बारा-२ मा रोचक प्रतिस्पर्धा, चारै उम्मेदवारको बाजी मार्ने कसरत
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १४:४१:५८
७ वैशाख, बारा । बारा-२ को उपनिर्वाचनमा उम्मेदवारहरूबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ । जसपा अध्यक्ष उपेन्द्र यादव ५ दलीय गठबन्धनबाट उम्मेदवार बनेपछि यहाँको प्रतिस्पर्धा रोचक बनेको हो । नेकपा एमालेका पुरुषोत्तम पौडेलले जसपा अध्यक्ष यादवलाई कडा टक्कर दिएका छन् भने जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञवाली पनि प्रतिस्पर्धामा सँगै छन् ।
जसपा अध्यक्ष यादव र जनमतका कुशवाहाबीच मुख्य प्रतिस्पर्धा हुने ठानिएको यो क्षेत्रमा पौडेलले उम्मेदवारी दिएपछि चुनावी माहोल फेरिएको हो । ‘सुरुमा जसपा र जनमतबीच प्रतिस्पर्धा हुने आंकलन गरिएको थियो, पचरौता नगरपालिका पिपरपातीका भरत साहले भने, अब जनमत फेरिएको छ र एमालेका पौडेल ह्वात्तै अगाडि आएका छन ।’
उनले यसपटकको निर्वाचनमा मुख्य प्रतिस्पर्धा यादव र पौडेलबीच नै हुने बताए । जसपा र नेपाली कांग्रेसको बलियो जनाधार रहेको यस क्षेत्रमा पौडेलले पनि पकड बढाउँदै लगेका छन । गत मंसिरमा भएको आम निर्वाचनमा सो क्षेत्रबाट जसपाका रामसहायप्रसाद यादव विजयी बनेका थिए । उनले एमालेको सहयोगमा माओवादीका कुशवाहालाई ३५४ ले पराजित गरेका थिए ।
चुनावताका दल परिवर्तन गरिरहने चरित्रको कारण मतदातामा कुशवाहा विवादास्पद समेत बनेका छन । माओवादीबाट २०६४ को संविधान सभामा त्यसै क्षेत्रबाट जितेका कुशवाहा २०७० को चुनावमा पार्टीबाट टिकट नपाएपछि राजेन्द्र महतोको तत्कालीन सद्भावना पार्टीमा प्रवेश गरी उम्मेदवार बन्दा न्यून मत पाएर पराजित हुनुपरेको थियो । ०७४ सालमा नेकपाको तर्फबाट टिकट पाएपछि उनी फेरि माओवादीमा नै सक्रिय थिए । उक्त निर्वाचनमा जसपाका रामसहाय यादवले चुनाव जित्दा कुशवाह तेस्रो नम्बरमा पुगेका थिए ।
यादव समुदायको बाहुल्य रहेको यस क्षेत्रमा जातीय समीकरणले विगतमा चुनाव जित्दै आएकाले त्यो समुदायको मत तान्न उम्मेदवारहरु कसरतमा छन् । जसपा अध्यक्ष उपेन्द्र यादव समुदायको अधिकांश मत आफ्नो पक्षमा पर्ने र चुनाव जित्नेमा आशावादी देखिन्छन् तर उनी आफू यादव समुदायको मात्रै भर परेर चुनाव नलडेको उनको भनाई छ । यसपटक अत्याधिक मतका साथ चुनाव जित्ने उनको दाबी छ । तर दाबी विपरीत प्रचारको क्रममा उनले समुदायका अगुवा र सर्वसाधारणसँगको भेटघाटलाई तीव्र पार्दै आएका छन् ।
त्यसै गरी उनलाई जिताउन सप्तरी, सिराह, मोरङ्ग, सुनसरी र धनुषा लगायतका जिल्लाबाट आएका दर्जनौं अगुवाहरू अहिले क्षेत्र नम्बर २ मा देखिन्छन् । जसले गर्दा अन्य समुदायका मतदाता जसपा अध्यक्ष यादवसँग टाढिने खतरा छ र गैह्र यादव समुदायको मत पौडेलतर्फ जान सक्ने देखिन्छ । जसपा अध्यक्ष यादवले पनि आफ्नो निकटतम प्रतिस्पर्धिमा एमालेका पौडेल नै हुनसक्ने बताएका छन ।
०५१ सालमा क्षेत्र नम्बर बारा ३ बाट चुनाव जितेका पौडेल अहिले पनि यस क्षेत्रमा लोकप्रिय छन । ०४८, ०५१, ०५४ को संसदीय निर्वाचनमा ३ नम्बर ३ बाट चुनाव लड्दा साबिकको पिप्राढी, बडकी फुलबरिया, दक्षिण झिटकैया र पिपरपाती जब्दी गाविस हाल क्षेत्र नम्बर २ को देवताल गाउँपालिका र ३ नम्बरमै रहेको साविकको मझरिया, हर्दिया र सनफुलवा गाविसहरू पनि अहिले २ नम्बर क्षेत्रमा परेका छन । ३ वटै निर्वाचनमा लोकप्रिय मत पाए पनि पौडेल एकपटक मात्रै संसदमा निर्वाचित भएका थिए । संविधान सभाको निर्वाचनमा भने पौडेल क्षेत्र नम्बर ६ बाट विजयी बनेका थिए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार