भूकम्पले भत्किएका सिन्धुपाल्चोका सबै विद्यालय भवन पुनः निर्माण सम्पन्न
नेपालबहस संवाददाता
बैशाख १२, २०८० मंगलबार १३:५३:३७
१२ वैशाख, चौतारा । भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोकका रहेका सबै विद्यालय भवन पुनःनिर्माण सकिएको छ । भूकम्पका कारण यहाँका सबैजसो विद्यालयमा क्षति पुगेको थियो । क्षति पुगेका विद्यालय दाता र सरकारको सहयोगमा आठ वर्षमा पुनःनिर्माण सम्पन्न भएको हो ।
भूकम्पको डेढ वर्षपछि सुरु भएको पुनःनिर्माण यो आर्थिक वर्षभित्र अन्तिम चरणमा पुग्ने पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा)ले जनाएको छ ।
इकाइको तथ्याङ्कअनुसार भूकम्पले चार सय ९६ विद्यालयका चार हजार एक सयभन्दा बढी कक्षाकोठामा क्षति पुगेको थियो । विद्यालय भवन पूर्णरूपमा सम्पन्न भएर विद्यार्थी अस्थायी शिक्षण केन्द्रबाट सुविधा सम्पन्न भवनमा अध्ययन गर्न थालेका छन् ।
भूकम्पअघि जस्ताका टहरामा पढाइ हुने गरेकोमा पछिल्लो समय बनेका विद्यालय भवन भूकम्प प्रतिरोधी मात्र नभएर भव्य र आकर्षक रहेको जिल्ला शिक्षा समन्वय इकाइका प्रमुख कृष्ण सुवेदी बताउछन् ।
“सबै विद्यालयमा आवश्यक पूर्वाधार बनेका छन् , सुवेदीले भने, “पूर्वाधारमा कुनै कमी छैन ।” चिनियाँ राजदूतावासको सहयोगमा भवन बनेको रत्नराज्य मावि चनौटेका विद्यालय व्यवस्थापन समिति अध्यक्ष सनत अधिकारीले निर्माण भएका भवनको साख जोगाउनु चुनौती रहेको बताए ।
“भवन पाँच तारे होटल जस्तो भव्य र सुविधा बनेको छन्”, अधिकारीले भने, “अब भवन अनुसारको शैक्षिक उपलब्धि प्राप्त गर्नु विद्यालयको चुनौती हो ।”
भूकम्पपछि बनेका विद्यालयमा खानेपानी, शौचालय, पुस्तकालयजस्ता पूर्वाधार र फर्निचरसमेत दाताले नै उपलब्ध गराएको इकाइ प्रमुख सुवेदीले बताए । अधिकांश विद्यालयमा खेल मैदान पनि निर्माण गरिएका छन् ।
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद ।
लेखकबाट थपकमलादीमा बाढीले क्षतिग्रस्त कलभर्ट पुनः निर्माण
मंसिर २७, २०८१ बिहिबार
दुई पालिका जोड्न दश करोडमा पक्की पुल निर्माण सुरु
मंसिर २५, २०८१ मंगलबार
बुल्दीखोलामा निर्माणाधीन पुल ५० प्रतिशत सम्पन्न
मंसिर १६, २०८१ आइतबार
जाडोमा हृदयघात र स्ट्रोकबाट बच्न ओछ्यानबाट उठ्नेबित्तिकै गर्नुहोस् यी काम
नेपालबहस संवाददाता
मंसिर २५, २०८१ मंगलबार
एउटै प्रकरणमा राज्यको विभेदः रविलाई हवाई मार्गको सुविधा, छविलाई स्थल मार्ग
मीन बहादुर खड्का
मंसिर २४, २०८१ सोमबार
पर्सामा रवि लामिछानेको ४ घण्टा बयान, १७ प्रश्न सोधिए
आबिद हुसेन
मंसिर २५, २०८१ मंगलबार
म्यान्मामा ‘कू’ पछि अफिम उत्पादनमा कमी आएको छ : राष्ट्रसंघ
मंसिर २७, २०८१ बिहिबार
सुडानको डार्फरमा भएको हिंसात्मक आक्रमणप्रति डब्लुएचओ प्रमुखद्वारा चिन्ता व्यक्त
मंसिर २७, २०८१ बिहिबार
कोरियाली राष्ट्रपतिबिरूद्द दोस्रो महाअभियोग प्रस्ताव, सत्तारूढ नै सकारात्मक
मंसिर २७, २०८१ बिहिबार
३३ अंकले घटेर २७ सय तल झर्यो नेप्से, कारोबार भने १ अर्ब ९ करोडले बढ्यो
मंसिर २७, २०८१ बिहिबार
स्याङ गाउँमा अवस्थित झोङ न घाङ ‘शान्ति पार्क’
मंसिर २७, २०८१ बिहिबार
विश्वविद्यालयका डिन र क्याम्पस प्रमुखको नियुक्तिमा मैले हस्तक्षेप गरेको छैनः प्रधानमन्त्री
मंसिर २७, २०८१ बिहिबार