सिटी होटलको आईपीओ बाँडफाँट, रिजल्ट हेर्ने कसरी ?
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १२:५०:१६
१२ वैशाख, काठमाडौं । सिटी होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरेको आईपीओ मंगलबार बाँडफाँट भएको छ । सिटी होटलले चैत २१ गतेदेखि वैशाख ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई १ लाख ६७ हजार ४०० कित्ता शेयर बिक्री खुला गरेको थियो ।
यसमा १६ हजार ७४० जना आवेदकहरुले गोलाप्रथामार्फत १० कित्ताले शेयर हात पारेका छन् । बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार यस आईपीओका लागि कुल १९ हजार ७४८ जना आवेदकले आवेदन दिएकामा ९ जनाको आवेदन रद्द भएको हो ।
वैदेशिक रोजगारीमा रहेका आवेदकहरुले बिक्री प्रबन्धकको वेबसाइट र सिटी होटलको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिन्छ ।
यता, यस कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुका लागि भने वैशाख २५ गतेदेखि आईपीओ निष्काशन गर्न लागेको छ । होटलको जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ छ । पहिलो चरणमा सर्वसाधारणलाई छुट्याएको कुल १६ लाख ७४ कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख ६७ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री गरिएको हो ।
यस्तै, ४ प्रतिशत अर्थात् ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरु र ५ प्रतिशत अर्थात् ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारण लगानीकर्ताले यसमा वैशाख २८ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै शेयर बिक्री नभएमा जेठ ८ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थप८ अंकले ओरालो लागेको नेप्से २७४८ विन्दुमा रोकियो, १९४ कम्पनीका लगानी कर्ताले गुमाए
मंसिर १३, २०८१ बिहिबार
३९ अंकले बढेर २७५६ मा उक्लियो नेप्से, ९ अर्ब ३१ करोडका शेयर खरिदबिक्री
मंसिर १२, २०८१ बुधबार
३३.४१ अंकले बढेर २७१६ मा उक्लियो नेप्से, तीन कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
मंसिर ११, २०८१ मंगलबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
नेपालबहस संवाददाता
मंसिर १५, २०८१ शनिबार
अरबौंको ठेक्का हात पार्न पासपोर्टको सफ्टवेयर प्रणालीमै अवरोध
नेपालबहस संवाददाता
मंसिर १३, २०८१ बिहिबार
साइवर अपराधमा समातिएका प्रसाईंको धम्की र असुलीतिर मोडियो अनुसन्धान
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
कस्तो छ तपाईको आजको राशीफल ?
मंसिर १५, २०८१ शनिबार
बागमतीका ६७ सहकारी संस्थाका सञ्चालकमाथि कारबाही गर्न प्रहरीलाई पत्राचार
मंसिर १५, २०८१ शनिबार
बीआरआइमा कांग्रेसको ब्रेक थ्रु, आयोजना हेरेर ऋण र अनुदान दुवै स्वीकार गर्न सकिने !
मंसिर १५, २०८१ शनिबार
कीर्तिपुर मैदानबाट क्रिकेट समर्थकको सन्देश...
मंसिर १५, २०८१ शनिबार
विभिन्न १० ठाउँमा आगलागीका घटना, तीनजना घाइते
मंसिर १५, २०८१ शनिबार
कालीगण्डकी कोरिडोर: मालढुङ्गा–बेनी सडक कालोपत्र सुरू
मंसिर १५, २०८१ शनिबार
विवाह गर्नेलाई बधाई पत्र !
मंसिर १५, २०८१ शनिबार