१५ दिनभित्र माग पूरा नभए फोहोरको ढुवानी रोक्ने चेतावनी
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १५:१८:१३
७ बैशाख, काठमाडौं । सिंहदरवार र राष्ट्रपति कार्यालयको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाको अन्य दुई स्थानीय तहले काठमाडौंबाट सिसडोल डम्पिङ साइडमा जाने फोहोर ढुवानी नै रोक्ने चेतावनी दिएका छन् नुवाकोट र धादिङका स्थानीय तहका जनप्रतिनिधिले काठमाडौं उपत्यकाको फोहोरको ढुवानी रोक्ने चेतावनी दिएका हुन् ।
आफूहरूका माग १५ दिनभित्र पूरा नभए फोहोरको ढुवानी रोक्ने उनीहरूको चेतावनी छ । नुवाकोटको ककनी गाउँपालिकाका अध्यक्ष र धादिङको धुनिबेँसी नगरपालिकाका प्रमुखले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा गर्न दबाब दिएका हुन् । माग पूरा नभए दुवै स्थानीय तहको कार्यपालिका बैठकबाट निर्णय गरी फोहोरको ढुवानी बन्द गराइने विज्ञप्तिमा उल्लेख छ ।
यसअघिको सम्झौता कार्यान्वयन गर्नुपर्ने, न्यून प्रभाव पर्ने गरी फोहोरमैला व्यवस्थापन गर्नुपर्ने, फोहोर व्यवस्थापनस्थल सिसडोल र बन्चरेडाँडाको ईआईएका बारेमा जानकारी गराउनुपर्ने, बन्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्नेलगायत माग गरिएको छ ।
विज्ञप्तिमा ककनीका अध्यक्ष सुमन लामा र धुनिबेँसीका प्रमुख बालकृष्ण आचार्यले हस्ताक्षर गरेका छन् । यही वैशाख ५ गतेको मिति उल्लेख विज्ञप्ति बिहीबार सार्वजनिक गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार