झारफुकका नाममा यातना दिएर बालिकाकाे हत्या आरोपी ‘माता’ जेल चलान
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १२:५०:११
७ वैशाख, काठमाडौं । झारफुक गरेर बिसेक पारिदिने नाममा बालिकालाई यातना दिएर हत्या गरेको अभियोगमा पक्राउ परेकी ‘माता’लाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
रुपन्देहीको सैनामैना नगरपालिकामा करिब डेढ महिनाअघि माता भनिने सोनिया रेश्मीले बालिकालाई रोग निको पार्ने भन्दै झारफुकका नाममा चरम यातना दिँदा बालिकाको मृत्यु भएको थियो ।
जिल्ला अदालतले उक्त घटनाका मुख्य अभियुक्त सोनियालाई मुद्दाको अन्तिम टुंगो नलाग्दासम्मका लागि कारागार थुनामा राख्न बुधबार आदेश दिएको हो । उनीसँगै पक्राउ परेका अन्य ४ जनालाई धरौटी र १३ जनालाई साधारण तारेखमा रिहा गरेको छ ।
सैनामैना नगरपालिका–१० फुलबारी टोल निवासी १४ वर्षीया सीता ज्ञवालीको यातनाका क्रममा गत फागुन २० गते राति मृत्यु भएको थियो । घटना लगत्तै प्रहरीले मातासहित १८ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । मृत्यु भएकी सीताको राति कपिवस्तुको लक्ष्मणघाटमा दाहसंस्कार गरिएको थियो । तर २१ गते नै माताको चरम यातनाबाट सीताको मृत्यु भएको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको थियो ।
उक्त घटनामा प्रत्यक्ष संलग्न रहेकी माता भनिने सोनियासहित बाबु तारा ज्ञवाली र आमा लिला छिमेकी तथा आफन्त गरी १८ जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपअदालतले भन्यो, पशुपति गौशाला धर्मशालामा मारवाडी सेवा समितिको मोहियानी हक लाग्दैन
कात्तिक २९, २०८१ बिहिबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
बक्यौता छुट दिने मन्त्रिपरिषदको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
एनपीएलका आठ फ्रेन्चाइजीले विश्वकपमा छनोट यू-१९ महिला टिमलाई १० लाख पुरस्कार दिने
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटन प्रवर्द्धन गर्न लमजुङमा जगत तातोपानीकुण्ड महोत्सव
कात्तिक ३०, २०८१ शुक्रबार
दाङबाट नक्कली नोटसहित चार जना पक्राउ
कात्तिक ३०, २०८१ शुक्रबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिएर रवि लामिछानेलाई भैरहवाबाट लगियो पोखरा
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार