाली जनसम्पर्क समिति, दक्षिण कोरिया
२७. सन्तोष श्रेष्ठ – सभापति,नेपाली जनसम्पर्क समिति, स्पेन
२८. नबिन थपलिया – सभापति,नेपाली जनसम्पर्क समिति, स्वीडेन
२९. भुवानी प्रसाद तिम्सिना – सभापति,नेपाली जनसम्पर्क समिति, युएई
३०. युवराज गुरुङ – सभापति,नेपाली जनसम्पर्क समिति, बेलायत
३१. जीवन जंग कुवँर – सभापति,नेपाली जनसम्पर्क समिति, अष्ट्रिया
३२. सन्देश केसी – सभापति,नेपाली जनसम्पर्क समिति, माल्टा
३३. सभापति चीन
३४. सभापति फिनल्याण्ड
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
बाकुमा आयोजित जलवायुसम्बन्धी सम्मेलनमा सहभागी भएर नेपाल फर्किए राष्ट्रपति पौडेल
कात्तिक ३०, २०८१ शुक्रबार
राष्ट्रपति पौडेल दोहाबाट काठमाडौंका लागि प्रस्थान
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिएर रवि लामिछानेलाई भैरहवाबाट पोखरा लगियो
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि
कात्तिक ३०, २०८१ शुक्रबार
वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार