नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार ६ जनालाई
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १५:११:३७
११ वैशाख, काठमाडौं । नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९बाट यो वर्ष ६ जना पुरस्कृत हुने भएका छन् । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नो १३ औं वार्षिक उत्सबको अबसरमा आइतबार आयोजित कार्यक्रममा पुरस्कृत व्यक्तिहरुको नाम घोषणा गरेको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीको प्रमुख आतिथ्यमा आयोजित बार्षिक उत्सबमा पुरस्कृत व्यक्तिहरुको योगदानबारे चर्चा समेत गरियो । जस अन्तर्गत नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार–२०७९ सङ्गीत विधातर्फ वरिष्ठ गायक तथा सङ्गीतकार गणेश रसिकलाई, लोक सङ्गीत विधातर्फ वरिष्ठ लोक गायक नविन किशोर राईलाई, परम्परागत तथा शास्त्रीय सङ्गीत विधा तर्फ वरिष्ठ सङ्गीत साधक विजय कुमार श्रेष्ठलाई प्रदान गरिने घोषणा गरिएको छ ।
यस्तै रङ्गमञ्च विधातर्फ वरिष्ठ नाटक निर्देशक भैरव क्षेत्रीलाई, नाटक विधा तर्फ नाट्यकर्मी प्रा। डा। रामचन्द्र पोखरेललाई र नृत्य विधातर्फ वरिष्ठ लोक नृत्यकार कुलमान नेपालीलाई प्रदान गरिने घोषणा आईतबार गरियो ।
यो पुरस्कारको राशी एक लाख १ रुपैयाँ र ताम्रपत्र रहेको सो प्रतिष्ठानकी सदस्य सचिब कुस्मा महरा 'प्रगति'ले कार्यक्रममा जानकारी गराईन् । उनीहरुलाई एक समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट सो पुरस्कार प्रदान गरिने पनि उनले बताईन् ।
कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सुदन किरातीले गीत सङ्गीतका मार्फत जनतालाई जगाउने अभियानले गणतन्त्र स्थापनाको लागि महत्वपूर्ण योगदान पु¥याउन अब संस्कृति क्षेत्रमा ठूलो अभियान चलाउनु पर्छ भने । त्यसका लागि सरकारले नीति तथा कार्यक्रममा नयाँ कुराहरु ल्याउने तयारी गरिरहेको पनि उनले बताए । उनले पुरस्कृत श्रष्टाहरुलाई बधाई ज्ञापन गर्दै यो पुरस्कारले उहाँहरुमाभ अझ उर्जा थप्ने विश्वास आफुले लिएको छु भने ।
सो प्रतिष्ठानकी कुलपति निशा शर्माले हरेक वर्ष झैं यसपटक पनि सङ्गीत, नाटक तथा नृत्य विधाबाट ६ जना श्रष्टालाई पुरस्कृत गर्न लागिएको कार्यक्रममा बताईन् । २०६७ साल बैशाख १० गते स्थापना भएको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले नेपाली गीत संगीत, नृत्य तथा नाटकको क्षेत्रमा निरन्तर योगदान पु¥याउँदै आएको पनि उनले कार्यक्रममा बताईन् । सरकारले आफू लगायत प्राज्ञ परिषद र प्राज्ञ सभामाथि गरेको विश्वासलाई निराशामा परिणत हुन नदिने दाबी समेत उनले गरिन् ।
नेपाल सङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा आजीवन योगदान सम्मान एक जना विशिष्ठ स्रष्टा सर्जकलाई प्रदान गरिने पनि उनले जानकारी गराईन् । कार्यक्रममा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमुनि हार्तम्छालीले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानसँग मिलेर सहकार्य गर्ने योजना सुनाए ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भु राईले सबैलाई स्वागत गर्दै मुलुकको मौलिक संस्कृतिको जगेर्ना गर्न सोही अनुसारको नीति बनाएर आफुहरु सक्रिय रुपमा अघि बढ्ने बताए । कार्यक्रममा वरिष्ठ निर्देशक तथा नृत्यकार भैरवबहादुर थापा, भाषा आयोगका अध्यक्ष गोपाल ठाकुर, म्यूजिक नेपालका प्रबन्ध निर्देशक सन्तोष शर्मा, रोयल्टी सँकलन समाजका अध्यक्ष सुरेश अधिकारीले १३ औं वार्षिक उत्सबको अबसरमा प्रतिष्ठानलाई बधाई दिँदै यो क्षेत्रमा अझ राम्रा काम गर्न सुझाब दिए ।
१३ औं वार्षिक उत्सब समारोहमा आयोजित सांस्कृतिक कार्यक्रममा उदिराम खड्काले मयुर नृत्य, प्राज्ञ शान्ति कठायत र उनको समुहले देशभक्ति गीतमा नृत्य गरे । यस्तै लोक गायक राजु परियार र प्राज्ञ परिषद सदस्य टिका पुनले लोक गीत सुनाए । प्राज्ञ डक्टर किरात राईको संयोजनमा विभिन्न कलाकारहरुले शास्त्रीय यमन राग प्रस्तुत गरे ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपगायक सुशान्त केसी भक्तपुरको ग्राउन्डमा गुञ्जिने पक्का !
माघ ७, २०८१ सोमबार
हनी सिंहको कन्सर्टको टिकट १० मिनेट मै सबै बिक्री
पुष २८, २०८१ आइतबार
नायिका प्रीयन्का कार्कीको ग्लामर पोज 'तस्बिरहरु'
पुष २४, २०८१ बुधबार
ऋण लिएको स्वीकार गरेपछि रविलाई आफ्नै बयान भयो गलपासोः यस्तो छ अभियोग पत्र
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
शक्तिकेन्द्रलाई बेकुफ बनाउँदै आईजीपी कुँवर उठ्ती पुठ्ती धन्दामा
माघ ७, २०८१ सोमबार
रेसुङ्गा नगरपालिकाको रनिङ शिल्ड रेसुङ्गा माविलाई
माघ ७, २०८१ सोमबार
शिक्षण अस्पतालमा स्वास्थ्य बिमा सेवा पुनः सञ्चालन
माघ ७, २०८१ सोमबार
खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
माघ ७, २०८१ सोमबार
वर्तमान सरकारप्रति जनताको भरोसा छ : सञ्चारमन्त्री गुरुङ
माघ ७, २०८१ सोमबार