नाै महिनाको व्यापार घाटा १० खर्ब ८३ अर्ब
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १८:३५:३६
![](https://nepalbahas.prixacdn.net/media/albums/revenue_dprt_9dc1RwoL0s_ymCdthPmep.png)
७ वैशाख, काठमाडौं । मुलुकले चालु आर्थिक वर्ष २०७९÷०८० को ९ महिनामा (चैत मसान्तसम्म) व्यापारघाटा व्यहोरेको छ । यो अवधिमा नेपालले कुल १३ खर्ब १९ अर्ब रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको भन्सार विभागको तथ्यांक छ ।
यसमा १२ खर्ब १ अर्ब ५० करोड ८९ लाख ९१ हजार रुपैयाँको वस्तु आयात गरेको छ । निर्यात जम्मा १ खर्ब १८ अर्ब २७ करोड ९९ लाख ६२ हजार रुपैयाँ रहेको देखिएको छ ।
तथ्यांकले ९ महिनाको अवधिमा नेपाललाई १० खर्ब ८३ अर्ब २२ करोड ९० लाख २९ हजार व्यापार घाटा भएको छ देखाउँछ । यो घाटा गत आर्थिक वर्षको ९ महिनाको तुलनामा १७ दशमलब प्रतिशतले कमी हो । साथै आयात पनि गत आर्थिक वर्षको यसै अवधिको तुलनामा १८ दशमलब ८ प्रतिशतले कमी आएको देखिएको छ ।
सबैभन्दा आयात पेट्रोलियम पदार्थ भएको देखिन्छ । यो अवधिमा पेट्रोलियम पदार्थ २ खर्ब ६१ रुपैयाँको आयात गरिएको छ । गत फागुन मसान्तसम्ममा १० खर्ब ५८ अर्ब ३८ करोड रुपैयाँ बराबरको वस्तु आयात भएकोमा चैत मसान्तसम्ममा १२ खर्ब १ अर्ब ५० करोड रुपैयाँ पुगेको छ । चैतमा मत्रै १ खर्ब ४३ अर्ब १२ करोड ३४ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको तथ्यांकले देखाउँछ ।
निर्याततर्फ यो अवधिमा पाम तेल र प्रशोधित तेलबाट २६ अर्ब, चिया–कफीबाट १० बढी, कार्पेटबाट ९ अर्ब रुपैयाँ भित्रिएको देखिन्छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपओली सरकारका सात महिनाः आयव्यय दुवै कमजोर
फागुन २, २०८१ शुक्रबार
सात महिनाको आर्थिक तथ्यांक हेर्दा पुँजीगत खर्च र राजश्व संकलनमा फेल भए अर्थमन्त्री पौडेल
फागुन २, २०८१ शुक्रबार
जनवरीमा विश्वव्यापी खाद्यान्नको मूल्य घट्यो
माघ २६, २०८१ शनिबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
बन्दीपुर–६ का सचिव कुट्ने वडाध्यक्ष पक्राउ
फागुन ५, २०८१ सोमबार
प्रतिनिधिसभाबाट ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित
फागुन ५, २०८१ सोमबार
प्रधानमन्त्री ओलीद्वारा टरिगाउँ विमानस्थल अवलोकन
फागुन ५, २०८१ सोमबार
३ थान भरुवा बन्दुकसहित दुई जना पक्राउ
फागुन ५, २०८१ सोमबार
‘प्रहरी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
फागुन ५, २०८१ सोमबार