जलविद्युतमा लगानी बढाउन अध्यक्ष ढकालको आग्रह, सहजीकरण गर्न महासंघ तयार
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १७:२:०
७ वैशाख, काठमाडों । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको जलविद्युत उत्पादनको प्रचुर सम्भावनालाई यथार्थमा परिणत गर्न निजी क्षेत्रको तर्फबाट महासंघले सहयोग गर्न तयार रहेको बताएका छन् ।
राजधानीमा मंगलबारदेखि सुरु भएको ऊर्जा सम्मेलनको समापन कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना रहेको र पछिल्लो समय लगानीको वातावरणमा पनि सुधार हुँदै गएकोले यसलाई अवसरको रुपमा लिँदै नेपालमा लगानी बढाउन ऊर्जा क्षेत्रका लगानीकर्ताहरुलाई आग्रह गरे ।
“नेपालमा जलविद्युतलगायत अन्य ऊर्जा उत्पादनको प्रचुर सम्भावना रहेको छ । सरकारको नीति र प्राथमिकता पनि लगानी सहजीकरण गर्ने नै छ । हामीसँग नव उदीयमान विश्वका ठूला अर्थतन्त्रहरू छिमेक मै छन् । त्यहाँको बढ्दो बजार र मागलाई सम्बोधन हुने गरी नेपालमा लगानी ल्याउनुहोस् । निजी क्षेत्रको तर्फबाट हामी तपाईँलाई सहजीकरण र सहयोग गर्न तयार छौँ,” उनले भने ।
नेपालले गत वर्ष भारतमा विद्युत निर्यात गरी ११ अर्ब रुपैयाँ आर्जन गरेको बताउँदै उनले बंगलादेशको बजारका लागि पनि सरकारी तहबाट सकारात्मक कुराकानी भइरहेको बताए ।
उनले नेपाल सरकार तथा अन्य सरोकारवालाहरुलाई समेत लगानी बढाउन सहजीकरण गर्न र लगानीको लागि थप वातावरण बनाउन आग्रह गरेका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपतराई क्षेत्रमा बाक्लो हुस्सु, उडान प्रभावित
मंसिर २५, २०८१ मंगलबार
हेटौंडास्थित विद्युत् प्राधिकरणको जिन्सी शाखाबाट कर्मचारीले ७ करोडका सामान गायब बनाए
मंसिर २०, २०८१ बिहिबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
दुर्गा प्रसाईंलाई धरौंटीमा रिहा गर्न अदालतको आदेश
मंसिर २७, २०८१ बिहिबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार