बिग मर्जमा गएका ठूला बैंकको खराब कर्जा अधिक, सबैभन्दा बढी कुमारी बैंकको, वितरण योग्य मुनाफामा ठूलो गिरावट
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १२:६:५४
८ बैशाख, काठमाडौं । लिजेण्ड बैंकर परशुराम कुँवर क्षेत्रीले बैंक तथा वित्तीय संस्थाहरुको त्रैमासिक वित्तीय विवरण अन्तरगतको “Statement of Distributable Profit or Loss” फर्मेटमा प्रकाशित गर्न पर्नेमा केही बैंकहरुले पुरानै फर्म्याटमा प्रकाशित गरेको सार्वजनिक गरेपछि हरेक तीन तीन महिनामा प्रकाशित हुने वित्तीय विवरण माथि गम्भीर आशंका उत्पन्न भएको छ ।
बैंकर कुँवरले थप प्रश्न उठाउँदै लेख्छन् “Total Distributable Profit or (Loss) as on Qtr end date” मा देखाईने अंक Balance Sheet अन्तर्गतको Retained Earning सँग tally हुन पर्ने हो, कतिपय बैंकहरुको मिलेको छैन। कतिपय बैंकहरुको त कहिल्यै मिल्दैन ।” दर्जनौ चार्टर्ड एकाउण्टेन्टहरु राखेर निकालिने बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय विवरणमा देखिएको यो अराजकता र लापरबाहीका बाबजुद राष्ट्र बैंकले किन अनदेखा गरिरहेको छ भन्ने प्रश्न उब्जिएको छ ।
चालु आर्थिकको चैत सम्ममा २१ वाणिज्य बैंकहरुको कुल मुनाफा ४८ अर्ब माथि पुगे पनि बिग मर्जरमा गएका बैंकहरुको खराब कर्जा भने घट्न सकेको छैन् । यो अवधिमा नबिल बैंकले सबैभन्दा धेरै ५ अर्ब ११ करोड र कृषि विकास बैंकले सबैभन्दा कम एक अर्ब ४ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा २१ वटा वाणिज्य बैंकले करिब साढे ४८ अर्ब रुपैयाँ खुद मुनाफा कमाएका हुन् ।
गत आर्थिक वर्षको सोही अवधिको तुलनामा वाणिज्य बैंकहरूको खुद मुनाफा ११.७४ प्रतिशतले बढेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्म वाणिज्य बैंकहरूको खुद मुनाफा करिब साढे ४३ अर्ब रूपैयाँ थियो । एक वर्षअघिको तुलनामा गत चैतसम्म रकमका आधारमा बैँकहरूको मुनाफा बढेको देखिएको छ । नेपाल बेंकर्स संघका अनुसार रकमका आधारमा बैंकको मुनाफा बढेको देखिए पनि वितरण योग्य मुनाफा भने घटेको छ । खराब कर्जा बढ्नु र पाकेको सबै ब्याज नउठ्नु लगायतले वितरण योग्य मुनाफा घटेको हो ।
यता एक्लै कारोबार गरिरहेका बैंकहरुको तुलनामा नेपाल राष्ट्र बैंकको दवावका कारण बिग मर्जरमा गएका बैंकहरुको खराब कर्जा उल्लेख्य रुपमा बढेको छ । बिग मर्जरका कारण दुई वटा वासलात जोडिँदा बैंकहरुको आकारसँगै आम्दानी त बढेको देखिएको छ त्योभन्दा बढी खराब ऋण र नोक्सानी व्यवस्थापन वापतको रकम भने बढेको छ । नबिलले नेपाल बंगलादेश बैंकलाई, कुमारीले नेपाल क्रेडिट एण्ड कमर्सलाई, हिमालयनले सिभिललाई, प्रभुले सेञ्चुरीलाई, नेपाल इन्भेष्टमेन्टले मेगालाई र ग्लोबल आइएमईले बैंक अफ काठमाण्डूलाई गाभेका थिए ।
एकीकृत कारोबारपछि नबिल, कुमारी, हिमालयन, प्रभु, नेपाल इन्भेष्टमेन्ट मेगा र ग्लोबल आइएमईले मात्रै चैतसम्म १४ अर्ब ७३ करोड जोखिमपूर्ण कर्जाका लागि छुट्याएका छन् । जसमध्ये सबैभन्दा बढी कुमारी बैंकले प्रोभिजनिङ गरेको छ । कुमारी बैंक एक्लैले ३ अर्ब ९६ करोड रूपैयाँ राखेको हो । त्यसैगरी नबिलले ३ अर्ब ३३ करोड रुपैयाँ छुट्याएको छ ।
मर्जरमा गएका बैंकहरुको निष्क्रिय कर्जाको अनुपात पनि ह्वात्तै बढेको छ । गतवर्ष चैतमा ०.९९ प्रतिशत रहेको हिमालयन बैंकको निष्क्रिय कर्जा तेस्रो त्रैमासमा आइपुग्दा ४.५६ प्रतिशतमा उक्लिएको छ, जुन वाणिज्य बैंकहरुमध्ये कै सबैभन्दा बढी हो । बिग मर्जरमा गएका ६ वटा बैंकको औषत निष्क्रिय कर्जाको अनुपात ३.९६ प्रतिशत छ । जबकि गतवर्ष चैतमा यिनै बैंकहरुको निष्क्रिय कर्जाको अनुपात १.३३ प्रतिशतमा मात्रै थियो । चैतमा बैंकिङ क्षेत्रको औसत खराब ऋण अनुपात माथि पुगेको छ ।
बैंकरहरुका अनुसार बैंक तथा वित्तीय संस्था विरुद्धका गतिविधि, राष्ट्रिय–अन्तर्राष्ट्रिय परिवेशलगायत कारणले अहिलेको अवस्था आउँछ भन्ने पूर्वानुमान भने थियो । सरकारी खर्च बढ्ने, विस्तारै कर्जा असुली हुँदै जानेलगायत कारण आउँदो महिनामा बैंकहरूको वित्तीय अवस्थामा सुधार हुँदै जाने संकेत देखिएको भएपनि खराब कर्जामा सुधार आएन् । बैंकहरूले प्रकाशन गरेको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार गत चैतसम्मको मुनाफा भने बढेको हो ।
चार अर्ब ३५ करोड रुपैयाँ खुद मुनाफा कमाएर ग्लोबल आईएमई दोस्रो धेरै मुनाफा कमाउने बैंक बनेको छ । मर्जर तथा एक्विजिसनका कारण यी दुवै बैंकको मुनाफामा वृद्धि भएको हो । पछिल्लो बिग मर्जरमा नगएका बैंकहरूमा एनआईसी एसिया र राष्ट्रिय वाणिज्य बैंकले क्रमशः ४ अर्ब १ करोड र ३ अर्ब ५७ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेका छन् । सिटिजन्स, कृषि, प्राइम, सनराइज, माछापुच्छ्रे, सिद्धार्थ र नेपाल बैंकको खुद मुनाफा गर्त वर्षको तेस्रो त्रैमासको तुलनामा घटेको छ ।
वाणिज्य बैंकहरूले चैत मसान्तमा उठ्नुपर्ने पाकेको ब्याज नउठेको बताइरहे पनि गत आर्थिक वर्षको तुलनामा यो वर्ष बैंकहरूको ब्याज आय भने धेरैले बढेको छ । ब्याजदर बढेकाले बैंकहरूको ब्याज आम्दानी पनि वृद्धि भएको हो । बैंकहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार गत चैतसम्म उठाउनुपर्ने करिब सवा २८ अर्ब रुपैयाँ ब्याज पनि असुली हुन सकेको छैन । गत चैतसम्म वाणिज्य बैंकहरूको औसत खराब कर्जा ४ प्रतिशत हाराहारीमा छ ।
गत आर्थिक वर्षको तेस्रो त्रैमासमा यस्तो कर्जा १.२१ प्रतिशत मात्र थियो । गत चैतसम्म वाणिज्य बैंकहरूले कुल ४३ खर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन्, जसमध्ये एक खर्ब ३९ अर्ब रूपैयाँको कर्जा खराब भएको छ । यो कुल प्रवाह भएको कर्जाको करिब ४ प्रतिशत हो । तर, स्ट्यान्डर्ड चार्टर्ड, एभरेस्ट र एनआईसी एसियालगायत बैंकको खराब कर्जा भने एक प्रतिशतभन्दा कम छ ।
पछिल्ला वर्षमा बैंकहरूमा शेयरधनीको सम्पत्तिको प्रतिफल (आरओई) भने निरन्तर घट्दो छ । एक दशकअघिको तुलनामा बैंकहरूको पुँजी धेरैले बढे पनि सो अनुपातमा प्रतिफल घट्दो दरमा रहेको आरओईबाटै पुष्टि हुने जानकारहरू बताउँछन् । चालु आर्थिक वर्षको पहिलो महिना साउनदेखि चैतसम्म बैंक तथा वित्तीय संस्थामा २ खर्ब ७५ अर्ब रुपैयाँ कुल निक्षेप थपिएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपनबिल बैंक आठौँ पटक सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित
मंसिर १, २०८१ शनिबार
सिटिजन्स बैंकको डिजिटल फिक्स डिपोजिटमा ग्राहकको आकर्षण, अब रोबर्ट हुँदै एआईको तयारी
कात्तिक ३०, २०८१ शुक्रबार
नबिल बैंक दक्षिण एसियाको उत्कृष्ट वित्तीय प्रतिवेदन साफा अवार्डबाट सम्मानित
कात्तिक ३०, २०८१ शुक्रबार
रविको बयान : खातामा आएको २ करोड झिकेर चलाएको हुँ, कसले पठायो थाहा भएन !
नेपालबहस संवाददाता
कात्तिक २९, २०८१ बिहिबार
प्रहरीद्वारा रवि लामिछानेको सम्पत्ति रोक्का गर्न सम्बन्धित निकायमा पत्राचार
नेपालबहस संवाददाता
कात्तिक ३०, २०८१ शुक्रबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
नेपालबहस संवाददाता
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा १६ करोडको 'ट्रयाक सुट' खरिदमा करोडौं रुपैया घोटाला !
मंसिर १, २०८१ शनिबार
नेपाल प्रहरीमा ५ डीआईजीको दरबन्दी थप गर्ने अन्तिम तयारी, बढुवाको लिगलिगे दौड !
मंसिर १, २०८१ शनिबार
मेलानिया ट्रम्प ह्वाइटहाउसमा नबस्ने
मंसिर १, २०८१ शनिबार
एक होइन, अनेक सम्भावनाको क्षेत्र हो कर्णाली: मुख्यमन्त्री कँडेल
मंसिर १, २०८१ शनिबार
पाकिस्तानमा पृथकतावादी समूहको आक्रमणमा परी ७ सैनिकको मृत्यु
मंसिर १, २०८१ शनिबार
६ सय एक हप्ता सफाइ गर्दा पनि वागमतीको अवस्था उस्तै
मंसिर १, २०८१ शनिबार
कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने
मंसिर १, २०८१ शनिबार
सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ
मंसिर १, २०८१ शनिबार
‘कूटनीतिक माध्यमबाट’ युद्ध अन्त्य गर्न चाहेको जेलेन्स्कीको भनाइ
मंसिर १, २०८१ शनिबार