ज्योति विकास बैंक कसरी पुग्यो नाजुक अवस्थामा ? वितरणयोग्य मुनाफा नै ऋणात्मक
सबैभन्दा धेरै मुनाफा घट्ने राष्ट्रिय स्तरका विकास बैंकमध्ये पनि ज्योति विकास बैंक
![आर्थिक संवाददाता](
https://nepalbahas.prixacdn.net/media/albums/NB_r6hvTcJYac_jYm4x4A9NS.jpeg
)
आर्थिक संवाददाता
बैशाख ११, २०८० सोमबार १६:७:२६
![](https://nepalbahas.prixacdn.net/media/albums/jyoti_bikash_bank_1tySBsyTm4_kHS0NuwOlU.png)
११ वैशाख, काठमाडाैँ । केही वर्ष अघि विकास बैंकमध्ये ठूला विकास बैंकलाई पनि टक्कर दिने क्षमता बनाएको ज्योति विकास बैँक पछिल्लो समय कमजोर बन्दै गएको छ । विकास बैंक कै रूपमा बस्नु भन्दा बरु मर्जरमा जाँदा ठीक हो की भन्ने संशय शेयरधनीकाे मनमा पलाएकाे छ । यस्तै अवस्था हुँदै जाने हो भने कुनै दिन साधारणसभामा अन्य संस्थासँग गाभिनु पर्छ भन्ने आवाजले राम्रै स्थान पाउने देखिन्छ ।
ज्योति विकास बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासिक वित्तीय विवरण खराब निकालेको छ । खराब कर्जा वृद्धिको कारणले गर्दा बैंकको मुनाफामा ठूलो असर गरेको छ भने बैंकको वितरण योग्य मुनाफा नै ऋणात्मक रहेको छ। यस्तै अवस्था रहने हो भने लगानीकर्ताको हात खाली हुने अवस्थापनि देखिन सक्छ । त्यस्तै वासलात हेर्दा रिटेण्ड अर्निंङ्ग पनि ऋणात्मक रहेको छ । खराब कर्जा करीब ४ प्रतिशत हुँदा बैंकले ठूलो रकम जोखिम व्यवस्थापनको लागि व्यवस्था गर्नु परेको छ।
लाभांशको इतिहास हेर्दा विगत ८ वर्षकै कम लाभांश लगानीकर्ताले पाएका छन् । आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीले ३ प्रतिशत बोनस र ३ दशमलव ८० प्रतिशत नगद गरी ६ दशमलव ८० लाभांश पाएकोमा कम्पनीले यस अघिका लगातार ३ वर्ष दोहोरो अंकमा लाभांश दिएको थियो । तर अहिलेको उच्च व्यवस्थापनको प्रस्तुति निकै कमजोर रहेको तथ्याङ्कले थप प्रमाणित गर्छ ।
राष्ट्रिय स्तरका विकास बैंकमध्ये सबै भन्दा थोरै मुनाफा आर्जन गर्नेमा ज्योति विकास बैंक परेको छ भने गत आर्थिक वर्षको तेश्रो त्रैमास र चालु आर्थिक वर्षको तेश्रो त्रैमासलाई दाँजेर हेर्दा सबैभन्दा धेरै मुनाफा घट्ने राष्ट्रिय स्तरका विकास बैंकमध्ये पनि ज्योति विकास बैंक रहेको छ ।
बैंक सञ्चालक समितिका सदस्यहरु
यस बैंककाे संचालक समितिको अध्यक्षमा हरिचन्द्र खड्का रहेका छन् । त्यस्तै अन्य संचालकमा सन्तोष अधिकारी, रामकुमार श्रेष्ठ, धुव्र कोइराला, मना मर्हजन, नरेशराज आचार्य र सुरेन्द्रबहादुर नेपाली कार्यरत छन् ।
त्यस्तै उच्च व्यवस्थापनमा श्रीचन्द्र भट्ट प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत छन् । यसैगरी सिनियर डेपुटी सीईओमा कपिल ढकाल, डेपुटी सीईओहरुमा पारस राज कडेल र प्रकाश बराल, नायव महाप्रबन्धकमा शुशील कुमार शर्मा तथा सहायक महाप्रबन्धकमा रामहरी आर्चाय एवं विभागीय प्रमुखहरुमा रोशन थापा, विकास रानाभाट, बलदेव थापा, दीलिप राज बराल, उमा श्रेष्ठ, शरद आर्चाय र कृष्ण प्रसाद वस्ती रहेका छन् ।
आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासको वित्तीय विवरणलाई दाँजेर हेर्दा :
खुद मुनाफा :
चालु आर्थिक वर्ष ७९/८० को तेश्रो त्रैमासमा यस विकास बैंकले २० करोड १६ लाख रूपैयाँ मुनाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिमा मुनाफा ५१ करोड ५७ लाख रूपैयाँ थियो । एक वर्षको अवधिमा मुनाफा ६० दशमलव ९१ प्रतिशतले घटेको छ । राष्ट्रिय स्तरका विकास बैंक मध्ये सबैभन्दा थोरै मुनाफा आर्जन गर्नेमा ज्योति विकास बैंक परेको छ भने गत आर्थिक वर्षको तेश्रो त्रैमास र चालु आर्थिक वर्षको तेश्रो त्रैमासलाई दाँजेर हेर्दा सबैभन्दा धेरै मुनाफा घट्ने राष्ट्रिय स्तरका विकास बैंकमध्ये पनि ज्योति विकास बैंक रहेको छ ।
बैंकको उच्च व्यवस्थापन:
वितरण योग्य मुनाफा :
बैंकको वितरण योग्य मुनाफा २७ करोड ६ लाख ऋणात्मक रहेको छ ।
JBBL | Report Based on Q3, FY : 79/80 | ||
Jyoti Bikas Bank Limited | FY 2079/80 | FY 2078/79 | Diff |
Third QT | Third QT | % | |
Income Statement (Rs in 000) | |||
Net Interest Income | 1,677,505 | 1,375,834 | 21.93 |
Impairment Charge/Reversal | 714,570 | 133,896 | 433.68 |
Operating Profit | 287,886 | 736,652 | -60.92 |
Net Profit | 201,618 | 515,732 | -60.91 |
Distributable Profit | -270,675 | ||
Annualized EPS (Rs) | 6.12 | 16.11 | -62.04 |
खराब कर्जा :
चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा बैंकको खराब कर्जा ३ दशमलव ८९ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्षको तेश्रो त्रैमासमा खराब कर्जा १ दशमलव ३७ प्रतिशत थियो ।
रिटेण्ड अर्निङ्ग :
बैंकको रिटेण्ड अर्निङ्ग २७ करोड ६ लाख ऋणात्मक रहेको छ ।
जगेडा कोष :
बैंकको जगेडा कोष गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ३८ दशमलव ३२ प्रतिशतले वृद्धि हुँदै १ अर्ब ४९ करोड पुगेको छ ।
JBBL | Report Based on Q3, FY : 79/80 | |
Jyoti Bikas Bank Limited | FY 2079/80 | FY 2078/79 |
Third QT | Third QT | |
Ratios (%) | ||
Capital Fund to RWA | 12.54 | 14.96 |
CD Ratio | 87.39 | 88.50 |
Non Performing Loan | 3.89 | 1.37 |
Cost of Fund | 10.03 | 8.22 |
Base Rate | 12.66 | 10.16 |
Spread Rate | 4.80 | 3.96 |
प्रतिशेयर आम्दानी :
बैंकको प्रतिशेयर आम्दानी ६ रूपैयाँ १२ पैसामा झरेकाे छ । एक वर्ष अघि प्रतिशेयर आम्दानी १६ रूपैयाँ ११ पैसा थियो । यसरी प्रतिशेयर आम्दानीमा ६२ प्रतिशतको गिरावट आएको छ ।
निक्षेप / कर्जा :
गत आर्थिक वर्षको चौथो त्रैमासको तुलनामा चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा निक्षेप संकलन ६ दशमलव ९३ प्रतिशतले वृद्धि हुँदै ५७ अर्ब ५२ करोड पुगेको छ भने कर्जा प्रवाह २ प्रतिशतले वृद्धि हुँदै ४९ अर्ब २८ करोड पुगेको छ ।
JBBL | Report Based on Q3, FY : 79/80 | ||
Jyoti Bikas Bank Limited | FY 2079/80 | FY 2078/79 | Diff % |
Third QT | Fourth Qt | % | |
Balance Sheet (Rs in 000) | |||
Share Capital | 4,395,785 | 4,267,753 | 3.00 |
Share Premium | 0 | 0 | 0.00 |
Retained Earnings | -270,675 | 290,289 | -193.24 |
Reserves | 1,492,770 | 1,079,211 | 38.32 |
Deposits from Customers | 57,523,130 | 53,792,999 | 6.93 |
Loan and Advances to Customers | 49,288,458 | 48,314,594 | 2.02 |
Book Value (Rs) | 127.80 |
कर्जा तथा अन्य नोक्सानीको व्यवस्था :
गत आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १३ करोड ३८ लाख कर्जा तथा अन्य नोक्सानीको व्यवस्थाको लागि खर्च देखाएको कम्पनीले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म सो व्यवस्था ४३३ प्रतिशतले वृद्धि हुँदै ७१ करोड ४५ लाख पुगेको छ । खराब कर्जा वृद्धि हुँदा यो शीर्षकमा धेरै व्यवस्था गर्नु पर्ने हुन्छ ।
आर्थिक संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टीभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपछोराको विवाहको अवसर पारेर विदा बस्न खोजेका आईजीपी किन रोकिए ?
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
लय मिलेको तथ्य सागुरिएको - प्रहरी विधेयक
सुबोधकुमार अधिकारी
फागुन २, २०८१ शुक्रबार
पूर्वका नाकाबाट तस्करी बढ्योः माथि गलत रिपोर्टिङ गर्ने, तल लाइन मिलाउने
नेपालबहस संवाददाता
फागुन २, २०८१ शुक्रबार
नेपाल प्रहरीमा बढुवा भएका ७२ जना डीएसपीले दर्ज्यानी चिन्ह पाए, १४ जनाको सरुवा
फागुन ४, २०८१ आइतबार
नेकपा माओवादीभित्र नेतापिच्छे गुटः कमजोर वर्षमान, उदाए जनार्दन
फागुन ४, २०८१ आइतबार
गणपुरक सङ्ख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित
फागुन ४, २०८१ आइतबार
ठमेलमा बालिकालाई यौन व्यवसायमा लगाउने स्पा सञ्चालिका रमिला गौतम पक्राउ
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्रीले लुम्बिनी प्रदेशसभाको बैठकलाई विशेष सम्बोधन गर्ने
फागुन ४, २०८१ आइतबार
प्रधानमन्त्री ओलीले लिए अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्थाको जानकारी
फागुन ४, २०८१ आइतबार
सांसद ज्ञानेन्द्र शाहीको अभिव्यक्तिप्रति राष्ट्रिय सभाबाट खेद प्रस्ताव पारित
फागुन ४, २०८१ आइतबार
स्काभेटरले पल्टाएको ढुंगा लागेर विद्यार्थीको मृत्यु
फागुन ४, २०८१ आइतबार