नेपाल नेटवर्क टेलिभिजन (NNTV) को औपचारिक शुभारम्भ
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १४:५७:३६
११ वैशाख, काठमाडौं । नेपाली टेलिभिजनको दुनियाँमा एक नयाँ टेलिभिजन थपिएको छ। नेपाल नेटवर्क टेलिभिजन (NNTV) को आइतवार औपचारिक शुभारम्भ गरिएको छ। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न औपचारिक कार्यक्रममा थुप्रै राजनीतिक दलका नेता,उद्योगी व्यवसायी,संचार प्रतिष्ठानका प्रमुखहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा पुर्व प्रधान मन्त्री माधव कुमार नेपाल,पुर्व मन्त्रीहरु प्रदीप ज्ञवाली,योगेश भट्टराइ,मोहन बस्नेत सांसदहरु रघु जी पन्त,रामहरी खतिवडा लगायत थुप्रै जना प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। डिएआर ग्रुपले संचलान गरेको टेलिभिजनको अध्यक्ष रमा दाहाल हुन्।
स्वस्ति वाचन बाट सुरु भएको कार्यक्रममा कुटुम्बले आफ्नो सांगीतिक प्रस्तुति दिएको थियो। कार्यक्रममा नेपाल नेटवर्क टेलिभिजन ९ल्ल्त्ख्० ले अबका दिनमा निरन्तर प्रशारण गर्ने कार्यक्रमहरुको पनी घोषणा गरेको छ। कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्याम धितालले जानकारी मुलक कार्यक्रमहरु लाइ मुख्य स्थान दिंदै रियालिटी शो संगै अन्य सूचना मुलक कार्यक्रमहरु गर्ने बताए। दर्शकहरुको रुची अनुसार कार्यक्रमहरु निर्माणमा जोड दिने धितालले बताए।
टेलिभिजनले मनोरन्जनात्मक संगै समाचार मुलक र जानकारी मुलक कार्यक्रमहरु प्रशारण गर्नेछ। टेलिभिजनमा वर्ल्ड टेलिभिजन प्रिमियर,टेली चलचित्र अड्डा कचहरी,सर्खारको सर, सिसा,नरिसाउनुस् है,रियालिटी शो दोहोरी आइडल,ऐना,आम्मा कसम यहाँ दुख्छ,सेभेन डेज सुपर च्यालेन्ज र अन्य कार्यक्रमहरु आरोग्यम,जीवन मन्त्र,अटोमान्डू,सद्धर्म,एम क्युब,धरातल,मेडिकल,एकादेशमा र बाल बालिकाहरुको लागि बिसेष यिनी र मिनी लगाएतका थुप्रै कार्यक्रमहरु प्रशारण गरिने घोषणा समेत गरियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सभामुख देवराज घिमिरेले मिडियामा भई रहेका आधुनिक प्रतिस्पर्धालाई उछिन्दै नेपाली समाजको आबस्यकतालाई पहिल्याउदै टेलिभिजनहरु अघि बढ्नु पर्ने बताए। नेपाल नेटवर्क टेलिभिजन ९ल्ल्त्ख्० को आइतवार औपचारिक शुभारम्भ कार्यक्रममा मेरा सरकार मेरा प्रतिनिधि नामक पुस्तक सार्वजनिक पनि गरिएको थियो।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप३८ करोड २० लाख विद्युतीय सवारी बनाउन क्यार्लिफोनियामा भेटियो लिथियमको अथाह भण्डार
मंसिर १४, २०८१ शुक्रबार
भूमीगत पानी निकाल्दा पृथ्वीको अक्ष ३१.५ इन्च ढल्कियो
मंसिर १३, २०८१ बिहिबार
पृथ्वीको वायुमण्डल ५.१ अर्ब बिलियन किलोग्रामकाे तर पनि हामी किचिन्नौं किन ?
मंसिर १३, २०८१ बिहिबार
गोर्खा मिडियामा आएको झण्डै ६८ करोडमा रजगज गर्थे रवि, स्वर्णलक्ष्मी डुबाएर महँगो गाडी चढे
मंसिर १४, २०८१ शुक्रबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
मंसिर १३, २०८१ बिहिबार
सहायक निरीक्षकले आफैँलाई गोली प्रहार गरे
मंसिर १४, २०८१ शुक्रबार
बीआरआईमा सहमति, चीनले नेपालको प्रस्ताव स्वीकार गरे प्रधानमन्त्रीले हस्तक्षर गर्न सक्ने
मंसिर १४, २०८१ शुक्रबार
बिआरआईबारे संसदमा पर्याप्त र खुल्ला छलफल गरेर मात्रै हस्ताक्षर गर्नुपर्छ: नेता कोइराला
मंसिर १४, २०८१ शुक्रबार
मकवानपुरमा छुट्टाछुटै घटनामा तीन जनाको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार
चाडपर्व सकिएपछि फेरि ‘मुग्लान’
मंसिर १४, २०८१ शुक्रबार
बसले ठक्कर दिँदा जाजरकोटमा पैदलयात्रीको मृत्यु
मंसिर १४, २०८१ शुक्रबार