मेयर राईको निर्देशनः ‘बैठक बहिष्कार गर्ने वडाध्यक्षहरुले तत्काल राजीनामा दिएर बाटो खुला गर्नुस्’
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १५:५८:४५
७ वैशाख, काठमाडौं । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले कार्यपालिकाको बैठक बहिष्कार गर्ने पालिका सदस्य एवं वडाध्यक्षहरूलाई तत्काल पदबाट राजीनामा दिएर बाटो खुला गर्न निर्देशन दिएका छन् ।
उनले सदस्यहरुले पटक–पटक कार्यापालिका बैठक बहिष्कार गरेर पालिकाको विकास योजना र निर्माण कार्यलाई प्रभावित तुल्याउने भएको र यसबाट धरानवासीको उद्देश्यमा ठेस पुगेको भन्दै उनीहरुलाई तत्काल राजीनामा दिन बिहीबार एक विज्ञप्ति जारी गरेर निर्देशन दिएका छन् ।
‘कसैले ‘म बैठक बस्दिन’ भन्न पाइँदैन त्यसैले कर्तव्य पुरा नगरेको र जनताको काम गर्न असक्षम भएको घोषणा गर्दै बैठक बहिष्कार गर्ने जति सबैले नैतिकताको आधारमा तुरुन्तै राजीनामा दिएर बाटो प्रशस्त बनाई आम धरानबासी जनता र लोकतन्त्रलाई सहयोग गर्न अनुरोध छ’ मेयर राईले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
वडाहरूमा के–कस्ता योजना, कार्यक्रम सम्पन्न भए भन्ने जानकारी मागेको कुरालाई असहमति राखिरहनु पर्ने कुनै कारण नभएको र यसबाट कामकारवाहीबारे सूचना पाउने अधिकारको समेत उल्लंघन भएको उनको तर्क छ ।
उपमहानगरपालिकाको बैठक संचालन कार्यविधि २०७४ विपरीत कुन एजेण्डामा कसले कति समय बोल्ने भन्नेबारे समय निर्धारणा गर्न पाउने मेयरको निर्देशन नमान्ने र ‘बोल्छु के गर्छस्’ भनेर बैठकमा सदस्यहरुले भाँडभैलो मच्चाएको आरोप उनको छ । वडाध्यक्षहरु पालिका सदस्य हुने व्यवस्था छ । पालिकाको बैठकमा उपस्थित हुनु कसैको चाहना र रहर नभएको बताउँदै उनले बैठकमा उपस्थित हुने कुरा निर्वाचित जनप्रतिनिधिहरुको बाध्यकारी कर्तव्य भएको उल्लेख गरेका छन् । उनले बैठक बहिष्कार गर्नेहरुको कार्यप्रति खेत समेत प्रकट गरेका छन् ।
वडाहरुमा के कस्ता, के कति काम भएका छन् तुरुन्तै सार्वजनिक गर्न वडाध्यक्षहरुलाई निर्देशन पनि दिएका छन् । उनले बैठक बस्दिन भन्न नपाइने स्पष्ट पार्दै कर्तव्य पूरा गर्न नसकेको र जनताको काम गर्न असक्षम भएको घोषणा गरेर नैतिकताको आधारमा पदबाट राजीनामा दिन भनेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्याङ्जामा गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा
कात्तिक २८, २०८१ बुधबार
चिसो बढेपछि सुनसान ‘बुकीपाटन’
कात्तिक २८, २०८१ बुधबार
आज देशका अधिकांश भागमा मौसम सफा रहने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार