बीरगञ्जका ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम सुरु, त्रिजुद्धले लियो प्रवेश परीक्षा
आबिद हुसेन
बैशाख ११, २०८० सोमबार १६:३४:४२
११ वैशाख, बीरगञ्ज । बीरगञ्ज महानगरपालिकाले ४ वटा सामूदायिक विद्यालयमा पूर्ण रुपमा अंग्रेजी माध्यम लागू गरको छ । महानगरले नयाँ शैक्षिक सत्रबाट त्रिजुद्ध, नृसिंह, माइस्थान विद्यापिठ र सिदार्थ माविमा पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन सुरु भएको हो ।
पूर्ण रुपमा अग्रेजी माध्यम पठनपाठन सुरु गर्न लागेको त्रिजुद्ध मा।वि।ले सोमबार कक्षा ५ देखि ९ सम्म अध्ययन गर्ने विद्यार्थीका लागि प्रवेश परीक्षा लिएको छ । पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठन सुरु हुन लागेको विद्यालयमा विद्यार्थीको चाप बढी हुँदा प्रवेश परीक्षा लिएको विद्यालयका प्रधानाध्यापक नवीन कुमार मिश्रले जानकारी दिए।
कक्षा ५ दखि ९ सम्म अध्ययनका लागि करिब ३ हजार भन्दा बढी विद्यार्थीले प्रवेश परीक्षामा सहभागिता जनाएको पनि प्रअ मिश्रले बताए । सोमबार प्रवेश परीक्षा लिएका विद्यार्थीको नतिजा बिहीबार प्रकाशित गरिने महानगरको शिक्षा महाशाखा प्रमुख अरबिन्दलाल कर्णले बताए ।
पहिले अंग्रेजी माध्यममा शुल्क लिएर अध्यापन गराउँदै आएकोमा विद्यार्थी विद्यार्थी बिचमै विभेद भएपछि महानगरले विभेद हटाउन पूर्ण रुपमा निशुल्क अंग्रेजी माध्यममा मात्रै अध्यापन गराउन लागेको हो ।
पूर्ण रुपमा अंग्रेजी माध्यममा पढाउन लागिएका ४ विद्यालय सहित पहिले बीगञ्जमा सुरजीदेवि मावि र त्रिभुवन हनुमान माविले पनि अंग्रेजी माध्यममा समेत कक्षा सञ्चालन गर्दै आएका थिए । यश पटकबाट भने ४ वटालाई पूर्ण रुपमा अंग्रेजी र अन्यलाई नेपाली माध्यम बनाइएको हो ।
शुल्क लिएर अंग्रेजी माध्यममा पढाउँदा कतिपय विद्यालयमा व्यवस्थापन समितिसँग विवाद देखिएको थियो भने केही विद्यालयको पारदर्शितामा प्रश्न उठिरहेको थियो । सामुदायिक विद्यालयका प्रधानाध्यापकले बोर्डिङ चलाएको भन्दै सरोकारवालाले विरोध गर्दै आइरहेका थिए ।
महानगरको नेतृत्व परिवर्तन भएसँगै सामुदायिक विद्यालयमा विभेदरहित शिक्षा प्रदान गर्न मेयर राजेशमान सिंहले पहल थालेका थिए । पटक पटकको छलफल र विज्ञहरुसंगको रायपछि पहिलो चरणमा ४ वटा विद्यालयबाट पूर्ण रुपमा अंग्रेजी माध्यममा पठनपाठनको सुरुवात गरिएको मेयर सिंहले बताए ।
नेपालीमा अध्ययन गर्न चाहनेका लागि पूर्ण रुपमा अंग्रेजी लागू भएका ४ वटा बाहेकका अन्य विद्यालयमा व्यवस्था मिलाइएको पनि उनले बताए । महानगरमा ९१ वटा सामुदायिक विद्यालय छन् । विद्यालयमा आवश्यक स्रोत साधनको व्यवस्थापन महानगरले नै गर्ने गरि अंग्रेजी माध्यम सुरु गरिएको हो ।
आबिद हुसेन
आबिद हुसेन नेपालबहस डटकमका मधेश प्रदेश प्रमुख हुन् । बिगत डेढ दशकदेखि विभिन्न सञ्चारमाध्यममा सक्रिय पत्रकारिता गर्दै आएका हुसेनले एफएम रेडियो, टेलिभिजन एवं पत्रपत्रिकाहरुमा आबद्ध रही काम गर्दै आएका छन् । हुसेन यसअघि सगरमाथा टेलिभिजन, क्राइम टुडे मासिकको बीरगञ्ज संवाददाता तथा बीरगञ्जबाट प्रकाशित हुने दिशानिर्देश अनलाइनमा सम्बद्ध रहेका छन् ।
लेखकबाट थपप्रदेश क्षेत्रका गरिब तथा जेहेन्दारलाई शैक्षिक सामग्री
कात्तिक २६, २०८१ सोमबार
सकियो एकेडेमिक इनाभेसन इन इण्डष्ट्री विषयमा एकदिवसीय सेमिनार
असोज १७, २०८१ बिहिबार
गर्मी बढेपछि महोत्तरीका विद्यालय धमाधम बन्द
असोज ८, २०८१ मंगलबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार
पत्नी बानोसँग रहमानको सम्बन्धविच्छेदमा जोडियो मोहिनीको नाम
मंसिर ७, २०८१ शुक्रबार
खुमलटारमा प्रचण्ड निवास नजिकै शंकास्पद् बस्तु भेटियो
मंसिर ७, २०८१ शुक्रबार
प्रधानमन्त्री ओलीको एलन मस्कसँग भर्चुअल वार्ता, के भयो कुराकानी ?
मंसिर ७, २०८१ शुक्रबार
दरबारमार्गमा फोहोर गरेको भन्दै काठमाडौं महानगरले एमालेलाई गर्यो एक लाख जरिवाना
मंसिर ७, २०८१ शुक्रबार
लेबनानमा सन् २०२३ अक्टोबर ७ पछि २२६ स्वास्थ्यकर्मीको मृत्यु
मंसिर ७, २०८१ शुक्रबार
रवि र छविसहित १० जनाविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
मंसिर ७, २०८१ शुक्रबार