बुहारीको हत्याको विरोधमा महोत्तरीकाे मलहनिया तनावग्रस्त, प्रहरीद्वारा हवाइ फायर
नेपालबहस संवाददाता
बैशाख ११, २०८० सोमबार १८:३३:१३
११ वैशाख, काठमाडौं । महोत्तरीको गौशालामा महिलालाई विष सेवन गराएर हत्या गरेको भन्दै स्थानीयले आरोपितको घरमा तोडफोड गरेका छन् ।
सोमबार गौशाला नगरपालिका–४ मलहनिया पोखरी टोलमा आरतीदेवी साहलाई परिवारका सदस्यहरुले विष सेवन गराएर हत्या गरेको भन्दै आरतीको माइती पक्षसहित छिमेकीसमेत प्रदर्शनमा उत्रिएका छन् ।
उनीहरुले सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गर्दै आरोपितको घरमा आक्रमण गरेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन भन्दै २२ हवाइ फायर समेत गरेको छ ।
डेढ सयभन्दा बढीको समूहमा आएको आक्रोशितको भीडले मृतकका श्रीमानको घरमा आक्रमण गरेको थियो । भीडको ढुंगा प्रहारबाछ नेपाली प्रहरीतर्फ दुई जना र सशस्त्र प्रहरीका ३ जना घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको संख्या बढाइएको छ ।
मृतक आरतीका श्रीमान ३९ वर्षीय उमेश साहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको जनाइएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपदशैं, तिहार र छठमा ५ करोडको फूल किनबेच
कात्तिक २६, २०८१ सोमबार
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदै
कात्तिक २२, २०८१ बिहिबार
कांग्रेससँग बीआरआईमा सहमती नजुटेपछि महासचिव पोखरेलले फेसबुकबाट पोखे असन्तुष्टि
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
मोरङबाट तस्करी लाइन सुचारु, महिनाबारी असुल्न घुमुवा परिचालन !
नेपालबहस संवाददाता
मंसिर ७, २०८१ शुक्रबार
सेनालाई काम नलाग्ने केटु सिरिजका हतियार किनाउन ठेकेदार कार्कीको चलखेल
नेपालबहस संवाददाता
मंसिर ८, २०८१ शनिबार
इरानले शुक्रबार फ्रान्स, जर्मनी र बेलायतसँग आणविक वार्ता गर्ने
मंसिर ९, २०८१ आइतबार
उपनिर्वाचनमा सेना परिचालन गर्न राष्ट्रपति पौडेलको स्वीकृति
मंसिर ९, २०८१ आइतबार
इटहरीमा भएको सवारी दुर्घटनामा दम्पतीको मृत्यु
मंसिर ९, २०८१ आइतबार
राष्ट्रिय गौरवका आयोजनामा देखिएका समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
मंसिर ९, २०८१ आइतबार