चार देशका कराते खेलाडी रुपन्देहीमा भिड्ने
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:३८:३९
♦ मोहम्मद हबिब
११ वैशाख, भैरहवा । आगामी वैशाख १५ र १६ गतै विभिन्न ४ देशका कराते खेलाडीहरु बीच रुपन्देहीमा प्रतियोगिता हुने भएको छ । जापान गोजुरियो कराते डो मिसन नेपालको आयोजनामा दोस्रो एमजिके अन्तर्राष्ट्रिय कराते प्रतियोगिताअन्तर्गत नेपाल, भारत, भुटान र बंगलादेशका करिब ३०० कराते खेलाडी बीच प्रतियोगिता हुन लागेको हो ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तरष्ट्रिय कराते प्रतियोगितामा सहभागिता जनाउदै आएको जापान गोजुरियो कराते डो मिसनले आफ्नै आतिथ्यतामा प्रतियोगिता आयोजना गर्न लागेको डो।मिसन संघका संस्थापक काजि रानाले जानकारी गराए । विभिन्न २० वटा उमेर समूहमार्फत प्रतियोगिता हुने समूह मध्ये अधिकतम पदक ल्याउने टिमलाई च्याम्पियनको उपाधिबाट पुरस्कृत गरिने आयोजक संस्थाले पत्रकार सम्मेलन मार्फत प्रतियोतिाबारे जानकारी गराएको हो ।
दुई दिने प्रतियोगितामा सहभागी हुन भारतबाट एक सय बढी, भुटानबाट १०, बंगलादेशबाट १२ र नेपालबाट गरी २५० बढीले प्रतिस्पर्धा गर्नेछन् । रुपन्देहीको मणिग्राक स्थित ससुराली होटलको सभा हलमा हुने प्रतियोगिता २ वटा रिङमा समामनान्तर रुपमा चल्ने लुम्बिनी कराते महासंघ लुम्बिनी प्रदेशका संरक्षक भरत केसीले बताए ।
विभिन्न देशमा हुने अन्तर्राष्ट्रिय प्रतियोगिताबाट च्याम्पियन बनेको नेपालले यस पटक घरेल् मैदानमै स्वच्छ अप्रतिस्पर्धा गर्नेछ । मार्सल आर्ट अन्तर्गतको कराते खेल सधैँ व्यवहारमा प्रयोग भइरहने हुँदा यसको महत्व धेरै रहेकोले कराते खेलतर्फको आकर्षण बढ्दो रहेको सचिव गिरीप्रसाद पुनले बताए । हाम्रो आत्मसुरक्षाका लागि पनि यसको महत्व रहेकोले अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता रुपन्देहीमा नै गराउन लागिएको बताए ।
भारतको उत्तरप्रदेश, विहार, गुजरात, झारखण्ड लगायतका खेलाडीहरु प्रतिस्पर्धाका लागि मात्रै होइन नेपालको बहादुर खेलाडीहरुसँग अनुभव साटासाट हुने ध्येले पनि सहभागिता जनाउन लागेको डो मिसन संघका उपाध्यक्ष सतिश कुमार चौधरीले भने । अहिले आर्थिक संकटको समयमा आयोजना गर्न लागिएको प्रतियोगिताले यस क्षेत्रको र समग्र नेपालको परिचय दिने भएकोले तिलोत्तमा नगरपालिकाको सह आयोजनामा प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगिताले यस क्षेत्रको सामाजिक, आर्थिक र सास्कृतिक मात्रै नभएर पर्यटन क्षेत्रमा पनि टेवा पुर्याउन विश्वास आयोजक संस्थाको रहेको छ ।
आयोजक मिसन संघको नेतृत्वले नेपाललाई प्रतिनिधित्व गर्दै सन् २०१४ मा पुनामा भएको वल्र्ड च्याम्पियनसिप अवार्ड, सन् २०१७ मा दिल्लीमा भएको साउथ एशियन च्याम्पियनसीप, सन् २०२१ मा पटनामा इन्टरनेशनल च्याम्पिसयनसीप र सन २०२० मा कोलकत्तामा इन्टरनेशनल च्याम्पिसयनसीप लगायतको चर्चित अवार्डहरु जिते पनि घरेलु मैदानमा आउने नतिजा पनि सफल नै हुने विश्वास लिएको प्रतियोगिताका प्रमुख प्रशिक्षक रानाले भने । नेपालको नामलाई उच्चमा राख्न खेलाडीले करातेको माध्यमबाट भुमिका खेलेपनि सरकारको तर्फ खासै नहेरिएको उनले गुनासो गरे । जापान गोजुरियो सन् २००४ मा स्थापना भएको हो । हाल यस मातहत नेपालभर ३० डोजो र भारतमा १५ डोजो छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपलुम्बिनी लायन्समा महानायक राजेश हमाल ब्रान्ड एम्बास्डर नियुक्त
कात्तिक २६, २०८१ सोमबार
यु–१९ महिला विश्वकप क्रिकेट एसिया छनोट: नेपालले आज थाइल्याण्डविरुद्व खेल्ने
कात्तिक २५, २०८१ आइतबार
पुरुष यू–१९ एसिया कपका लागि नेपाली टोलीको घोषणा
कात्तिक २४, २०८१ शनिबार
लुम्बिनीका ६ पदमा तीन दलको भीडन्तः रुकुममा माओवादी हराउन कांग्रेस-एमालेबीच गठबन्धन
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
के ओली बीआरआई आफ्नै पालामा लागु गराउन चाहन्छन ?
नेपालबहस संवाददाता
कात्तिक २५, २०८१ आइतबार
प्रधानमन्त्री ओली चीन भ्रमणको तयारीमा रहेका बेला अमेरिका र भारतका उच्च सैनिक अधिकारी नेपालमा
कात्तिक २७, २०८१ मंगलबार
गण्डकी प्रदेशका सांसद दीपक मनाङे काठमाडौंमा पक्राउ
कात्तिक २७, २०८१ मंगलबार
उद्योगमा लाइन नजोडिएकोमा प्रधानमन्त्रीको प्रतिक्रियाः “नजोडिएको भए हेर्दै जाउँ ”
कात्तिक २७, २०८१ मंगलबार
प्राधिकरणले दियो उद्योगको लाइन जोड्न निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन लाग्नुपर्छः महासचिव पोखरेल
कात्तिक २७, २०८१ मंगलबार
हिन्दुकुश क्षेत्रका वातावरणमन्त्रीको साझा मञ्च आवश्यकता छ : मन्त्री शाही
कात्तिक २७, २०८१ मंगलबार
ट्याङ्करको टायर पड्किँदा एक जनाको मृत्यु, पाँच घाइते
कात्तिक २७, २०८१ मंगलबार
अर्थतन्त्रका सबल सूचकका जगमा कमजोर क्षेत्रहरु सुधार्न अर्थमन्त्रीको निर्देशन
कात्तिक २७, २०८१ मंगलबार
मर्दी आरोहणका क्रममा गाइड सम्पर्कविहीन, खोजीकार्य सुरु
कात्तिक २७, २०८१ मंगलबार