नेपाली सेनाको गोरखा-जितगढी एकिकरण पदयात्रा [ फोटोफिचर ]
नेपालबहस संवाददाता
बैशाख १०, २०८० आइतबार १३:३:४१
१० वैशाख, काठमाडौं । गत चैत २९ गते गोरखा दरबारबाट नुवाकोट जितगढीतर्फको एकीकरण मार्गमा नेपाली सेनाको टोली बैशाख २ गतेदेखि ६ गतेसम्म पाल्पाका कोट, पदमार्ग, गढी र किल्लामा पदयात्रा गरेर ७ गते रुपन्देहीको जितगढीमा पुगेर टुंगिएको छ ।
गोरखाबाट तनहु, स्याङजा हुँदै पाल्पाको केलादीघाटबाट रामपुर हुँदै बाकुमगढी, माथागढी, प्रभास तानसेन, तिनाउको नुवाकोटबाट जितगढीमा पुगेको हो । बाजागाजा, राष्ट्रिय झन्डा तथा एकीकरणका समयमा स्थापना भएका श्रीनाथ, कालीबक्स, वर्दवाणी, सवुज र पुरानो गोरख तथा जितगढी लडाइँमा सहभागी गुरुबक्स गुल्मको झण्डा लिएर पदयात्रा गरेका हुन् ।
शार्दुलजंग गुल्म ऐतिहासिक सैनिक पोसाक तथा हतियारसहित थियो । गोरखाबाट तनहुँ, स्याङ्जा हुँदै पाल्पाका कोत, गढी र किल्लामाा पदयात्रा गरेको हो छ । गोरखाबाट आएको टोलीमा पाल्पाको दि फेमस महिन्द्र दल गण सहभागी भयो । गोरखाको रिपुमर्दन गण, तनहँको रुरुभैरब दल गण, कालिभञ्जन गण, श्री नं। ३ राजदल गण, स्याङ्जाको समरजीत गुल्म सहभागी भएका थिए ।
नेपाली सेनाले यही पदमार्गको यात्रा गर्दै विदेशी सेनालाई रोक्न तत्कालिन पाल्पाका कमाण्डर कर्णेल उजिरसिंह थापाले वि। स। १८७१÷७२ मा स्थानीय बासिन्दाको सहभागितामा जितगढीसम्मको यात्रामा सहभागी भएको इतिहास रहेको इतिहास्विद् निर्मल श्रेष्ठले जानकारी दिए ।
गोरखा दरबारदेखि जितगढीसम्मको दुई सय ७ किलोमिटर दूरीमा ५० जना भन्दा बढी हतियारसहितको सेना पदयात्रामा थिए । स्थानीय पालिका, धार्मिक तथा महिला समूहको स्वागत, नाच्दै गाउँदै जिल्लागत हस्तान्तरण हुँदै यात्रा गरेको नेपाली सेना २२ नम्बर बाहिनी रुपन्देहीका सहायक रथी ललितबहादुर कुंवरले जानकारी दिए ।
पाल्पाका बाकुमगढी, माथागढी, प्रभास, तानसेन, नुवाकोटगढी लगायतमा तैनाथ भएर युद्ध लडेको इतिहासमा उल्लेख छ । त्यस बेलामा भएको लडाईमा प्रयोग भएका कोत, गढी र किल्लाहरु संरक्षणका लागि सेनाले गरेको पहल प्रशंसनीय रहेको यसका अध्यता धादिङका बासुदेव डल्लाकोटीले बताए ।
पदयात्राले नेपालको पश्चिमतर्फको एकीकरणको ऐतिहासिक कार्यलाई जिवन्त राख्ने, पदमार्गको प्रवद्र्धन तथा प्रचारप्रसार तथा पर्यटकीय संभावनालाई उजागार गर्ने विश्वास छ । इतिहासका जगेर्ना गर्दै भविष्यमा नयाँ पुस्तासँग जोड्ने योजना अनुसार पदयात्रा भएको दि फेमस महिन्द्र दल गणका गणपति बालमुकुन्द विष्टले बताए ।
वैशाख ७ गते जितगढीमा विजय उत्सव दिवसको रुपमा मनाइयो । जितगढी किल्लामा वि।सं। १८७२ वैशाख ७ गते नेपालसँग हारेपछि अंग्रेज सेना फिर्ता भएको इतिहासमा उल्लेख छ । गोरखाबाट पदयात्रामा सहभागी सेनाको युनिटले उत्सवमा सहभागिता जनाए । पाँच वर्षदेखि प्रत्येक पुस २७ गते पूर्वतर्फ गोरखा–काठमाडौं एकीकरण पदयात्रा गर्दै आए पनि पश्चिमतर्फकोको यात्रा पहिलो हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपभारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
भारतीय कांग्रेसले भन्यो, तत्काल गौतम अडानीलाई गिरफ्तार गर्नुपर्छ
नेपालबहस संवाददाता
मंसिर ६, २०८१ बिहिबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
मंसिर ८, २०८१ शनिबार
बीआरआई कसरी स्वीकार्ने ?
मंसिर ८, २०८१ शनिबार
चितवनमा स्कुल बस दुर्घटना: २८ जना घाइते
मंसिर ८, २०८१ शनिबार
भारतीय स्थल सेनाध्यक्षले गरे मुक्तिनाथ मन्दिरको दर्शन ( फोटो फिचर )
मंसिर ८, २०८१ शनिबार
काठमाडौंमा आज तीन जना मृत भेटिए
मंसिर ८, २०८१ शनिबार