सबैभन्दा धेरै नाफा कमाउनेमा मुक्तिनाथ र धेरै घाटा व्यहाेर्नेमा सिन्धु विकास बैंक
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १४:४८:२६
८ वेशाख, काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म नाफा घाटामा परेका विकास बैंकहरुको सूची सार्वजनिक भएको छ ।
चालु आव २०७९/८० को तेस्रो त्रैमाससम्ममा विकास बैंकतर्फ कुल ३ अर्ब ७१ करोड ९८ लाख रुपैयाँ मुनाफा आर्जन भएको छ । गत आवको यसै अवधिको तुलनामा नाफाको तुलनामा भने केही कमी आएको छ ।
विकास बैंकहरुले प्रकाशित गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार विकास बैंकहरुको नाफा गत आवको तुलनामा २७.१० प्रतिशतले घट्न पुगेको छ । गत आवको यसै अवधिसम्ममा विकास बैंकहरुले ५ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएका थिए । नाफा घटनुमा खराब कर्जामा आएको वृद्धि मुख्य जिम्मेवार देखिएको छ ।
चालु आवको ९ महिनाको अवधिसम्ममा सबैभन्दा बढी मुनाफा मुक्तिनाथ विकास बैंकले गरेको छ । उसले ८० करोड ६२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत वर्षको तुलनामा भने २१ प्रतिशतले कम हो ।
यस्तै, मुक्तिनाथपछि धेरै नाफा कमाउने विकास बैंकमा शाइन रेसुङगा डेभलप्मेन्ट परेको छ । उसले यसै अवधिसम्ममा ५५ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको तुलनामा १६.९३ प्रतिशतले कम हो ।
त्यसपछि कर्पोरेट डेभलेप्मेन्ट र ग्रीन डेभलेप्मेन्ट बैंकले खुद नाफा कमाएको छ । कर्पोरेटले गत आवको यसै अवधिको तुलनामा ५५ लाख रुपैयाँ खुद नाफा कमाएको छ भने ग्री डेभलप्मेन्टले खुद नाफामा वृद्धि गरेको छ । गरिमा विकास बैंकले पनि खुद नाफामा वृद्धि गरेकाे छ । गरिमा विकास बैंकले पनि नाफा कमाएको छ ।
सिन्धु विकास बैंक भने गत आवको यसै अवधिको तुलनामा खुद नाफामा घाटामा गएको छ । सबैभन्दा धेरै घाटा व्यहाेरेकाे उसकाे घाटा १ करोड ४८ लाख रुपैयाँ घाटामा रहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपमहालक्ष्मी विकास बैंकले घर कर्जा प्रदान गर्ने
मंसिर ५, २०८१ बुधबार
गरिमा बिकास बैंकको 'गरिमा रोड रेश कम्पिटिसन'मा सर्वसाधारणले पनि भाग लिन पाउने
मंसिर ३, २०८१ सोमबार
महालक्ष्मी बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच अन्तर्देशीय क्युआर पेमेन्टको लागि सम्झौता
मंसिर १, २०८१ शनिबार
आफ्नालाई बढुवा गर्न एआईजी र डीआईजीको दरबन्दी थपिँदै
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
मेडिकल व्यवसायी दुर्गा प्रसाई पक्राउ
नेपालबहस संवाददाता
मंसिर ४, २०८१ मंगलबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
रुसले युक्रेनमा पहिलो पटक इन्टरकन्टिनेन्टल ब्यालिस्टिक मिसाइलबाट आक्रमण
मंसिर ६, २०८१ बिहिबार
स्याङ्जामा एक जनाको शव फेला
मंसिर ६, २०८१ बिहिबार
मोटरसाइकल दुर्घटनामा परी मोरङमा दुई युवकको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
पाकिस्तानमा सवारी साधनमा गोली प्रहार, ३८ जनाको मृत्यु
मंसिर ६, २०८१ बिहिबार
नेतान्याहु र गलान्टविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्यो गिरफ्तारी वारेन्ट
मंसिर ६, २०८१ बिहिबार
काठमाडौंखोला किनारको मापदण्डबारे सरकारको पक्षमा सर्वोच्चको आदेश
मंसिर ६, २०८१ बिहिबार
जनताले महसुस हुने गरी काम गर्न प्रधानमन्त्रीको कडा निर्देशन
मंसिर ६, २०८१ बिहिबार