कडा सुरक्षा घेराबीच चितवनको मतगणना सुरू
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:३१:३९
११ वैशाख, चितवन । आइतबार सम्पन्न चितवन २ को उपनिर्वाचनको मतगणना सुरू भएको छ । सोमबार बिहान बसेको सर्वदलीय बैठकमा भएको सहमतिअनुरुप इच्छाकामना गाउँपालिकाबाट मतगणना सुरु भएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने तथा चितवनका प्रमुख जिल्ला अधिकारीले निर्वाचनका दिन आचारसंहिता उल्लंघन गरेको भन्दै नेपाली कांग्रेसले मतगणनास्थलमा जान अस्वीकार गर्दै आइरहेको थियो ।
उम्मेदवार लामिछाने र सीडीओ सुरेन्द्रपौडेललाई कारबाही गर्नुपर्ने माग राख्दै आएको कांग्रेसले सोमबार बिहान ३ बुँदे सहमतिपछि मतगणना गर्न मञ्जुरपछि मतगणना सुरु भएको हो । सहमति अनुसार सीडीओ पौडेल मतगणना स्थलमा अनपस्थित भएका छन् । मतगणना भरतपुरस्थित नेपाल उद्योग वाणिज्य संघको भवनमा भइरहेको छ । इच्छाकामनाको वडा नं. १ र ३ को मत गन्ने काम सुरु भएको छ ।
गणनास्थललाई तारजालीले घेरा मारेको छ । २०७४ को स्थानीय तहको चुनाव भरतपुर महानगरपालिकाको चुनावमा माओवादी केन्द्रबाट प्रधानमन्त्री प्रचण्ड पुत्री रेणु दाहाल र एमालेबाट उम्मेदवारबीच मत गणना परिणाम कडा टक्कर चलिरहेका बेला दाहालका प्रतिनिधिले मतपत्र च्यातिदिएपछि परिणाम रद्द भएर पुनः चुनाव भएको थियो । सोही घटनादेखि त्यसपछिका सबै तहका चुनावमाको मतगणना गर्दा गणनास्थललाई तारजालीले घेरा मार्न सुरु गरिएको हो ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपन्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह
असोज ११, २०८१ शुक्रबार
न्यून कार्बन उत्सर्जन गर्न ऊर्जा प्रभावकारी भवन निर्माण आवश्यक छ : उपप्रधानमन्त्री सिंह
असोज ११, २०८१ शुक्रबार
नेपाली कांग्रेस शिक्षा विभागमा १० सदस्य मनोनीत
असोज ११, २०८१ शुक्रबार
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चङ्गा, ड्रोन र बेलुन उडाउनेलाई कारबाही गरिने
असोज ११, २०८१ शुक्रबार
उखु र दुध किसानको भुक्तानीका लागि रकम निकासा
असोज ११, २०८१ शुक्रबार
उपत्यकाका नदीहरुमा पानी सतह बढ्यो, बागमती नदीले खतराको तह पार गर्यो
असोज ११, २०८१ शुक्रबार
न्यायाधीश सिफारिस गरेकोप्रति बारको असन्तुष्टि
असोज ११, २०८१ शुक्रबार