आमाको मुख हेर्ने दिन अन्धाअन्धी मन्दिरमा भक्तजनको घुँइचो
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १२:५०:१२
७ वैशाख, जलेश्वर । मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिनमा आज बिहानैदेखि महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको बगडा गाउँस्थित प्रसिद्ध ऐतिहासिक अन्धाअन्धी मन्दिरमा भक्तजनको घुइँचो लागेको छ ।
आमाबुवालाई भगवान्को स्वरुपको रूपमा लिइएमानिने सो स्थानमा आज आमाको मुख हेर्ने दिन भक्तजनको घुँइचो लागेको हो । जिल्लाको उत्तरपूर्व कुनामा धनुषा जिल्लासँग जोडिएको लोहारपट्टी नगरपालिकाको वडा नं १ बगडामा अवस्थित रामायणकालीन अन्धाअन्धी स्थल पौराणिक एवं धार्मिक महत्वको रहेकाले यहाँ हजारौँ महिला पुरुष दर्शनका लागि आएको स्थानीय रामकृष्ण यादवले बताए ।
द्वापर युगमा श्रवणकुमारका मातापिताले यसै स्थानमा राजा दशरथको शब्दभेदी वाण लागेर आफ्नो छोराको मृत्यु भएको सुनेपछि आफ्नो प्राण पनि त्याग गरेको किंबदन्ती छ । टाढा टाढाका दर्शनार्थीको ओइरो लाग्ने गरेकाले विगतका दिनमा यस स्थानमा दैनिक मेला लाग्ने गरेकामा आमाको मुख हेर्ने वा बुवाको मुख हेर्ने दिनमा भने अत्यधिक भीड हुने स्थानीयवासी हेमशङ्कर यादवले बताए ।
आजका दिन यस यस स्थानमा महोत्तरी, धनुषा, सर्लाही, सिरहा, सिन्धुलीलगायत भारतका पटनासम्मका मानिस दर्शनका लागि आउने गरेको अर्का स्थानीयवासी शिवचन्द्र यादवले बताए।
द्वापर युगमा श्रवणकुमारले तिर्खाएका आफ्ना अन्धाअन्धी आमाबुवालाई महोत्तरीको बगडास्थित यसै ठाउँमा राखेर तिर्खा मेटाउन नजिकैको महदैया तपनपुरको कमलदहमा पानी लिन गएको बेला राजा दशरथको शब्दभेदी वाण लागी उनको मृत्यु भएको थाहा पाएपछि ती बृद्ध दम्पतीले पनि यसै स्थानमा प्राण त्याग गरेका थिए ।
अन्धाअन्धीले प्राण त्याग गरेकाले यो स्थान अन्धाअन्धी स्थानको नामले चर्चित भएको र कालान्तरमा मन्दिर पनि बनाइएको थियो । पछिल्लो समय सम्बन्धित निकायको उदासिनताका कारण यस स्थानको संरक्षण सम्वद्र्धनका लागि कुनै पनि पहल हुन नसक्दा यो पौराणिक तथा एतिहासिक स्थल ओझेलमा पर्दै गएको स्थानीयवासीले आरोप लगाउँदै यो स्थललाई संरक्षण र सम्वद्र्धन गरी पर्यटकीयस्थलका रुपमा विकास गर्न सम्बन्ध निकायसँग जोडदार माग गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपजनकपुरधामबाट अयोध्या तिलकमा २५१ जना जाने
कात्तिक २९, २०८१ बिहिबार
गढीमाई मेला: 'नर बली' पछि मात्र हुन्छ पशु बली
कात्तिक २९, २०८१ बिहिबार
नयाँ धान प्रयोगमा ल्याइन ‘न्वागी’ पूजा गरिँदै
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
कात्तिक ३०, २०८१ शुक्रबार
सर्वोच्चमा रास्वपाका २० सांसदसहित केही नेताविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता, मंसिर ३ मा पेसी
कात्तिक २९, २०८१ बिहिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
सुप्रिम सहकारीको रकम अपचलनबारे बयान लिएर रवि लामिछानेलाई भैरहवाबाट लगियो पोखरा
कात्तिक ३०, २०८१ शुक्रबार
पर्यटकीयस्थल पुनहिलमा विद्युत् र खानेपानीको समस्या
कात्तिक ३०, २०८१ शुक्रबार
गण्डकीमा डेङ्गी सङ्क्रमणबाट आठ जनाले ज्यान गुमाए
कात्तिक ३०, २०८१ शुक्रबार
कांग्रेस सांसद बजगाईँविरुद्ध पर्यटन मन्त्रीले दिए संसदीय दल र अनुशासन समितिमा उजुरी
कात्तिक ३०, २०८१ शुक्रबार
आज सुनचाँदीको मुल्यमा सामान्य वृद्धि
कात्तिक ३०, २०८१ शुक्रबार