बारपाकमा फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ
![नेपालबहस संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_T3X4AROp05.jpeg
)
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार ११:५७:३३
![](https://nepalbahas.prixacdn.net/media/albums/mobile_sMIZCCHAqO_GqdvTPfsBB.png)
८ वैशाख, गोरखा । गोरखाको पर्यटकीय क्षेत्र बारपाकमा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । करिब एक हजार चार सय परिवारको बसोबास रहेको बारपाक क्षेत्रमा दुई सातादेखि टेलिकमको नेटवर्कमा समस्या आएको हो ।
स्थानीयवासी सुकबहादुर गुरुङका अनुसार नेटवर्कमा समस्या आएपछि फोन गर्न र इन्टरनेट चलाउन कठिनाइ भएको छ । उहाँले भन्नुभयो, “फोन लाग्दैन, टावर पनि देखाउँदैन, इन्टरनेट चलाउन डाटा नचल्ने समस्या छ ।” स्थानीयवासीले सञ्चार सम्पर्कका लागि हैरानी खेप्नुपरेको छ ।
नेपाल टेलिकम गोरखा शाखाका प्रमुख सरोज अर्यालले बारपाकमा रहेको टेलिकमको टावरमा बिद्युत्को भोल्टेज नपुग्दा नेटवर्कमा समस्या आएको बताए । समस्या समाधान गर्न त्यहाँ रहेको टेलिकमको टावरमा केन्द्रीय प्रसारण लाइनको थ्री फेज लाइनको मिटर जडान गर्न कार्यालयले आवश्यक पहल गरिरहेको उनले बताए ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपचीनले समुद्रको ६,५६० फिट मुनी बनाउन थाल्यो ‘डिप सि स्टेशन’
फागुन ६, २०८१ मंगलबार
जोन म्याकफल विश्वको पहिलो अपाङ्गता भएका अन्तरिक्ष यात्री बन्ने
फागुन ४, २०८१ आइतबार
चन्द्रयानः३ को नयाँ खोज, चन्द्रमाको उमेर ३.७ अर्ब वर्ष रहेको खुलासा
माघ २९, २०८१ मंगलबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
७१ जना उपसचिवको सरुवाः नामावलीसहित
नेपालबहस संवाददाता
फागुन ४, २०८१ आइतबार
सुडानमा तीन दिनसम्म चलेको अर्धसैनिक हमलामा २०० भन्दा बढीको मृत्यु
फागुन ६, २०८१ मंगलबार
साउदी अरबमा अमेरिका–रुस वार्ता सुरु, युक्रेनलाई स्थान छैन
फागुन ६, २०८१ मंगलबार
च्याम्पियन्स ट्रफी : २९ वर्षमा पहिलोपटक ठूलो प्रतियोगिता आयोजना गर्दै पाकिस्तान
फागुन ६, २०८१ मंगलबार
रिंकुकुमारी मृत्यु प्रकरणको अनुसन्धान गर्न मधेश सरकारले बनायो एसएसपीको नेतृत्वमा समिति
फागुन ६, २०८१ मंगलबार
सहकारी ठगी प्रकरणः धरौटीमा रिहा भएका रवि लामिछाने तारेखका लागि धाइरहेका छन अदालत
फागुन ६, २०८१ मंगलबार