सिटिजन्स बैंक १५ लाख ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल
नेपालबहस संवाददाता
बैशाख ७, २०८० बिहिबार १८:३८:९
७ वैशाख, काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले १६ वर्ष पूरा गरी १७ वर्षमा प्रवेश गरेको छ । यस १६ वर्षको अवधि पार गरिसक्दा बैंकले करिव १५ लाख ५५ हजार ग्राहकहरुलाई वित्तीय सेवा प्रदान गर्न सफल भएको छ । सातवटै प्रदेशमा फैलिएको १८२ वटा शाखाहरु मार्फत चालु आर्थिक बर्षको तेस्रो त्रैमासिकसम्ममा बैंकको कूल निक्षेप करिव रु १ खर्व ६२ अर्व रहेकोमा कर्जा तर्फ रु १ खर्व ४३ अर्व रहेको छ र यसै अवधिमा करिव रु १ अर्व २४ करोड खुद मुनाफा गर्न सफल भएको छ ।
बैंकले १६औं बार्षिकोत्सवको अवसरमा बैशाख ७ गते बिहानै सातवटै प्रदेशमा करिव ९४२ जनाको सहभागितामा प्रभातफेरी कार्यक्रमआयोजना गरेको छ जसबाट जनमानसमा वित्तीय ज्ञानको समेत अभिमुखिकरण हुने अपेक्षा बैंकले लिएको छ । साथै संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बैंकले 'रक्तदान नै जिवनदान' भन्ने नारालाई सार्थक बनाउदै रगतको आवश्यकता र खड्किरहने अभावलाई केहि हद सम्म भए पनि पुरा होस् भन्ने अभिप्रायका साथूनेपाल रेडक्रस सोसाईटीू संगको सहकार्यमा सातवटै प्रदेशका कूल २७ स्थानबाट करिब ७२६ जना रक्तदाताको सहभागीतामा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।
साथै यसै अवसरमा कोशी प्रदेश अन्तर्गत धरान शाखाले विराट मेडिकल कलेजको सहकार्यमा रेलवे चोक धरानमा निःशुल्क स्वास्थ्य शिविर समेत संचालन गरेको छ । शिविरमा करीब १५० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गर्नुका साथसाथै आवश्यक औषधीहरु समेत निःशुल्क वितरण गरेको छ ।
बैंकले स्थापना काल देखिनै संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक रूपान्तरण तथा सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिक आदि जस्ता क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउनका निम्ति काम गर्ने संघ संस्थाहरुलाई सहयोग गर्दै आइरहेकोमा स्नो याक फाउन्डेशन (Snow Yak Foundation)लाई १,००,००० (अक्षररुपी एक लाख मात्र) आर्थिक सहयोग उपलब्ध गराएको छ । बैंकले आगामी दिनहरुमा अझै उच्चस्तरिय सेवा प्रदान गर्ने प्रतिबद्धता जाहेर गर्दछ ।
ग्राहकको सुविधालाई सदैव केन्द्रविन्दुमा राखेर काम गर्ने क्रममा नेपालका विभिन्न सेवा प्रदायकहरुसँग सहकार्य गर्दै आएको यस बैंकले हालसालै भारतको मेदान्त मेडिसिटि अस्पतालसँग पनि बैंकका कार्डवाहकहरुलाई अस्पतालको सेवा शुल्कमा १५५ सम्म छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । साथै बैंकले डिजिटल बैकिङलाई उच्च प्राथमिकतामा राख्दै आफ्ना ग्राहकमहानुभावहरुको सहजताका लागि कार्ड लेस क्यास विथड्रल (Cardless Cash Withdrawal) सेवा एवं Kiosk सेवामार्फत ग्राहकहरुले आफ्नो बैंक खाताको विवरण हेर्ने, बैंक खाताको स्टेटमेन्टप्रिन्ट गर्ने, क्लियरिङ्ग चेक डिपोजिट गर्ने जस्ता सेवा बैकका कर्मचारीको सहयोगबिनानै प्राप्तगर्न सक्ने सुविधा सञ्चालनमा ल्याइसकेको छ ।
नयाँ प्रविधिलाई आत्म साथ गर्नुका साथै ग्राहकहरुको अमूल्य समयको सदुपयोगलाई उच्च प्राथमिकतामा राखी वित्तीय सेवाहरु प्रदान गर्ने उद्देश्यका साथ बैंकमा उपस्थित भई के.वाई.सी.=(KYC) अध्यावद्यिक गर्ने बाध्यतालाई अन्त्यगर्दै ई.के.वाई.सी. =(E-KYC) सेवा समेत सञ्चालनमा ल्याईसकेको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले कर्मचारीको सहयोग बिना नै सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने साथै डिजिटल बैंकिङ्ग सभ्यताको समेत विकास हुने विश्वास बैंकले लिएको छ । आगामीदिनमा डिजिटल बैकिङ सेवाको विकासमा बैंक अझै सशक्त रूपमा प्रस्तुत हुने लक्ष्य बैंकले लिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपग्राहकहरूलाई स्थायी लेखा नम्बर अद्यावधिक गर्न एनआईसी एसिया बैंकको अनुरोध
कात्तिक २६, २०८१ सोमबार
सिटिजन्स बैंक र लेमन ट्री प्रिमियर बीच समझदारी
कात्तिक २३, २०८१ शुक्रबार
११.११ अभियानको लागि सिटिजन्स बैंक र दराजबीच सम्झौता
कात्तिक २२, २०८१ बिहिबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार