ऊर्जाको पहुँच विस्तारमा निजी क्षेत्रको भूमिका महत्वपूर्णः मन्त्री बस्नेत
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार ११:३४:२२
८ वैशाख, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकमा राष्ट्रिय प्रसारण लाइन पुग्न नसक्ने क्षेत्रमा नवीकरणीय ऊर्जा प्रविधिको माध्यमबाट ऊर्जाको पहुँच पुर्याउने बताएका छन् । यसनिम्ति निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए ।
नेपाल नवीकरणीय ऊर्जा परिसंघका अध्यक्ष गुणराज ढकालसहितको टोलीसँगको भेटमा मन्त्री बस्नेतले नवीकरणीय ऊर्जा प्रविधिको उपयुक्त प्रवर्द्धन र विकासका लागि सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको मन्त्री बस्नेतले बताए ।
परिसंघ र भारतको सौर्य ऊर्जा विकास संस्था एकापसमा अनुभव, प्राविधिक क्षमता र पुँजी व्यवस्थान गरी दुवै पक्षलाई लाभ हुने गरी समझदारी हुन लागेकोमा मन्त्री बस्नेतले खुसी व्यक्त गरे ।
सो अवसरमा ग्रामीण जनजीवनलाई आर्थिक तथा सामाजिकरुपमा उत्थान गर्न देशमा नै उपलब्ध सीप तथा पुँजी परिचालन गर्दै नवीकरणीय ऊर्जा प्रविधिको विकास तथा उपयोग गर्नुपर्ने, संघीय सरकारले निर्धारण गर्ने कार्यक्रम निजी क्षेत्र मैत्री र उपभोक्तालाई अत्यधिक लाभ हुने गरी ऊर्जा प्रविधिकाे विकास गर्नुपर्ने सुझाव दिइएकाे छ ।
साथै, मिश्रित ऊर्जाको अवधारणा तथा साना तथा घरेलु उद्योग, कृषिका लागि पनि नवीकरणीय ऊर्जा प्रविधिलाई प्राथमिकता दिन परिसंघको तर्फबाट सुझाव प्रस्तुत गरिएको थियो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपसाढे १७ करोड अमेरिकी डलर लगानीमा मनाङ मर्स्याङ्दी जलविद्युत् आयोजनाको निर्माण सुरु
मंसिर ८, २०८१ शनिबार
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनको बिजुली
मंसिर ८, २०८१ शनिबार
रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
मंसिर १०, २०८१ सोमबार
कोशीका पूर्वमन्त्री अधिकारीमाथि मानव बेचबिखनको कारवाही नहुने, ११ जनाविरूद्ध मुद्दा दर्ता
मंसिर १०, २०८१ सोमबार
सीप र रोजगारीलाई जोड्न चन्द्रागिरिद्वारा युवालाई ‘डिजिटल’ तालिम
मंसिर ११, २०८१ मंगलबार
अदालतको अपहेलनासम्बन्धी रास्वपाका नेताविरुद्धको रिट न्यायाधीशद्वय शर्मा र निरौलाको इजलासमा
मंसिर ११, २०८१ मंगलबार
सुर्खेत–जुम्ला सडकखण्डको दृश्य
मंसिर ११, २०८१ मंगलबार
फोक्सुण्डो ताल किनारा रहेको गुम्बा
मंसिर ११, २०८१ मंगलबार
तारापुरको बारीमा बसेका कोटेरो मुनियाँ चरा
मंसिर ११, २०८१ मंगलबार
राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकले निक्षेप लिन र कर्जा दिन नपाउने
मंसिर ११, २०८१ मंगलबार