पहिचान बनाउन्जेल कांग्रेस ठिक, बनेपछि बेठिक ?: महामन्त्री शर्मा
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १५:४८:४
७ बैशाख, तनहुँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसबाट पहिचान बनाएकाहरुले कांग्रेसलाई भुल्न नहुने बताएका छन् । नेपाली कांग्रेस तनहुँले आज व्यास नगरपालिका–३ मा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले कांग्रेसबाट अवसर लिनेहरु नै अहिले कांग्रेसलाई भुलेको आरोप लगाए ।
उनले भने, ‘कांग्रेसबाट अवसर लिएकाहरुले नै आज कांग्रेसले के दियो भन्ने गरेको सुनिँदै आएको छ । आज मातातीर्थ औँसी पनि हो, जसले पहिचान र अवसर दियो त्यो पनि आमा सरह नै हो ।’
महामन्त्री शर्माले आमालाई एक दिनमात्र नभइ सधैँ सम्मान गर्नुपर्ने बताए । एकदिन सम्मान गरी फोटो खिचाउँदैमा आमाप्रति सम्मान हुँदैन, आमा त भगवान हुन् सधैँ सम्मान गर्नुपर्छ,उनले भने ।
महामन्त्री शर्माले गोविन्द भट्टराईले तनहुँ छाडेर अन्यत्रबाट पनि टिकट पाउँदा विगतमा अन्य क्षेत्र जान नमानेको चर्चा गर्दै भने, ‘उहाँलाई अन्यत्रबाट पनि चुनाव लड्न आग्रह गरिएको हो, तर उहाँले जन्मभूमि छाडेर अन्यत्र जान्न, जहिले टिकट पाउँछु त्यहीबेला लड्छु भनेर बस्नुभएको हो । उहाँमा मातृभूमिप्रति सम्मान छ ।’
महामन्त्री शर्माले संसद् नहुँदा पनि भट्टराईले यहाँका जनताका लागि धेरै काम गरेको चर्चा गर्दै अब संसद्मा पुर्याएर उहाँमा विकासप्रतिको काम गर्ने चाहनालाई पूरा गर्ने बेला आएको बताए ।
सो अवसरमा उम्मेदवार भट्टराईले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए संसद्मा आमा, दिदीबहिनीको हकहितका लागि आवाज उठाउने प्रतिबद्धता जनाए । भट्टराई आफ्नो जन्मभूमिको सेवाका लागि सदैव क्रियाशील रहने बताउँदै उनले एकपटक काम गर्ने अवसर प्रदान गर्न आग्रह गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार