नेपालमा बन्ने सवारी साधन दर्ताकाे व्यवस्था गर्न प्रधानमन्त्रीको निर्देशन
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १२:४०:३०
१० वैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा बन्ने यात्री मोटरसाइकललगायत सवारी साधन दर्ताकाे व्यवस्था गर्न निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले आइतबार मात्र मुख्यसचिव शंकरदास बैरागीमार्फत् सम्बन्धित निकायलाई यस्तो कानूनी प्रबज्ध मिलाउन निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
कानूनको अभावमा नेपालमा एसेम्बलिङ सवारीको दर्ता हुन सकिरहेको छैन । सवारीसाधन दर्ताका गर्न भन्सारको पज्ञापन पत्र, भन्सार तिरेको रसिद र आयात गर्ने कम्पनीको नाम अनिवार्य चाहिने अहिलेकाे कानुनी व्यवस्था छ । विभिन्न पाटपुर्जा ल्याएर देशभित्रै तयारी पारिएका सवारी दर्ता हुने गरी कानून बनाउन व्यवसायीहरुले माग गर्दै आइरहेका बेला प्रधानमन्त्रीले दर्ता गर्न मिल्ने कानून बनाउन निर्देशन दिएका हुन् ।
दर्ताका कानून नहुँदा देशभित्र बनाइएका सवारीलाई सडकमा ट्राफिकले सवारी धनीलाई चेकजाँचका क्रममा दुःख दिने गरिएको जनगुनासो रहँदै आएको छ ।
‘यात्री’ लगायत नेपालमा उत्पादित सवारी साधन दर्ता नभएको भन्ने गुनासोलाई गम्भीरतापूर्वक लिएको छु,’ प्रधानमन्त्री दाहालले भनेका छन्, ‘सवारी साधन दर्ता एवं स्वदेशी उत्पादनलाई प्रवर्द्धन गर्नेगरी तत्काल कानुनी प्रबन्धको प्रक्रिया अगाडि बढाउन नेपाल सरकारका मुख्यसचिवमार्फत् सम्बन्धित निकायलाई निर्देशित गरेको छु।’
यात्री माेटरसाइकल कम्पनीले व्यवसायिक रूपमै नेपालभित्र विद्युतीय माेटरसाइकल बनाइरहेकाे छ । तर कानुकाे अभावमा खरिदकर्ताले सहजै खरिदगर्न मानरहेका छैनन् । उसले हालसम्म ९० वटाभन्दा बढी मोटरसाइकल बनाएर बिक्री गरिसकेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपबहुप्रतिक्षित स्मार्टफोन ओप्पो फाइन्ड एक्स -८ सिरिज सार्वजनिक
मंसिर ६, २०८१ बिहिबार
हुन्डाई आयोनिक ५ ईभी अब १०० किलोवाटमा पनि उपलब्ध हुने
कात्तिक २३, २०८१ शुक्रबार
सयपत्री फूलको बिक्रीबाट पाँच लाख आम्दानी
कात्तिक २२, २०८१ बिहिबार
ओलीको ठूलो उपलब्धिः पाँच अर्बको चलखेलमा धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति !
नेपालबहस संवाददाता
मंसिर ११, २०८१ मंगलबार
ओलीले बोलाएको बैठकमा देउवा र बाबुराम भट्टराई अनुपस्थित
नेपालबहस संवाददाता
मंसिर १०, २०८१ सोमबार
मुम्बईमा आतंकवादी हमलाको १६ वर्षः लश्कर-ए-तैयबा उर्फ एलईटी, अल कायदा भन्दा खतरनाक !
मंसिर ११, २०८१ मंगलबार
अमेरिकामा ‘पुष्पा–२’ काे बम्पर ओपनिङ, हालसम्मकाे सबै रेकर्ड ताेडिने
मंसिर १२, २०८१ बुधबार
एमालेको जागरणसभा स्थलमा रक्सीका बोलत असरल्ल थिए, फोहोर २ ट्रक भयोः वेस्ट मेनेजमेन्ट
मंसिर १२, २०८१ बुधबार
भरतपुर अस्पतालमा ‘प्ले थेरापी’ सेवा
मंसिर १२, २०८१ बुधबार
चिसोसँगै रुघाखोकी, ज्वरो र श्वासप्रश्वासका बिरामी बढे
मंसिर १२, २०८१ बुधबार
पर्यटकीय गन्तव्य बन्दै लमजुङको करपुरेश्वर उद्यान
मंसिर १२, २०८१ बुधबार
घरेलु हिंसासम्बन्धी अधिकांश उजुरी अदातलसम्म नपुगी समाधान
मंसिर १२, २०८१ बुधबार
धेरै भात खानेमा एसियाली भन्दा अफ्रिकामा बढी
मंसिर १२, २०८१ बुधबार