तोकिएको नियम विपरित गतिविधि गर्नेलाई नियन्त्रणमा लिनूः आयोग
नेपालबहस संवाददाता
बैशाख ८, २०८० शुक्रबार १५:२०:३४
८ बैशाख, काठमाडौं । निर्वाचन आयोगले जारी गरेका निर्देशनको अवज्ञा गर्नेलाई पक्राउन गर्न निर्दैशन दिएको छ । उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गर्दै आयोगले आइतबार हुने उपनिर्वाचनको आचारसंहिता विपरीतका गतिविधि कडाइका साथ अनुगमन र निगरानी गर्न सरोकारवालालाई निर्देशन दिएको छ । आयोगले पाँच बुँदे निर्देशन जारी गर्दै आचारसंहिता विपरीतका गतिविधि गर्नेलाई मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ कारबाही गर्न निर्देशन दिएको हो ।
आयोगले यही वैशाख १० गते हुने उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र एवम् भयरहित वतावरणमा सम्पन्न गर्नाका लागि मिलाइएको व्यवस्था प्रभावकारी बनाउन निर्वाचन आजदेखि उपनिर्वाचन सुरक्षा व्यवस्थापन अनुगमन संयन्त्र स्थापना गरिएको जनाएको छ ।
गृह मन्त्रालयका सहसचिव जितेन्द्र बस्नेत संयोजक रहेको उक्त संयन्त्रमा नेपाली सेनाका महासेनानी भेषबहादुर केसी, नेपाल प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक सुरेन्द्रबहादुर गुरुङ, सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक दिगविजय सुवेदी र राष्ट्रिय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशक भूमिप्रसाद पाठक रहेका छन् ।
संयन्त्रको कार्यारम्भ भएको अवसरमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय, पारदर्शी तथा भयमुक्त वातावरणमा सम्पन्न गर्न÷गराउन निर्देशन दिए । सो अवसरमा निर्वाचन आयुक्तहरु रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो । उक्त संयन्त्र यही वैशाख ११ गतेसम्म कायम रहनेछ । बारा निर्वाचन क्षेत्र नं २, तनहुँ निर्वाचन क्षेत्र नं १ र चितवन निर्वाचन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुँदै छ ।
निर्वाचन आयोगले दिएको पाँच बुँदे निर्देशन यस्ता छन्:
१। नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागका सम्बन्धित सबै एकाइ, आयोगबाट खटिएका विशेष अनुगमन टोली, जिल्ला आचारसंहिता अनुगमन समितिका पदाधिकारी र अनुगमन अधिकृतले नियमित र सघन अनुगमन गरी निर्वाचनको स्वच्छता, स्वतन्त्रता, निष्पक्षता कायम गर्ने ।
२। उपनिर्वाचन हुने सम्बन्धित जिल्लाका निर्वाचन क्षेत्रका राजनीतिक दल, उम्मेदवार, उम्मेदवारका प्रतिनिधि, मतदाता, निर्वाचनमा खटिएका कर्मचारी, सुरक्षाकर्मी, पर्यवेक्षक, सञ्चारकर्मी तथा निर्वाचनमा संलग्न व्यक्ति, सङ्घ÷संस्था र निकाय बाहेक निर्वाचन कार्यसँग असम्बन्धित बाह्य जिल्ला वा क्षेत्रका व्यक्ति र व्यक्तिहरूको अवाञ्छित आवागमन र अनधिकृत गतिविधिलाई कानुनबमोजिम नियन्त्रण गर्ने ।
३। बुँदा नं। २ मा उल्लेखित अवाञ्छित आवागमन र गतिविधि भई निर्वाचनको स्वच्छता र मर्यादामा प्रतिकूल असर पर्ने अवस्था देखिएमा अनुगमनमा खटिएका टोली र सम्बन्धित सुरक्षा निकायले नियन्त्रणमा लिइ कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउने ।
४। निर्वाचन ९कसुर तथा सजाय० ऐन, २०७३ को दफा २१ बमोजिम उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले निर्वाचन अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नको लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य वा बकसको रुपमा नगद वा जिन्सी दिन वा दिन मञ्जुर गर्न वा सार्वजनिक भोज आयोजना गर्न र मतदाताले पनि त्यस्तो प्रयोजनको लागि त्यस्तो नगद वा जिन्सी लिन वा लिन मञ्जुर गर्न र सार्वजनिक भोजमा सहभागी हुने जस्ता कार्य निर्वाचन कसुर भएकाले त्यस्तो कार्य कहीँ कतै भए गरेको पाइएका कानुनबमोजिम तत्काल कारबाही गर्ने ।
५। निर्वाचन आचारसंहिता, निर्वाचन आयोग तथा जिल्ला सुरक्षा समितिको निर्णय तथा अनुमति विपरीत निर्वाचनका क्रममा राजनीतिक दल वा उम्मेदवार वा निर्वाचन प्रतिनिधि वा अन्य कुनै व्यक्तिले सवारी साधन प्रयोग गरेको पाइएमा त्यस्तो सवारी साधन मतदान सम्पन्न नभएसम्म कब्जामा लिइ आवश्यक कारबाही गर्ने व्यवस्था मिलाउने ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपएमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
राष्ट्रपति पौडेल र माल्दिभ्सका राष्ट्रपतिबीच बाकुमा भेटवार्ता
कात्तिक २७, २०८१ मंगलबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार