विराटनगरमा खुल्ला रूपमा माछामासु बिक्री गर्न राेक लगाइँदै
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १५:१०:२८
७ वैशाख, विराटनगर । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रभित्र यही वैशाख १५ गतेदेखि खुला रुपमा माछा–मासु बिक्री वितरण गर्न निषेध गर्ने जनाएको छ ।
पशु बधशाला तथा मासु जाँच ऐन–२०५५ ले खुल्ला रूपमा पशुपंक्षीलाई बध गर्न र बिक्री वितरण कार्यमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । खुला रुपमा गरिने मासुजन्य वस्तुका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्नुका साथै बजारको सौन्दर्यकरणमा समेत ह्रास आएको महानगरको तर्क छ ।
प्रदेशको राजधानीसँगै कोशी प्रदेशको एकमात्रै महानगरपालिका भएकाले पनि विराटनगरलाई व्यवस्थित गर्नु जरुरी रहेको मेयर नागेश कोइरालाले बताए ।
विराटनगरभित्र प्रवेश गर्ने जोकोहीले आफू साँच्चिकै महानगरभित्र छिरेको महसुस उरुन् भन्ने उद्देश्यबाट महानगरले काम गरिरहेको उनले बताए । विराटनगर क्षेत्रलाई सफा, सुन्दर र व्यवस्थित बनाउने दायित्व सबैको उनको भनाइ छ ।
माछा–मासुको बिक्री वितरणलाई व्यवस्थित बनाउने महानगरको अभियानमा सहयोग पुर्याउन उनले महानगरवासीसँग आग्रहसमेत गरेका छन् ।
महानगरले सरसफाई, फुटपाथ नियन्त्रण, कर संकलन, नो पार्किङलगायतका अभियान जारी राखेको छ । यही वैशाख १५ गतेदेखि लागू हुनेगरी सार्वजनिकस्थल, खुल्ला ठाउँ, तोकिएको स्थान र क्षेत्रका साथै व्यवस्थित पसलहरूमा बाहेक पशुपंक्षी बध गर्न निषेध गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले बताए ।
यसबाट साप्ताहिक हाटबजारका साथै सडक छेउछाउ र चोकहरूमा खाट, टेबल, प्लाष्टिक ओछ्याएर भुइँमा राखेर खुल्ला रूपमा माछामासु बिक्री गर्न रोक लाग्नेछ ।
महानगरको निर्णय कार्यान्वयनमा बाधा पु्रयाउने र अटेर गरेर खुल्ला ठाउँमा माछामासु बिक्रीवितरणका साथै पशुपंक्षी बध गरेको पाइएमा कडा कारबाही गरिने उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकोशी प्रदेशमा पनि बन्यो दुई दलीय संयन्त्र
कात्तिक २८, २०८१ बुधबार
मानव बेचबिखनको अनुसन्धानबाट जोगिन पूर्वमन्त्री अधिकारीका चलाखीपूर्ण हर्कत
कात्तिक २४, २०८१ शनिबार
ताप्लेजुङको पाथीभरा जाने केबलकार निर्माणका विषयमा विवाद हुँदा दुई पक्षबीच झडप
कात्तिक २३, २०८१ शुक्रबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार