आजदेखि नेपालगन्जमा ‘फोटो फेस्टिवल’ सुरु
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १०:५८:१३
८ वैशाख, खजुरा । बाँकेको नेपालगन्जमा ‘फोटो फेस्टिवल’को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ । यहाँस्थित होटल बाटिकामा अन्तरालको आयोजनामा गरिएको उक्त फोटो प्रदर्शनीमा ‘देशभरबाट प्राप्त भएका मध्ये उत्कृष्ट फोटो छनोट गरी राखिएका छन् ।
फोटो पत्रकार विकास कार्कीका अनुसार आजै विधागतरूपमा उत्कृष्ट फोटो र वर्ष फोटो घोषणा गरिनेछ । कार्कीको नेतृत्वमा फोटो पत्रकार क्लबकी अध्यक्ष श्रुति श्रेष्ठ र वरिष्ठ फोटोग्राफर रमेश मल्ल सदस्य रहेको निर्णायक मण्डलले प्रदर्शनीका लागि फोटो छनोट गरेको हो ।
विभिन्न नौ विधाका उत्कृष्ट फोटो तथा एउटा सर्वोत्कृष्ट फोटो छनोट गरी ती फोटो कैद गर्नेलाई नगद पुरस्कार प्रदान गरिने अन्तरालका प्रमुख जयनारायण शाहले बताए । बाँकेको विविध पक्ष झल्कने गरी नेपालगन्ज ग्यालरीसँगको सहकार्यमा फोटो प्रदर्शनी गरिएको हो । फेस्टिवलका क्रममा फोटोग्राफी कार्यशाला, अन्तक्र्रिया र फोटोग्राफी टूरको समेत आयोजना गरिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनयाँ वर्षमा बन्दीपुरमा सडक खाना महोत्सव हुने
चैत १५, २०८० बिहिबार
महोत्सवका मुख्य आकर्षण आदिवासी जनजातिका घर
चैत १४, २०८० बुधबार
शुक्लाफाँटा पर्यटन महोत्सव हुने
चैत ५, २०८० सोमबार
८ सय ७७ प्रहरी काजबाट फिर्ता
चैत १५, २०८० बिहिबार
आईजीपी परिर्वतनको तयारीमा गृहमन्त्री लामिछाने, पुग्ला त चलाउनेको भविष्यवाणी ?
चैत १५, २०८० बिहिबार
सरकारले तोक्यो चैते धानको समर्थन मूल्य
चैत १५, २०८० बिहिबार
‘बिराट गोल्ड कप फुटबल’ काे मुख्य प्रायोजनमा एनआईसी एशिया बैंक
चैत १५, २०८० बिहिबार
स्काउटको जग्गा कब्जामा गृहमन्त्रीको चासो, मन्त्रालयमा आयुक्तसँग छलफल
चैत १५, २०८० बिहिबार
कोशी प्रदेशले आगलागी पीडित सन्थाल समुदायका लागि स्थायी घर निर्माणमा पहल गर्ने
चैत १५, २०८० बिहिबार
सादा पोशाकमा प्रहरी परिचालन नगर्न हेडक्वार्टरको पत्र
चैत १५, २०८० बिहिबार