युवापुस्ता सीप हस्तान्त्रण नहुँदा चिन्ता
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १६:४३:११
११ बैशाख, बाग्लुङ । दिलबहादुरको दैनिकी निगालोको चोयासँग पौठेजोरी खेल्दैमा बित्छ । नजिकैको बारी र खरबारीमा पाइने निगालोलाई उनी क्षणभरमै चोया बनाउँछन् । बाहिरी–भित्रीपत्र निकालेर तयार भएको चोयाले घरायसी प्रयोजनका लागि डोको, नाङ्लो, भकारी, थुन्से र डाली बुन्छन् ।
उनी सानो छँदा गाउँको नजिकै विद्यालय थिएनन् ।
भएका विद्यालयमा पढ्न जाने पहुँच पनि भएन । बाबुबाजेका पालादेखिको सीप दिलबहादुरले बालापनमै सिके । बाबुसँग डोको र बाजेबाट भकारी बन्न सिके । पढ्न नपाए पनि बाबुबाजेले सिकाएको सिपले अहिले दिलबहादुरलाई जीविकोपार्जन गर्न पुगेको छ । र, उनी यसमा सन्तुष्ट पनि छन् । ।
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँका दिलबहादुर परियार गाउँमा एक्ला सीपालु भने हैनन् । उमेरले ६५ वर्ष पुगेका परियारको उमेर समूहका गाउँका अधिकांश ज्येष्ठ नागरिकमा यस्तो सीप छ । पहिले घरका लागि आफै चोयाका सामग्री तयार गर्नेहरु अहिले कम छन् । पछिल्लो समय बिक्रीका लागि समेत चोयाको सामग्री तयार हुन्छन् । सीप भएका सबैले अहिले डोका, डाला बुन्दैनन् ।
दिलबहादुर हिउँद बर्खामा खेतबारीको कामबाहेक फुर्सदको समयमा चोया बन्छन् । एक दिनमा तीन वटासम्म डोका तयार गर्ने दिलबहादुरले चोयाकै सामग्रीबाट हुने आम्दानीले घरखर्च चलाउने गरेका छन् । एउटै डोकाको मूल्य गाउँमा चार सयदेखि आठ सयसम्म पर्छ भने अन्य चोयाका तयारी सामग्रीको मूल्य आकार अनुसार फरक पर्छ ।
दिलबहादुरको जस्तै चोयाका सामग्री तयार गरेरै आम्दानी गर्ने गरेको अनुभव छ बागलुङ जैमिनी नगरपालिका–३ दमेकका ५७ वर्षीय सूर्यबहादुर पुनको पनि । उनी पनि निगालोको चोयाबाटै सामग्री बनाउँछन् । करिब २५ वर्ष पहिलेसम्म त उनको आम्दानीको मुख्यस्रोत नै चोयाका सामग्री नै थिए । दमेकमा तयार भएका चोयाका सामग्री स्याङ्जा र रुपन्देहीसम्म पुग्थे । भरिया लगाएरै डाला, नाङ्ला, डोका र भकारी बेच्न पुतलीखेतहुँदै बुटवल पुग्ने सूर्यबहादुर फर्किँदा घरखर्च खाद्यान्न, नून र तेल लिएर फर्किने गर्थे । अहिले पनि उहाँको हातको सीप रोकिएको छैन । अहिले तयार हुने सामग्री गाउँमै बिक्री हुन्छन् ।
बिहुँका दिलबहादुर, दमेकका सूर्यबहादुर मात्रै होइन बाबुबाजेबाट सीप हस्तान्तरण भएर जीविकोपार्जन गर्ने बागलुङमा धेरै छन् । उमेरले ६० नजिक रहेका उनीहरुबाट भने नयाँ पुस्तामा यस्तो सीप हस्तान्तरण भएको छैन् । छोराहरुले हामीले जस्तो सीप सिकेनन्, पहिला पढेँ, अहिले विदेश छन, बिहुँका दिलबहादुर परियारले भने सीप सिक्ने समय नै भएन्, अहिले किन चाहियो भन्छन् ।
बाबुबाजेका पालादेखिको सीप सिकेरै जीवन चलाएको अनुभव छ उनीसँग । दिलबहादुर चोयाका सामग्री मात्रै होइन पुख्र्यौली पेसा कपडा सिलाउन पनि माहिर मानिन्छन् । हातमा सीप भएकैले बुढ््यौलीसम्म पनि आम्दानी गरिरहेको अनुभव छ उनीसँग । युवाले पनि आफूहरुले जानेको सिकिदिए हुन्थ्यो भन्ने लाग्छ उनलाई ।
दमेकका सूर्यबहादुर पुन पनि सीप हस्तान्तरण नभएकोमा दुःखी छन् । उनका छोरा पनि वैदेशिक रोजगारीमा छन् । युवा पुस्तामा सीप हस्तान्तरण नहुँदा गाउँमा घरायसी प्रयोजनका लागि चाहिने चोयाको सामग्रीको ठाउँ बजारमा पाइने प्लास्टिकका सामग्रीले ओगटेको छ, भने निगालो, बाँस खेर गइरहेका छन् ।
युवापुस्ताले भने चोयाको सामग्री बनाउने सीपले आम्दानी नहुने तर्क गर्छन् । बागलुङका अधिकांश स्थानीय तहमा चोयाका लागि बाँस र निगालो पाइन्छ । ताराखोला गाउँपालिका निगाले बाँसबाट बनाइएको काईंयोबाटसमेत चर्चित छ । तर, पहिले जस्तै न डोको, डालो, नाङ्लो, भकारी र थुन्सेको प्रयोग हुन्छ न बाँसको काईंयोको । नयाँ पुस्तामा सीप हस्तान्तरण नहुँदा प्लास्टिकका सामग्रीले पौराणिक सीप विस्थापन गरिरहेको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपस्वस्थ रहन उमालेको दूध पिउनुका फाइदै फाइदा
असार ९, २०८१ आइतबार
के दूध प्रयोगले कपाल बलियो र चम्किलो बनाउँछ, विज्ञानले के भन्छ ?
असार ९, २०८१ आइतबार
घरमै यी काम गर्नुभयो भने क्षणभरमै फिट र फाइन बन्नुहुनेछ
असार ९, २०८१ आइतबार
विदेशबाट आएका कामतको होटलमा शङ्कास्पद मृत्यु, साथमा आएकी परस्त्री फरार
नेपालबहस संवाददाता
असार ११, २०८१ मंगलबार
अष्ट्रेलियालाई २१ रनले पराजित गरेपछि कप्तान राशिद खानले के भने ?
नेपालबहस संवाददाता
असार ९, २०८१ आइतबार
अन्तरिक्षबाट घरको छतमा टुक्रा खसेपछि नासाविरुद्ध मुद्धा दायर
नेपालबहस संवाददाता
असार १०, २०८१ सोमबार
टोली सेमिफाइनलमा पुग्नेबित्तिकै अफगानिस्तानका सडकमा ट्राफिक जाम
असार ११, २०८१ मंगलबार
सर्वोच्चले खारेज गर्यो कोशी प्रदेश सरकार विरुद्धको रिट
असार ११, २०८१ मंगलबार
दाहालको दिनगन्ती सुरुः ‘जादुई नम्बर’मा छैन अब कुनै दम
असार ११, २०८१ मंगलबार
कुरुवा खोलामा आएको बाढीले सडक जलमग्न
असार १२, २०८१ बुधबार
अन्तःशुल्क स्टीकरण छपाई प्रकरणमा अख्तियारको अुसन्धान, कति सम्बन्धित छन विवरण ?
असार १२, २०८१ बुधबार
केजरीवालको संकट बढ्दै, सीबीआईले हिरासतमा लियो
असार १२, २०८१ बुधबार
उपप्रमुख डंगोलसँग ल्हासा नगरको प्रतिनिधिमण्डलको भेटवार्ता
असार १२, २०८१ बुधबार
परराष्ट्रमन्त्री श्रेष्ठसँग चिनियाँ उपविदेशमन्त्री वेइडोङको भेटवार्ता
असार १२, २०८१ बुधबार