आजबाट मौन अवधि सुरु, सामाजिक सञ्जालवाट पनि मत माग्न निषेध
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार ७:३६:०
८ वैशाख, काठमाडौं । निर्वाचन आयोगले १० वैशाखमा हुने उपनिर्वाचनका लागि आजवाट प्रचारप्रसार गर्न रोक लगाएको छ । बिहीबार मध्यराति १२ बजेदेखि १० वैशाखसम्म मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहने आयोगका प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । १० वैशाखमा बारा–२, चितवन–२ र तनहुँ–१ मा प्रतिनिधिसभा सदस्य पदका लागि उपनिर्वाचन हुँदै छ ।
अर्यालले भने, ‘प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०८० का लागि निर्वाचन आयोगबाट जारी भएको निर्वाचन आचारसंहिता, २०७९ कार्यान्वयन भइरहेको अवगत नै छ । उपननिर्वाचनका लागि आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले दिएको अधिकार प्रयोग गरी २०७९ चैत २४ गतेदेखि जारी गरेको सो निर्वाचन आचारसंहिता, २०७९ मा निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी आयोगको तयारीछ ।’
भयमुक्त वातावरणमा सम्पन्न गर्न मतदान हुने दिनको अघिल्लो ४८ घण्टादेखि मतदानको दिन मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसार निषेधको अवधि लागु हुने व्यवस्था गरिएको छ । उक्त व्यवस्थाबमोजिम आज मिति २०८० वैशाख ७ गतेको राति १२ बजेदेखि वैशाख १० गते मतदान केन्द्र बन्द नभएसम्म प्रचारप्रसार निषेधको अवधि कायम रहनेछ ।
आयोगले निर्वाचन (कसुर तथा सजाय) ऐन, ७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम उक्त अवधिमा निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तक्र्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने भनेको छ ।
मत माग्न, एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सञ्जालबाट मत माग्न निषेध गरिएकाले सम्बन्धित सबैमा स्मरण गराइन्छ । साथै, निर्वाचन आचारसंहिताविपरीत वक्तव्य दिन, प्रेस विज्ञप्ति निकाल्न, प्रकाशन तथा प्रसारण गर्न, सञ्चारमाध्यमबाट जित वा हारको पूर्वानुमानका सामग्री प्रसारजस्ता कार्य नगर्न÷नगराउन आयोगको निर्देशन छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमाओवादीको ओरालो यात्रा सकिएर अब उकालो यात्रा सुरु भयो : प्रचण्ड
कात्तिक २८, २०८१ बुधबार
राष्ट्रपति पौडेलद्वारा किर्गिस्तानले आयोजना गरेको उच्चस्तरीय सत्रलाई सम्बोधन
कात्तिक २८, २०८१ बुधबार
कीर्तिपुरमा एकीकृत समाजवादीले माओवादीलाई सघाउने
कात्तिक २८, २०८१ बुधबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
नेपालबहस संवाददाता
कात्तिक २८, २०८१ बुधबार
वन मन्त्रालयमा अख्तियारको पत्र, कोप–२९ मा सहभागीको मन खिन्न
कुसुम सेञ्चुरी
कात्तिक २६, २०८१ सोमबार
सीआईबीमा धनराजको बयानः 'सहकारीले श्रीमति, घर र इज्जत पनि लग्यो, ऋण पनि बोकायो'
कात्तिक २८, २०८१ बुधबार
निर्मला पन्त बलात्कार प्रकरण: तीन जना सहभागी चिन्छु भन्ने को हुन गोर्खाका नवराज अर्याल ?
कात्तिक २८, २०८१ बुधबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
रविको दोस्रो दिनको बयान ८ घण्टामा सकियो, भोलि पुन: बयान लिइने
कात्तिक २८, २०८१ बुधबार
झापामा दिउँसै जङ्गली हात्ती गाउँ पस्न थालेपछि गाउँले त्रसित
कात्तिक २८, २०८१ बुधबार
नेपाल ताजिकिस्तानसँग ४-० गोल अन्तरले पराजित
कात्तिक २८, २०८१ बुधबार
सर्वाधिक कमाउने नेपाली फिल्म बन्यो 'पूर्णबहादुरको सारङ्गी’
कात्तिक २८, २०८१ बुधबार
नेपाली यू-१९ महिला टिम विश्वकपसँगै एशिया कपमा छनोट, भारत र पाकिस्तानको समुहमा
कात्तिक २८, २०८१ बुधबार
युएईमाथि ऐतिहासिक जित निकाल्दै नेपाल विश्वकपमा छनोट
कात्तिक २८, २०८१ बुधबार